अन्तरजातीय विवाह गरेको आरोपमा चार सन्तानसहित एक महिला बिचल्लीमा

२०७० माघ १० गते, जाजरकोट । खलङ्गा गाविस-५ पोखरा निवासी ३१ वर्षीया जमुना विक सहित उनका चार सन्तान पति गंगा बुढाले धोका दिएपछि तीन सातादेखि बिचल्लीमा पर्दै आएका छन् । दश वर्षअघि ०६० चैत १२ गते गाउँमै अन्तरजातीय विवाह गरेपछि घरपरिवार उक्त अन्तरजातीय विवाहलाई अस्वीकार गरेकाकारण अन्तरजातीय विवाहित दम्पति एक दशकदेखि भारतको हिमाञ्चल प्रदेशको किनोरमा बस्दै आएका थिए ।

भारतमै मजदुरी गरेर पत्नी र चार बालबच्चासहित पाँच जनाको परिवार पाल्दै आएका पति गंगा बुढा परिवारलाई भारतमै छोडेर यस वर्ष दशैमनाउन घरमा आएको र तिहार मनाउन भारतमै फर्कने आश्वासन दिइ पति घर फर्केका थिए । घर फर्केपछि घरका बुबा आमा र अन्य परिवारकासदस्यको दवावपछि उनले आफ्ना चार सन्तानसहित पत्नीलाई चट्क्कै विर्सेर रुकुम जिल्लाको गराईला निवासी भावना बुढासँग ०७० असोज१२ गते दोस्रो विवाह गरेका थिए । आफ्ना पति भारत नफर्केको र घरमा अर्को विवाह गरेको खबर भारतमा गएका गाउँलेहरूबाट थाहा पाएपछिजमुना आफनो जन्म थलो फर्केकी थिइन् ।

पीडित जमुना ०७० पुस १३ गते घर फर्केपछि नत पति भेटिन् नत घरभित्र पाइला नै टेक्न पाइन् । पत्नी जमुना विक घर फर्केको थाहा पाउनसाथउनका पतिले दोस्रो पत्नी लिएर फरार भएका छन् । मेरो पति कहाँ छन् कुनै पत्तो छैन् । ससुरा भद्रे बुढा र सासूले आफूलाई तल्लो जातको भनेरघरमा बस्न नदिएको उनले दुखेसो पोखिन् ।पीडित जमुनासँग एक वर्षीया चाँदनी बुढा, चार वर्षीया ज्योती बुढा, छ वर्षीया किराना बुढा र आठ वर्षीया रोषनी बुढासहित चार बालबच्चा साथमाछन् । पतिले धोका दिएर गएपछि आफूसहित ती बालबच्चाहरू बिचल्लीमा पर्दै गएका छन् । पतिले विच्चल्लीमा पारेपछि उनका चारबालबच्चाहरूलाई पढाउन र हुर्काउन समस्या समेत परेको उनले बताइन् । उनीसहित उनका चार बालबच्चा सोही ठाउँको माइती घरमा शरणलिएर बस्दै आएका छन् ।

अहिलेसम्म विवाह दर्ता नगरेकी उनी गाविसमा पति विरुद्ध उजुरी दिन ०७० पुस १५ गते आउदा पतिले दोस्रो विवाह दर्ता गरेको थाहापाएपछि उनीछाँगाबाट खसेझै भएकी थिइन् । पति गंगा बुढाले दोस्रो विवाह गरे लगतै विवाह दर्ता गराएको खलङ्गा गाविस सचिव शेरबहादुर केसी बताउछन ।दोस्रो विवाह भन्ने हामीलाई थाहानै भएन यहिनै पहिलो विवाह हो भन्ने लाग्यो त्यसैले विवाह दर्ता गराएको हो सचिव केसीले बताए । जेठी पत्नीजमुनाको विवाह दर्ता नहुँदा पतिबाट अंश भराउन नसकिने अवस्था भएपछि उनले न्याय पाउने विषयमा समस्या परेको छ ।



No comments:

Post a Comment