मेरो छोरालाई बचाइदिनुहोस् -- झंकर दमाईं नगार्जी

मेरो २६ वषर्ीय छोरो चेतमान दमाईका दुबै मृगौला काम नलाग्ने अवस्थामा पुगेपछि हाल म अछामबाट भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा धाउँदैछु । केन्द्रले उपचारका लागि कम्तीमा ५ देखि ७ लाख रुपैयाँ लाग्ने पत्र दिएको छ । डाक्टरले डायलाइसिस वा मृगौला प्रत्यारोपणमध्ये एकमात्र गरी बचाउन सकिने सुझाव दिएका छन् । एकपटक फिस्टुलाद्वारा गरिने डायलाइसिस शुल्क २५ सय छ । जुन जिन्दगीभरि वा मृगौला प्रत्यारोपण नगरेसम्म हप्ताको दुईपटक गर्नुपर्छ । अहिले म यही विधिमा छोराको उपचार गराइरहेको छु । मृगौला प्रत्यारोपण नगरेसम्म प्रतिदिन दुईदेखि चार पटकसम्म यो विधि गर्नुपर्ने रहेछ । यसको प्रतिमहिना दुईदेखि तीन हजार खर्च लाग्छ । 

यी खर्चहरू बाहेक बिरामीले लिने दैनिक औषधीहरू, अस्पतालसम्म आउने-जाने भाडा र खानाको छुट्टै खर्च लाग्छ । चिकित्सकहरूले प्रत्यारोपणपछि जीवनभर औषधी खानुपर्ने भनेका छन् । जुन महिनाको करिब १५ हजार रुपैयाँ पर्छ । मैले छोरालाई बचाउन किड्नी दिने निर्णय गरेको छु । सामान्य कपडा सिलाउने पेसामा आश्रति मेरो अछाममा सानो झुप्रो र पाखो खेतबाहेक केही छैन । मेरा छोरालाई बचाइदिनुहोस्, सधैंभरि आभारी हुनेछु । मलाई सघाउन चाहने फराकिलो हृदय भएका महानुभावहरूले ९८४८६००७९३ मा वा मेरो भान्जा सुरत भूलको ९८४८५९८५३८ मोबाइलमा फोन गर्न सक्नुहुनेछ ।

- झंकर दमाईं नगार्जी -बुबा)
अछाम, बयलपाटा, हाल:- भक्तपुर

No comments:

Post a Comment