एक महिलाले आत्मदाह गरेको देख्दा बेहोस भएकि लक्ष्मी बिकको मृत्यु

धनगढी माघ , ६ -कैलालीमा एकजना महिलाले आत्मदाह गरेको देख्दा अर्की महिलाको बेहोस भएर ज्यान गएको छ ।धनगढी नगरपालिका–२, सन्तोषीटोलकी २७ वर्षीया हेमा ओझाले आज (सोमबार) आफ्नै शरीरमा मट्टीतेल खनाएर आगो लगाई आत्मदाह गर्न खोजेकी थिईन् । उनको शरीरभरि आगो दन्किए पछि नजिकै रहेकी स्थानीय २६ वर्षीया लक्ष्मी बिक बेहोस भई लडेकी हुन् ।

बेहोस भएर लडेकी बिकको उपचारका क्रममा सेती अञ्चल अस्पताल धनगढीमा मृत्यु भएको इमेरजेन्सी वार्डका इन्चार्ज कृष्ण बोहराले जानकारी दिए । मृतक बिकका दुई छोराछोरी छन् ।

आत्मदाह गर्न खोज्ने ओझाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको इन्चार्ज बोहराले बताए । ओझाको मानसिक अवस्था ठीक नरहेको आफन्तले जनाएका छन् । अविवाहित ओझा धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमीमा एमएड दोस्रो वर्षमा अध्ययनरत हुन् । ओझाले किन आत्मदाह गर्न खोजेकी हुन भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

No comments:

Post a Comment