घरमा काम गर्न नसकेको भन्दै छोराबुहारीले हेला गरेपछि अमृता विक विस्थापित

उस्ता (लमजुङ), माघ १३ - कास)- घरमा काम गर्न नसकेको भन्दै छोराबुहारीले हेला गर्दै कुटपिट गरेपछि भुलभुले ७ उस्ताकी ७३ वषर्ीया अमृता विक विस्थापित भएकी छन् । बिरामीले सताएकी बेसहारा उनी दिनभर गाउँमा माग्दै र रात परेपछि विष्टको छिडीमा सुतेर दिन बिताउँदै आएकी छन् । चिसोले हातगोडा सुनिएका छन् । खोकी पनि बढेको छ । यसरी नै उनले चार महिना बिताइन् ।

२० वर्षअघि श्रीमान्को मृत्यु भएपछि गाउँमा मजदुरी गरेर छोराको पेट पाल्दै आएकी उनले अहिले परिवारबाटै हेला हुँदा बिचल्लीमा परेको दुःखेसो गरिन् । 'बल छउन्जेल दैनिक निमेक गरेर बालबच्चा हुर्काएँ, घर गृहस्ती समाले,' उनले भनिन्, 'उमेर ढल्किएपछि बुढेसकालमा काम गर्न नसक्ने भन्दै घरबाट निकालिदिए ।' ज्यानले सकेको बेला उनले छिमेकीको घरमा भाडावर्तन धुने, गोबर सोहर्ने र सरसफाइ गर्थिन् । स्थानीयवासीले अमृतालाई शरण दिएकालाई समेत छोराबुहारीले खान र बस्न नदेऊ भनेर धम्काउने गरेको बताए ।

No comments:

Post a Comment