दलित भन्ने नाम समाजले दिएको हो -समशेर ठाकुरचन्द्र गहतराज

० तपाईंको परिचय ?
- म सर्वहारा हुँ । जातीय छुवाछूत र जातीय विभेदको अन्त्यका लागि सानैदेखि दत्तचित्त भएर लागेको । हाम्रो पहिला घर बाग्लुङ हो, अहिले बुटवलमा छ । जेठ १६ गते खुलामञ्चमा घोषणासभा गरेर हामीले राष्ट्रिय सममुक्ति पार्टी स्थापना गरेका हौँ । म त्यसको केन्द्रीय अध्यक्ष छु ।
० के उद्देश्य हो यो पार्टीको ?
- ०५९ सालसम्म दलितहरूको नाममा होस् या वीपीको समाजवादी प्रजातन्त्र र मदन भण्डारीको जनताको बहुदलीय जनवादको नाममा जति पनि आन्दोलन भए, ती कुनै पनि आन्दोलनले जातीय विभेद र सीमान्तकृत जनताको पक्षमा केही गर्न सकेन । ०४६ सालमा बहुदलीय प्रजातन्त्रको बहालीपछि अबिर लगाउने धेरै थिए । म पनि अबिर लगाएर आन्दोलनमा सहभागी भएको थिएा । रानीपोखरीमा पुलिसको गोली चल्दा मसागै उभिएको एउटा साथी मर्‍यो । मचाहिा गोली चल्न थालेपछि भागेा । त्यो भीडमा पुलिसलाई सबभन्दा पहिला धक्का लगाउने मै थिएा । ०४७ सालको संविधानलाई विश्वको उत्कृष्ट संविधान भनियो । तर, ०५१ सालमा माओवादीले जनयुद्ध सुरु गरेपछि त्यो संविधान उत्कृष्ट थियो कि निकृष्ट, सबले थाहा पाए ।
० तपाईं विशेन्द्र पासवानको पार्टीमा महासचिव पनि हुनुहुन्थ्यो होइन ?
- हामीले दलित-जनजाति पार्टी गठन गर्‍यौँ । संविधानसभाको निर्वाचनमा ५२ जना उम्मेदवार प्रत्यक्ष निर्वाचनमा र ७४ जनालाई समानुपातिकमा खडा गर्‍यौँ । त्यसवेलासम्म कसैले सहयोग गरेका थिएनन् । मैले आफ्नोतर्फबाट लगानी गरेको थिएा । त्यसवेलासम्म मेरो उद्देश्य भनेको दलित र जनजातिको राज्यसत्ता स्थापना होस् भन्ने थियो । तर, संविधानसभाको निर्वाचनमा हाम्रो पार्टीका साथीहरूले कहीा पनि जित्न सकेनन् । अर्को कुरा, विशेन्द्र पासवानको बोलिमा जे आउने गर्छ, व्यवहारमा नआउने कारण म सममुक्ति पार्टी गठन गर्न बाध्य भएको हुा ।
० दलितको भूमिका यो देशमा कत्तिको छ ?
- माओवादीले जनयुद्ध सुरु गर्दा उसले दलित र जनजातिलाई आफ्नो टार्गेट ग्रुप बनायो । त्योभन्दा अगाडि कांग्रेस र एमालेले दलित-जनजातिलाई पर्चा, पम्प्लेट र झोला बोकाए । तर, माओवादीले बन्दुक र बारुद बोकायो । त्यो युद्धमा ११ हजार दलित मारिएका छन् । तर, प्रचण्डजी जब प्रधानमन्त्री बन्नुभयो, त्यसवेला उहााले मन्त्री बनाउनलाई एउटा पनि दलित भेट्नुभएन । दलित कार्यकर्ताले एकजनालाई मन्त्री बनाउनुपर्‍यो भनेर कुरा पनि राखे । तर, उहााले 'कोही पनि छैन' भन्ने जवाफ दिनुभयो । युद्धमा मर्नलाई ११ हजार भेट्टाउने, मन्त्री बनाउनुपर्ने भएपछि कोही पनि नहुने, यो कस्तो कुरा हो ? त्यसैले मैले भन्ने गरेको छु, प्रचण्डपथ भनेको ब्राह्मणवादको तेस्रो पार्ट हो । अहिले यथार्थमा के भयो भने, बिपीको सोसियल डेमोक्रेसी शोषक ब्राह्मकेसी हुन पुग्यो, मदन भण्डारीको जनताको बहुदलीय जनवाद जनैवादमा परिणत हुन पुग्यो र प्रचण्डजीको पनि त्यस्तै भयो । जेठ १४ गतेसम्म आइपुग्दा सबै राजनीतिक दलमा यथास्थितिवादी सोच र चिन्तन रहेछ भन्ने प्रस्ट भयो ।
० प्रचण्डले महेन्द्र पासवानलाई मन्त्री बनाउनुभएको होइन र ?
- उहााले आठ महिनासम्म कुनै पनि दलित पाउनुभएन । सरकार ढल्ने वेलामा महेन्द्र पासवानलाई मन्त्री बनाउनुभयो । हामीले वीरगन्जमा ०६५ फागुन २१ र २२ गते भारतीय मन्त्री रामविलास पासवानलाई बोलाएर एउटा कार्यक्रम गरेका थियौँ । काठमाडौं फर्किने वेला एयरपोर्टमा माओवादी नेता सिपी गजुरेल भेटिनुभयो । रामविलासले सिपी गजुरेललाई 'सबको अधिकार होना चाहिए' भन्नुभयो । सिपीजीले 'हाा-हाा' भन्नुभयो । मैले भनेँ, 'राजशाही तो खत्तम हो गया, फिर ब्राह्मणशाही लागू हुवा है, उसका नेतृत्व स्वयं प्रचण्डजी कर रहे है !' यसमा सिपीजीले आपत्ति जनाउनुभयो । मैले त्यही कुरा भनेँ, जनयुद्धमा पर्ने मान्छे चाहिादा ११ हजार दलित पाउने, अहिले मन्त्री बनाउनलाई एउटा दलित नपाउने ? यसपछि बल्ल महेन्द्र पासवान मन्त्री हुनुभएको हो ।
० ब्राह्मणवादको कुरा गर्नुभयो । के आधारमा ?
- दलित र जनजातिको अधिकारप्राप्तिको झुटा आश्वासन दिएर माओवादी, कांग्रेस र एमालेहरू ठूलो पार्टी भए । आज माओवादीको केन्द्रीय समितिमा एकल जातीय बहुमत छ । जनसेनामा ७ देखि १० प्रतिशतसम्म दलित छन्, तर कमान्डरमा एउटै छैनन् । अभिजात्य वर्गका कब्जामा त्यो पार्टी पुगेको छ । एक दुईजना समावेशी सिद्धान्तका आधारमा केन्द्रमा राख्नु नै पूर्णता हाइन । हामी चाहन्छौँ, जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्छ । कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, कूटनीतिक नियोगदेखि सुरक्षा निकायसम्ममा त्यो कुरा लागू हुनुपर्छ ।
० माओवादीबाट बाहिरिएका कार्यकर्तालाई पनि समेट्ने भन्नुभएको थियो नि !
- प्रचण्डको झुटो नारा आज यथार्थमा देखिन थालेको छ । उहााहरूको वाद एकातिर, व्यवहार अर्कातिर, उद्देश्य एकातिर, काम अर्कातिर भएको छ । संविधानसभाका नाममा उहााहरूले राज्यलाई ब्रह्मलुट गर्नुभयो । निर्धारित मितिमा संविधान बनाउनुभएन । किनभने, उहााहरूलाई ब्रह्मलुट गर्न पुगेकै थिएन, त्यसैले एक वर्षको म्याद थपियो । आगामी एक वर्षमा पनि संविधान बन्दैन, म ग्यारेन्टी गर्छु । किनभने, उहााहरू दलित-जनजातिलाई अधिकार दिनै चाहनुहुन्न । यदि संविधान लेखियो भने केही न केही अधिकार दिनुपर्छ । त्यो अधिकार दिनुपर्ला भन्ने पिरले उहााहरू संविधान लेख्न चाहनुहुन्न । त्यो कुरा बुझेका र उहााहरूले गुलामका रूपमा प्रयोग गरेका कार्यकर्ता त्यहााबाट बाहिरिएका छन् । उहााहरू हामीसाग आउनुभएको छ ।
० कुन-कुन स्तरका छन् ?
- विभिन्न तहको जिम्मेवारीमा रहेका, जनमुक्ति सेनामा काम गरेर अयोग्य ठहर्‍याइएकालगायत सयाँै पूर्वमाओवादी कार्यकर्ता हुनुहुन्छ । प्रहरी-सेनाका द्वन्द्वपीडित अनि कांग्रेस-एमालेको जनैवादमा विश्वास नभएकाहरू पनि हामीसाग आउनुभएको छ ।
० तपाईं शाहीकालमा तत्कालीन राजासाग निकै भेट्नुहुन्थ्यो होइन ?
- कदापि हुन सक्दैन, गोकर्णमा एकचोटि ज्ञानेन्द्रलाई मैले भेटेको थिएा । मैले भनेा, 'महाराज, यदि दलित, जनजाति, आदिवासी, महिला र मधेसीलाई अधिकार नदिने हो भने माओवादीको मुद्दा यिनै वर्गका लागि उठाइएको छ, त्यसैले सरकारको श्रीपेच तीन वर्षभित्रमा जान्छ ।' मैले सुझाबपत्र पनि दिएा । राजाले मेरो कुरा मानेनन्, उनको श्रीपेच गयो । कांग्रेस र एमालेले पनि आफ्नो साख यथावत् राख्ने हो भने जातीय जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व र सबैखाले विभेदविरुद्ध कडाभन्दा कडा कानुनी व्यवस्थाका लागि लागिपर्नैपर्छ । अहिलेसम्म राज्यले विस्थापित गरेका वर्ग र समुदायका लागि क्षतिपूर्तिसहित आरक्षणको व्यवस्था हुनुपर्छ । यदि यो मूल्य र मान्यता राज्यले अंगीकार गरेन भने न देशमा शान्ति हुन्छ, न देशको भविष्य नै सुरक्षित हुन्छ । नेताहरूको त कुरै छाडौँ ।
० तपाईंहरू आफैँ आफूलाई दलित भन्नुहुन्छ । दलित भनेको त नराम्रो अर्थमा भनिने शब्द होइन ?
-हामी पहिलो दर्जाको नागरिक हुन चाहन्छौँ । यो देशका सर्वहारा, शोषित, पीडित, दलित, मंगोल, मुसलमान, महिला, मधेसी र मंका खलः राज्यसत्तामा पूर्णरूपमा पहुाच स्थापित गर्ने अवस्थामा छैनन् । हामी त्यसैका लागि संघर्ष गरिरहेका छौँ । दलित भन्ने नाम समाजले दिएको हो । यो नामबाट हामीलाई मुक्त गर्न राज्यले चाहन्छ भने हाम्रो माग पूरा हुनुपर्छ । हामीले अहिले समवाद भनेका छौँ । त्यो भनेको समतामूलक समाज निर्माणमा सहायक हुन सक्छ ।
० माओवादी, कांग्रेस र एमालेमध्ये तपाईंहरूको एजेन्डा कहााबाट गतिलोसाग उठ्ला भन्ने लाग्छ ?
- सबै पार्टीका उद्देश्य गलत नहुन सक्छ, तर उनीहरूप्रति जनतामा विश्वास भएन । सम्पूर्ण पार्टी र त्यसका नेता फेल खाइसके । हामी उनीहरूमा सद्बुद्धि जागोस् भन्ने कामना गर्छाैं । हाम्रो मूल्य र मान्यतामा उहााहरू आउनुहुन्छ भने स्वागत गर्छौं । तर, उहााहरू टाढा भाग्न खोज्नुहुन्छ ।
० संविधानसभाको म्याद थपिएको छ । कसरी लिनुहुन्छ ?
- सत्ता र भत्ता बढाउनका लागि सबैले मिलेर म्याद थपेका हुन् । अबको एक वर्षमा संविधान बन्दैन भन्ने पनि निश्चित छ । मैले त जेठ १६ गते खुलामञ्चमै घोषणा गरिसकेको छु, कि यदि ०६८ जेठ १४ गते संविधान जारी भएन भने म आत्मदाह गर्नेछु । यदि त्यो मितिमा संविधान लेखिइहाले पनि त्यो संविधान ०४७ सालको जस्तै टालटुले हुन पुग्छ ।
० त्यो हुन नदिनलाई के गर्नुपर्छ ?
- समवादमा सबै आबद्ध हुनुपर्छ, राज्य समवादी गणतन्त्रतर्फ उन्मुख हुनुपर्छ । सबैखाले विभेदको अन्त्यका लागि राज्यले कडाभन्दा कडा कानुनको व्यवस्था गर्नुपर्छ । १० वर्षसम्म जेल सजाय र एक लाखसम्मको जरिवाना तोकिनुपर्छ । महिलाका लागि बक्र आरक्षणको व्यवस्था गरिनुपर्छ । अहिलेसम्म महिला आरक्षणका नाममा सुकिला-मुकिला महिलाले मात्र अवसर पाउादै आएका छन् । त्यो अन्त्य हुनुपर्छ ।
० के योजना छ ?
हामी पहिला शान्तिपूर्ण तवरले संगठन विस्तारमा लाग्नेछौँ । हामीसाग दीर्घकालीन र अल्पकालीन रणनीति छ । त्यस्तै परे हामीले सममुक्ति सेना पनि गठन गरिसकेका छौँ, युद्ध लड्नुपरे पनि तयार छौँ ।
० तपाईंहरूको पार्टी कुन स्रोतबाट चल्छ ?
- जनताले दिने सहयोग नै हो । जहाासम्म मलाई लाग्छ, नेपालमा रहेका सीमान्तकृत जनताको उन्नतिका लागि अन्तर्राष्ट्रिय समुदायले भविष्यमा सहयोग गर्नेछन् । 

साभार :- जनआस्था 

No comments:

Post a Comment