कंचनपुरका दलित सुत्केरी महिलालाई सेवा बाट बन्चित

कंचनपुर , १० पुस । कंचनपुरको कृष्णपुर गाविसमा महिला स्वास्थ्य स्वयमं सेविकाहरुले दलित सुत्केरी महिलालाई सेवा नदिए पछि कृष्णपुर गाविसमा दलित समुदायका नवजात शिशु मृत्युदर वढेको रहस्य खुलेको छ । दलित महिला संघ कंचनपुरले केही दिन अघि नागरिक समाज र पत्रकार सहित गरेको स्थलगत अनुगमनका सहभागिले कृष्णपुर गाविसमा एक जना पनि दलित महिला स्वास्थय स्वमं सेविका नभएको र भएका स्वमं सेविकाले दलित महिलालाई सेवा नदिएको भेटाएको वताएका हुन ।

आज महेन्द्रनगरमा दलित महिला संघले गरेको समिक्षा कार्यक्रममा राज्यबाट प्रदान हुने सेवा सुविधामा दलितहरुको पहुच निकै न्यून रहेको सहभागिहरुले वताएका थिए । अहिले पनि दलितको नाममा आएका छात्रवृति नपाएको, स्वास्थ्य सेवा नपाएको र स्थानीय निकायबाट समेत सेवा सुविधा पाउन नसकेको अवस्था कंचनपुरमा रहेको नागरिक समाजका प्रतिनिधि कोमलनिरन्जन भाटले वताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका दशरथ ओड, नेकपा एमालेका कर्णवहादुर चन्द, एकिकृृत नेकपा माओवादीका गणेश विक, नेकपा मालेका मिरा नेपाली लगायतका वक्ताले दलित समुदायलाई राज्यवाट पाउने सेवा सुविधा उपलव्ध गराउनको लागि दवाव दिने प्रतिवद्धता व्यक्त गरेका थिए । 

केयर नेपाल हरियो वन कार्यक्रमले कंचनपुरको तिलकपुरका अति विपन्न २१ दलित परिवारलाई जिविकोपार्जनका लागी नगद १० हजार वितरण गरेको छ । जिविकोपार्जन सुधार योजना अन्र्तगत योजनाको सहयोग रकम आज एक समारोहका विच हस्तान्तरण गरिएको हो । स्थानिय शहिद सामुदायीक वन उपभोक्ता समितको आयोजनामा गरिएको सो कार्यक्रममा २० परिवारका लागी सहयोग केयर नेपाल हरियो वन कार्यक्रमले गरेको र एक परिवारलाई सामुदायीक वनले रकम हस्तान्तरण गरेको केयर नेपालका कैलाली कंचनपुर फिल्ड अधिकृत जगदिश भट्टले वताउनु भयो । सामुदायीक वनले घुम्तीकोषका रुपमा लगानि गरेको आउदो तिन वर्ष सम्म विना व्याजमा रकम हस्तान्तरण गरिएकोले तिन वर्ष सम्ममा सो सामुदायीक वनमा आश्रीत अति विपन्न परिवारले आय आर्जन मुलक कामहरु गरि जिवको पार्जन गर्ने विश्वास लिईएको सामुदायीक वनका अध्यक्ष कर्ण वोहराले वताउनु भयो ।

No comments:

Post a Comment