उपचार नहुदा बैतडीमा झाडापाखालाबाट नड्तक सार्कीको मृत्यु

माघ ३ - बैतडीमा झाडापाखालाबाट एक जनाको मृत्यु भएको छ । सित्तड गाविस वडा नं. २ भूलगाउ बस्ने ६० वर्षीया नड्तक सार्कीको झाडा पखालाबाट आज अपराह्नतिर ज्यान गएको स्थानीय दिलप शिह ऐरीले जानकारी दिनुभयो ।
 ५ दिनदेखि झाडापाखालाबाट पिडित सार्कीको उपचार नहुदा मृत्यु भएको उहाँको भनाई छ । सार्कीलाई स्वास्थ्य संस्थासम्म पुर्याउने आफन्त कोही नभएका कारण उनको उपचार अभावमा ज्यान गएको स्थानीय ऐरीले बताउनु भएको छ

No comments:

Post a Comment