सरकारी कार्यालयहरुमा दलित माथि हुने भेदभाव यथावत

राधेश्याम विश्वकर्मा, भैरहवा, १२ माघ – दलितहरुलाई सरकारी कार्यालयमा हुने भेदभाव अझै पनि पूर्ण रुपमा नहटेको आईतबार भैरहवामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन । राष्ट्रिय दलित आयोगले आयोजना गरेको जिल्ला स्थित सरकारी कार्यालय दलित मैत्री बनाउनका लागी सचेतना कार्यक्रममा बोल्ने वक्तहरुले उक्त भनाई राखेका हुन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय दलित आयोगको अध्यक्ष सुशिला श्रीपाली ठकुरीको नेपालमा रहेको असमान बिकास प्रणालीको कारण सरकारी कार्यालयहरु दलित मैत्री हुन नसकेको जिकिर रहेको छ । “ नेपालमा दलितहरुको हकहितमा कार्य गर्न बलियो कानुन रहे पनि त्यसलाई कार्यान्वयनमा ल्याउन नसकिएको हुदा दलितहरु अझै पनि पिडित हुन परेको छ ” श्रीपालीले बताईन ।

 कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफुलाई दलित शब्द मात्र हटाएर अधिकार पाउनेमा बिश्वास नरहेको बताएकी छन । मूख्य समस्या “बनि सकेको कानुनलाई कार्यान्वयनमा ल्याउन नै चुनौती पूर्ण रहेको” बताउदै आ आफ्नो स्तरबाट सबै सरकारी कार्यालयका कर्मचारीहरुले सहयोग गर्न उनले आग्रह समेत गरिन । सोही कार्यक्रममा बोल्दै दलित वर्ग उत्थान समन्वय समितिका पूर्व उपाध्यक्ष पदम बिश्वकर्माले दलितहरुले कसै संग भिख नमागेको र आफ्नो सम्मानको लागी लडेको बताएका छन । दलितहरु माथी भएको थिचोमिचो एवम अन्यायलाई राजनैतिक दलहरुको आडमा दवाउने गरिएको समेत उनको गुनासो रहेको थियो । लेखक एवम दलित अगुवा डिक बहादुर विश्वकर्माले अझै पनि दलितहरुलाई थरकै कारण सरकारी कार्यलयहरुले सास्ती दिने गरेको बताए । दतिहरुले मालपोत कार्यालय जस्ता सरकारी कार्यालयहरुबाट पाउने छुटको बारेमा जानकारी नभएर बढी रकम तिर्ने गरेको उनको दावी रहेको छ । यसै गरि राष्ट्रिय दलित आयोगले सुचिकृत गरेका दलित थरलाई प्रमाणित गर्न समेत जिल्ला प्रशासन कार्यालय र स्थानिय निकायहरुबाट अनावश्यक दुख दिने गरेको उनले गुनासने गरेका छन ।

 दलित वर्ग उत्थान समन्वय समितिका पूर्व उपाध्यक्ष पदम बिश्वकर्माको अध्यक्षता, राष्ट्रिय दलित आयोगको अध्यक्ष सुशिला श्रीपाली ठकुरीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा दलित सेवा संघका सचिव किस्मत विक, मु ि क्त समाजका नन्द बहादुर खडकाथोकी, राजकुमार बिश्वकर्मा, रेडियो जागरणका स्टेशन म्यानेजर शिवजी गायक, जिल्ला शिक्षा कार्यालयका स्थानेश्वर ज्ञवाली, स्थानिय बिकास अधिकारी पेशल कुमार पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी कौशल शर्मा, प्रमुख मालपोत अधिकृत शंकर सुवेदी, नेकपा एमालेका हितराज पन्थी, एनेकपा माओवादीका बिनोद उपाध्याय लगायतले बोलेका थिए । कार्यक्रममा राष्ट्रिय दलित आयोगका नासु धर्मेन्द बिश्वकर्माको सञ्चालन र मनु खडकाको स्वागत मन्तव्य राखेकी थिईन ।
साभार :- रातो पाटी

No comments:

Post a Comment