रोल्पामा दलित बस्तीको विद्यालय संकटमा

रोल्पा, माघ ८ – रोल्पामा दलित समुदायको शैक्षिक स्तरमा बृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको विद्यालय अहिले संकटमा परेको छ ।रोल्पाको घोडागाउँमा रहेको विद्यालय अहिले कुनै पनि क्षेत्रबाट सहयोग नपाउदाँ संकटमा परेको हो ।
२०६५ मा तिहारको देउसीभैलोको रकमबाट सञ्चालन गरिएको जन एकता प्राथमिक विद्यालय आन्तरिक श्रोत नहुदा संकटमा परेको हो । शिशु कक्षा हुँदै हाल ३ कक्षासम्म पठन पाठन भइरहेको विद्यालयमा १ सय ४१ जना दलित बालबालिकाहरुले अध्ययन गर्दै आएका छन् ।
विद्यालयका ४ जना निजीश्रोत शिक्षकहरुले तलव खान दशंैतिहार कुर्नु पर्ने प्रधानाध्यापक भरत नेपालीले गुनासो गर्नुभयो । विद्यालय सञ्चालन भएदेखि कुनैपनि संघ संस्थाले आर्थिक सहयोग नगरेकाले शिक्षकलाई तलब खुवाउन निकै कठिन भइरहेको स्थानीय शोभाराम नेपालीले बताउनुभयो ।
साभार :- उज्यालो

No comments:

Post a Comment