गिट्टि र वालुवा बोके, सागपात र सुन्तला बेचे -नवगायिका दुर्गा परीयार

दुर्गाको पुख्यौलि थलो कास्की सराङकोट १ देखि बेसि पोखरासम्म खुसिको लहर छाएको छ नवगायिका दुर्गा परीयार खोजि प्रतिभाको गायनतर्फ फागुन २९ गते विजेता घोषणा गरीएपछि । बिपन्न परीवारमा खुसि त छाएको छ नै यो खुसि गाउँभरी फैलिएको छ । बाबा तर्क बहादुर र आमा ज्ञान कुमारीमा खुसिको सिमा छैन ।

“म निकै खुसि भएकि छु, म जति धेरै खुसि भएकि छु त्यो भन्दा धेरै पोखरेली दाजुभाई, दिदि बहिनी सबै खुसि भएको हुनुभएको छ, किनकी मलाई खोजि प्रतिभाको उपाधि दिलाउन १६ सय जनालाई उछिन्दै उछिन्दै टप १६ बाट एसएमएस भोट र रकम संकलनमा अतुलनिय सहयोग गर्नुभयो ।”खोजि प्रतिभाको गायन तर्फको उपाधि जितेपछि पोखरेली गायिका दुर्गा परीयारको यो भनाई हो, दुर्गासंग दूरभाषमा भएको कुराकानीमा भनिन् ः “आज पोखरेलीले गरेको मिहिनेत खेर गएको छैन, खेर जान नदिने आफुले गरेको हरेक पलको प्रयास सार्थक भएको छ, निभ्न सक्थ्यो दीयो तर राष्ट्रभर वलेको, अन्तराष्ट्रसम्म नेपालीले दुर्गालाई चम्केको हेर्न नै चाहे, आज त्यहि भयो, जो मैले गायनतर्फको उपाधि प्राप्त गर्न सफल भए ।”

परीवारको आर्थिक अवस्था कमजोर थियो, बाबाका दुई श्रीमती हुनुहुन्थ्यो, नेपाली समाजमा दुई श्रीमती हुनेहरुको हुने खानेको त के अवस्था हुन्छ, मेरो हालत र परीवारको के थियो होला ? बिगतका दिनलाई सम्झिदा छाति भक्कानिएर आउँछ, पढ्न मन हुन्थ्यो, पैसा थिएन, गाउने मन हुन्थ्यो सहयोग र सहारा हुन्नथ्यो तर आज उपाधि जितेपछि त्यहि कास्कीको सराङकोट सहित हामौ पोखरामा खुसियाली छाएको छ, समग्र पोखराको वधाईको पात्र हुन म सफल भएकि छु, यो मेरो मिहिनेत र ठूलो मन भएका महानुभावले गर्दा हो” दुर्गाको भनाई ।

पढाई ढिलो शुरु गरे, १० वर्ष देखि पढाई आरम्भ गरेकि हुँ, उनले भनिन् वालज्योती प्रावि बगरबाट पढाई शुरु गरीयो, त्यतिबेला पढाई बाहेकको समयमा गिट्टि कुटियो, वालुवा बोकियो, थाप्लोमा नाम्लोको डाम बसाल्दै विद्यालयसम्म पगियो, निमावि हुँदै राष्ट्रिय उच्च माविबाट एसएलसि पनि पास गरीयो । अहिले पिएन क्याम्पसमा स्नातक अध्ययन चलिरहेको छ ।

गिट्टि बोकेर र गिट्टि कुटेर कति पो पैसा आउँथ्यो र ? तर पनि गुजारा चलाउने त्यहि बाटो थियो, फूलवारीमा चीयापत्ति बनाउने कम्पनीमा पनि काम गरे, एउटा वालमजदुर भएर यहाँसम्म आउँदा पहिलेका कष्टका दिनहरु कहालि लाग्दा थिए भन्दा अहिले सुन्नुहुने, मलाई जान्न खोज्नु हुनेलाई सजिलै पत्याउन गह्रो हुन पनि सक्छ, हो म त्यस्तै बिपन्न परीवारको छोरी आज पोखरेलीको छोरी भएकि छु मलाई गर्व लागेको छ ।”

वालुवा बोके, चर्खा घुमाउने काम गरे, डोकोमा साग, सुन्तला बोकेर बेच्न जान्थे, ज्यामी काम गरेर खान्थे, अर्काको घरमा लुगा धुन जान्थे, कहिले सिलाई कटाईको सिप पनि भएकोले सिलाईको काम पनि गरे । सहयोग गर्ने थिएनन्, यस्तै कामबाट सतेमार्गको खोजि गर्दै आज यहाँसम्म आएकि छु दुर्गाले भनिन् ।

बुबा, आमा घुम्दैफिर्दै गर्दा २०३९ साल कार्तिक ५ गते चीतवनमा जन्मेकि हुन दुर्गा । तर पुख्र्यौलि भने सराङकोट १ कास्की हो । दुर्गापछि चार भाई र एक बहिनी छन् । बाबा तर्क बहादुर परीयार आमा ज्ञान कुमारी परीयारकि पहिलो सन्तान हुन दुर्गा । उसो त दुर्गाकि कान्छि आमा हुनुहुन्थ्यो तर उहाँको तीन वर्र्ष पहिले नै निधन भएको थियो । जेठीपटिट्टबाट दुर्गा पछि भाईहरु शिव, राजु, सुनिल र बहिनी सरु रहेका छन् भने कान्छि आमाबाट भाई हरि जन्मेका हुन । भाई शिवले अहिले डकर्मिको काम गरीरहेका छन्, अर्का भाई हरिले ट्याक्सि चलाउछन् भने राजु कक्षा ११, सुनिल कक्षा ८ र बहिनी सरुले १२ मा अध्ययन गर्दैछिन् । भाईहरुमा राजुको पनि गीत गाउने रुचि रहेको छ ।

वाल्यकालमा “दुर्गि”

वाल्यकालमा सबैले मलाई दुर्गि भन्थे दुर्गाले भनिन्, छिमेकिले पनि मायाले दुर्गि नै भन्छन्, मामाले त “गुईय” नाम राखिदिनु भएको थियो, त्यो किनभने उनले भनिन ः“सानो छँदा मामाले बोकेको बेलामा दिशा गरेछु हा...हा...हा...।” बाबा तर्क बहादुरले चाँहि सानु भन्नुहुन्थ्यो र अहिले पनि सानु नै भन्नुहुन्छ ।”

दुर्गाले विद्यालय जीवनमा त्यहाँ हुने कार्यक्रममा गीत गाउने रुचि राख्थिन । विद्यालयमा गाउथिन पनि तर गायिका बन्ने सपना पूरा गर्न गरीब परीवारको सदस्य, त्यो पनि छोरीलाई सजिलै संभव थिएन । र पनि मैले बाटो खोजिरहेकि थिए आज विजेता बनेपछि सहज हुन थालेको छ तर यत्तिले पनि पुग्दैन गर्न धेरै बाँकि छ उनले भनिन ।

आर्थिक अभावले मजदूरी गर्न वाध्य दुर्गाले नेपाली तारा दुईको अडिसनमा छानिएपछि गाउने जोस, आत्म विश्वास जागेको बताउँदै गाउन पनि शुरु गरेको अनुभव सुनाईन । २०६७ साल देखि पोखराको मान्द्रो दोहोरीमा आधुनिक गीतको गायिकाको रुपमा कार्यरत दुर्गाले त्यसअघि फूलवारी होटल तथा लेकसाईडस्थित वाराही होटलको बाराही कल्चरमा गीत गाएर आफ्नो गर्जो टार्ने प्रयास गरेकि थिईन तर त्यो पर्याप्त नभएपछि कामको खोजि गर्दा मान्द्रोमा गाउने अवसरमा पाएको र अहिले पहिलेको तुलनामा आर्थिकस्थिति सुध्रिएको बताउछिन् । उनले भनिन् “पहिले गिट्टि, वालुवा बोकेकि दुर्गा अहिले राष्ट्रिय कलाकार बन्दैछु, प्रयास जारी राखेकि छु, आर्थिक अवस्था पहिलेको जस्तो जर्जर छैन, दुःख गरेर घर खर्च पुर्याएकि छु ।” अहिले तलव पनि हर दिनको टिप्स तलवको भन्दा दोव्वर वढि हुने भएकोले हाललाई राम्रै छ गलल्ल हाँस्दै उनले सुनाईन ।

मूजिसियनले फाईनलमा दुःखी बनाए, तनावमा गाए

खोजि प्रतिभाको विजेता नबन्न पनि सक्थे, छोड्ने मूडलाई धन्न रोक्ने हिम्मत गरे । यदि त्यस्तो अवस्था आएको भए नेपाली सुगम संगीतलाई हानि त हुन्थ्यो नै त्यो भन्दा वढि स्तव्ध पोखरेली हुन्थे, वढि संयम भएर दुर्गाले प्रत्येक्ष कार्यक्रममा विक्षिप्त अवस्थामा गीत गाउनु परेको बताईन ।

“मलाई टेन्सन भएको थियो, फाईनलमा गाउने गीत पहिले नै दिईएको हो, आयोजकलाई थाहा थियो तर फाइनल हुने दिनमा पूर्वाभ्यास पनि गराईएन, काठमाडौंमा बसेका साथीहरुले भने पूर्वाभ्यास पहिल्यै गर्न पाएछन्, मैले रोजेको गीत पूर्वअभ्यास गर्छु भन्दा म्यूजिसियनहरुले मानेनन्, उनिहरुले गीत नपाएको भन्दै ठाडै रुखो बोलि बोले, दुःख लाग्यो, एक मनले छोडेर आउँ जस्तो लागेको थियो तर आम पोखरेलीको माया लिएर फाईनलमा उत्रिनै पर्ने अन्र्तमनबाट जोस जागेपछि स्टेजमा गएर गाए र सफल पनि भए । पिडाको आँशुलाई हाँसो र खुसिमा परीणत गर्न सके ।

तर पहिलेका चरणहरुमा हाँसि खुसिका साथ गाएको भएपनि फाईनलमा अधिक तनावमा परेकोले आफुलाई दोश्रो चरणमा पर्छु जस्तो लागेको थियो, कारुणीक स्वरमा उनले भनिन् निर्णायक मण्डलको निर्णय तथा पोखरेलीको भोटले कसैलाई जित्न दिएन पोखरेली अनि पोखरेली चेलीको जित भयो ।

तत्काल खुसि साट्न पाईन, मोवाईलको बेट्रि सकिएछ....

विजेता घोषणा गर्ने बित्तिकै पोखरालाई सम्झिए, सबै सहयोगिलाई सम्झिए तर फाईनलमा पूर्व अभ्यास गर्न नपाएको, म्यूजिसियनको रुखो र नमिठो बोलि सुन्नु परेको, फाईनलमा फाईनल अभ्यास गर्न नपाएको, तर संयमित भएर पोखरेलीलाई सम्झिएर साहस बटुलेर मनमा पिडा भएपनि त्यसलाई खुसिको पिडामा बदल्दै आँशु निकालेर गाईवरी विजयी भएपछि सकेजतिलाई फोन गर्छु भनेको त क्या फसाद पर्यो “मोवाईलको व्याट्रि सकिएको रहेछ, थाहा नै भएन ।” कार्यक्रम पछि राति होटलमा आएर व्याट्रि चार्ज गरेपछि राति अवेरसम्म खुसि साटासाट गर्न पाईयो । जिते पछिका दिनहरुमा फोनबाट वधाई ग्रहण गर्न र फोन उठाउन भ्याई नभ्याई भएको उनले बताईन ।

दुर्गालाई काठमाडौंमा निम्तो

दुर्गासंगै उपविजेता बनेका उत्तमजंग लिम्वुले दुर्गालाई फोनबाट वधाईदिदैं काठमाडौंमा आएर नेपाली संगीतमा संघर्ष गर्न भनेका छन् । आफ्नो हारमा आफ्ना कमजोरी पनि रहेको बताउने उत्तमले काठमाडौंमा बसेर मिलेर संघर्ष गरौं म दोश्रो भएको पार्टी पनि दिउँला, उत्तमले भनेको कुरा दुर्गाले बताईन ।

संगीतकार शुरेस अधिकारीले जितलाई सबैथोक नठानेर धेरै गर्न बाँकि रहेको कुरालाई मनन गरी अब अझैं राम्रो गरेर देखाउ भन्दै दुर्गालाई वधाई दिएका छन् ।नायक भुवन केशीले चेलीले जित्नु अहोभाग्य हो भन्दै वधाई दिन भ्याए र भने “हामीले राम्रो गायिका पायौं ।”अभिनेता निर शाहले भने ः“वाह क्या बवाल भो, बवाल भो, छोरी बवाल भो” भन्दा नव गायक÷गायिकालाई झट्टै बुझ्न गाह्रो भएछ क्यारे, छोरीलाई जितको वधाई भन्दै राम्रो गायिका बन्नेमा आशावादी रहेको उल्लेख गरे । र फेरी भने ः“बरु कार्यक्रमको नाम “को भन्दा को कम” राखौं......हा..हा..हा..।

नायिका रेखा थापा तथा रेनासा राई (डान्स जज) ले पहिले देखि नै आफुहरुले दुर्गाले जित्छ भन्ने सोचेकोमा त्यो फाईनलबाट पूरा भएकोमा खुसि लागेको बताएका छन् । अर्का एकजना गजल संचालकले काठमाडौंमा भएको गजलमा गाउन निम्तो दिएको भएपनि तत्काल केहि नसोचको दुर्गाले बताएकि छन् ।

दुर्गाको आवद्धता (संगीतमा संलग्नता र सहभागिता)

#  जनसांस्कृतिक महासंघ कास्कीको सदस्य, सूर्योदय कलाकेन्द्रको सदस्य तथा तरेली सांस्कृतिक पारीवारको पनि सदस्य ।
# रेडियो अन्नपूर्ण ९३.४ ले २०५८÷०५९ मा शुरु गरेको “प्रतिभाको खोजि” कार्यक्रममा तत्कालिन संचालक अरमाली श्रेष्ठले संचालन गरेको कार्यक्रमको एउटा भागको कार्यक्रममा प्रथम भएकि, गण्डकी तारा उपविजेता बन्न सफल, बिग आईकन को उत्कृष्ट ७ मा पर्न सफल ।
#  पहिलो गुरु दिलिप गायकको सरगम संगीत प्रशिक्षण केन्द्रबाट संगीत शिक्षा शुरु,
#  त्रिवेणी संगितालयमा प्रशिशक्षक संगीतकार नवराज वरालसंग संगीतको प्रशिक्षण लिदैं,
#  जोजिजु म्यूजिक सेन्टरमा शास्त्रीय संगीतको शिक्षा सिक्दै र
#  शास्त्रीय संगीतको डिप्लोमा जुनियर तेश्रो वर्षको विद्यार्थी ।
#  १२ वटा गीत गाईसकेकि, पहिलो स्वागत गीत, विश्वकर्मा भजन, सामुदायिक गीत, रोपाई गीत, आधुनिक ४ वटा गरी १२ वटामा स्वर भरीसकेकि, यस्तै गायक पदमराज ढकाल संग सामुहिक ७ गीतमा, नरजंग गुरुङसंग दोहोरी, मलेसियामा रहेका विवस लामासंग दोहोरी, नृत्य निर्देशक गोरे गुरुङको उत्पादनमा कौडा गीतमा संलग्नता जनाई सकेकि ।

दुर्गालाई विदेश निम्तो

दुर्गाले दुई वर्ष अगाडी मलेसियामा आयोजना गरीएको कार्यक्रम गीत गाएर आईसकेकि छन् भने खोजि प्रतिभाको विजेता बनेपछि नयाँ निम्तो पनि पाएकि छन् । हङकङमा आगामी वैशाखमा आयोजना हुने कार्यक्रममा निम्ता आएको छ भने यूकेमा पनि बोलाउने सुरसार गरीएको छ ।

प्रतिभावान १६ सय को भिडबाट गाउँदै गाउँदै, डेन्जर जोनमा पर्दै पर्दै अन्ततः जितको सुनिश्चितता गर्न सफल पोखरेली छोरी दुर्गा, साईनो अनुसार दिदि तथा बहिनी दुर्गालाई अगाडीको यात्राको लागि सतत् शुभकामना ।

तिमीले अब,
फेरी गिट्टि र वालुवा बोक्नु पर्दैन
अनि सागपात र सुन्तला बेच्नु पर्दैन,
स्वर र साधनामा तल्लिन भा पुग्छ
जुठा भाँडा र लत्ताकपडा धुनु पदैैन ।

No comments:

Post a Comment