अन्तरजातीय विवाह गर्ने कैलालीका ४७ जोडीले प्रोत्साहन बापतको रकम पाएनन

धनगढी, ४ माघ-अन्तरजातीय विवाह गर्ने कैलालीका ४७ जोडीले प्रोत्साहन बापतको रकम नपाएको बताएका छन् । आवश्यक कागजातरहित प्रोहोत्साहन रकमका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए पनि रकम पाउन नसकेको अन्तरजातीय विवाह गरेका जोडीले बताएका छन् । आर्थिक वर्ष २०६९/७० र चालु आर्थिक वर्षमा अन्तरजातीय विवाह गर्ने जोडीलाई रकम उपलब्ध गराउन नसकेको जिल्ला प्रशासन कार्यालय कैलालीका नायब सुब्बा दत्तुराम पाण्डेयले वानकारी दिए ।
नासु पाण्डेयले प्रत्येक जोडीलाई १ लाख रुपैंया दिने सरकारले घोषणा गरे पनि बजेट अभावमा अझै ४७ जोडीलाई उपलब्ध गराउन नसकेको स्वीकारे । ‘यो आवको मंसिरसम्म १३ जोडीले अन्तरजातीय विवाह गरेको भनी प्रोत्साहन रकमका लागी आवेदन दिएका छन् ।’ नासु पाण्डेयले भने,‘ यसमध्ये पाँच जोडीको विवाह प्रमाणित हुनु बाँकी छ ।’ कैलालीमा आव २०६९/०७० मा १ सय ४९ जनाको अन्तरजातीय विवाह गरेको प्रशासन कार्यालयमा तथ्यांक रहेको छ । हालसम्म १ सय १० जोडीले अज्तरजातीय विवाह गरेबापतको रकम बुझिसकेका छन् ।
पाण्डेयले अन्तरजातीय विवाह गरेबापत सरकारी निकायबाट विभिन्न प्रक्रिया तथा अनुसन्धानपश्चात् सो रकम दिने गरेको बताए । गत आवमा बजेट निकास नभएकाले ३९ जोडी र चालू आवमा अन्तरजातीय विवाह प्रमाणित भएका आठ जोडीले रकम पाउन सकेका छैनन् । अन्तरतीय विवाह गरेबापत दिनुपर्ने रकमका लागि सम्बन्धित निकायमा पत्राचार भइरहेको कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहले बताए ,। सरकारले अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहनस्वरुप १ लाख रुपैंयाँ नगद दिने घोषणा गरेको थियो ।
(स्रोतः राजधानी दैनिक)

No comments:

Post a Comment