भीमदत्त नपा-१६ वनकट्टीकीमा दलित महिलालाई दुर्व्यवहार

०७० माघ १३ गते, कञ्चनपुर ।भीमदत्त नपा-१६ वनकट्टीकी चन्द्रादेवी लुहारलाई सोही ठाउँका राधाकृष्ण पण्डितले माघ १२ गते अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेका छन् ।
 
भीमदत्त नपा-१६ वनकट्टीकीमा माघ १२ गते सडक निर्माणका लागि उपभोक्ता समिति गठन गर्न बसेको सर्वपक्षीय बैठकमा दलित समुदायकी अगुवा महिला चन्द्रादेवीलाई सोही ठाउँका राधाकृष्ण पण्डितले तँलाई कस्ले बैठकमा बोलायो, यो विद्यालय र रोड त मेरो हो, तँ किन आइस, मैले चिया नपिएसम्म तिमी यता आउनु पर्दैन भनेर जातीय विभेद गरेको पीडितले बताइन् ।पीडित लुहारले कानुनी प्रावधानका आधारमा आरोपित राधाकृष्णका विरुद्ध सम्बन्धित निकायमा उजुरी दिने बताइन्।

No comments:

Post a Comment