जातीय विभेद र छुवाछुत अन्त्यका लागि मेची महाकाली राष्ट्रव्यापी सामुहिक अभियान

जातीय विभेद र छुवाछुत अन्त्यका लागि राष्ट्रिव्यापी सामुहिक अभियान भदौ २७ गते विहिबारदेखि इलामबाट शुरु गरिएको थियो । वर्षौदेखि नेपाली समाजमा रहेको छुवाछुत अन्त्यका लागि मुलुकी ऐन तथा जातीय विभेद तथा छुवाछुत कसुर सजाँय ऐन २०६८ कार्यान्वयन भइसक्दा पनि छुवाछुतको अवस्था जस्ताको तस्तै रहेको भन्दै त्यसको पूर्ण अन्त्य गर्न उक्त अभियान शुरु गरिएको जनाइएको थियो  ।

सामुहिक अभियानमा देशभरका विभिन्न ३९ वटा संस्थाहरु सम्मिलित रहेका छन्। टोलीले ३६ जिल्लामा ५ हजार किलोमिटर भन्दाबढी पदयात्रा गर्ने, दलित गैर दलितबीच सहभोज गराउने, अन्र्तजातीय विवाह गर्नेलाई सम्मान गर्दै जाने, सर्वपक्षीय अन्र्तक्रिया, हस्ताक्षर संकलन आदि कामहरु गरिएका थिए ।
                                                                                 अभियान काठमाण्डौंमा पुगेर आगामी असोज २३ गते समापन भएको थियो  ।सो कार्यक्रमका तस्बिरहरु हेर्न यहाँ किलिक गर्नु होला (तस्बिर साभार :- cocap ) जातीय विभेद र छुवाछुत अन्त्यका लागि मेची महाकाली राष्ट्रव्यापी सामुहिक अभियान २०६९

No comments:

Post a Comment