नेडई मुसहरको चिसोले कठाँग्रीएर मृत्यु

नवलपरासी, १२ माघ । चिसोले कठाँग्रीएर नवलपरासीमा एक बृद्धको मृत्यु भएको छ । रामनगर गाँउ बिकास समिति २ बस्ने ७० बर्षका नेडई मुसहरको चिसोले कठाँग्रीएर मृत्यु भएको हो । परिवार बिहिन मुसहर अति गरीब रहेको र रेखदेख गर्ने आफनो मानिस नभएकोले उनि बिगत केहि दिन देखी चिसो र सीतलहरीका कारण थला परेका थिए ।
 
यसैबीच नवलपरासीमा आइतबार निक्कै बाक्लो हुस्सु लागेको छ । नवलपरासीको पूर्व पश्चिम राजमार्ग अन्तरगत दाउन्नेमा बाक्लो हुस्सुको कारण दिनमा पनि सवारी साधन चलाउन गाह्रो भएको छ । दाउन्नेको अप्ठेरो बाटोमा आइतबार पांच मिटर परकोदुरी पनि नदेखिने गरी बाक्लो हुस्सु लागेको छ । 
 
हिजो सांझ देखि दाउन्नेमा एक्कासी हुस्सु  संगै पानी  परे झैं शीतलहर परेको स्थानीय बासिन्दाहरुले बताएका छन् । शीतलहरका कारण सडक चिप्लो भएको छ । चिप्लो सडकका कारण दुर्घटना हुने भन्दै प्रहरीले बीच बीचमा सवारी चेकिङ्ग  गरेको छ ।

No comments:

Post a Comment