विभेद विरुद्धको साहित्यिक आन्दोलन - ऋषि आजाद

अहिले नेपाली समाजमा राजनैतिक आन्दोलन समाप्त भएको र संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको हुनाले स्रष्टाहरुको ध्यान पनि पुरानो प्रमुख दुश्मनबाट अन्यत्रतिर बदलिन थलेको छ । अब उनीहरुको आन्दोलन उद्देश्य अर्थिक क्रान्ति तर्फर सामाजिक विभेद विरुद्ध सोझिन लागेको छ । 
  नेपाली समाजमा सामन्तवाद समाप्त भई अद्यौगिक बजार अर्थ व्यवस्थाले स्थान ग्रहण गरेको भएता पनि हजारौं वर्षेखि सामन्तवादी अधिरचनाले निर्माण गरेको विभेदको कालो बदल अझैसम्म हट्न सकेको छैन ।
समाजका कुरीति र कुसंस्कारहरु मनको अर्न्तर्यमा जमेर रहेको छ । यही जमेर रहेको कुरीति र कुसंस्कारले मान्छे मान्छे बीच विभेद उत्पन्न गरेको छ । नेपाली समाज यस्तै विभेदका दरारहरुले आक्रान्त छ । यहाँ मधेस पहाडी बीच विभेद छ । यहाँ महिला पुरुष बीच विभेद छ । यहाँ दलित र गैर दलित बीच विभेद छ । यहाँ सम्पन्न र विपन्न बीच विभेद छ । यहाँ साङ्ग र अपाङ्ग बीच विभेद छ । जहाँतही विभेदै विभेदको खाडल  छ । यसले नेपाली समाज आक्रान्त छ । अझै पनि ठूलो समूहले विभेदको समस्या झेल्नु परेको छ । मानवीय आत्म सम्मान पाएको अवस्था छैन ।
  हामीहरुले यो अमानवीय विभेदको विरुद्ध एकजुट भएर अघि बढ्न जरुरी भएको छ । तर विभेद विरुद्धको आन्दोलनमा लाग्न नचाहने पुरातनवादीहरुको संख्या ठूलो छ र त्यसले नेपालको प्रशासन, शुरक्षा र कानुनमा समेत प्रभाव पारेको छ । देशका ठूला राजनैतिक पार्टर्ीी नेताहरु भोट ब्रि्रन्छ कि भनेर पुरातनवादीहरुसँग स्वाङ्ग पार्दै रहन विवश छन् । राजनैतिक पार्टर्ीी आशर्ीवादले टीका थापेर गएका दलित नेताहरुले बराजुको जुँगा र जुर्र्रो हेरेर कुराको व्यवस्थापन गर्दै हिंड्छन् । उनीहरु असाध्यै निरिह छन् । उत्पीडित वर्ग र समुदायकामे पक्षमा राम्रैसँग आवाज उठाउने हो भने बराजुको धरातल र उनीहरुको आशर्ीवादको जगमा टेकेर राजनीति गर्नु पर्ने हुँदा उनीहरुलाई समस्या छ । दलित नेताहरुले आफै नै आफ्नो पार्टर्ीीे भोट ब्रि्रन्छ भनेर चुपचाप लाग्छन् ।  यो नै अहिलेको समस्या हो ।  
 वास्तवमा निर्वाचनबाट आएका नेताहरुमा भने केही दम हुन्छ । उनीहरु दलन विरुद्ध दन्केर बोल्छन् । उनीहरुको आधार जनता हो । तर पनि लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउने हो र सामाजिक, सांस्कृतिक पुनःजागरण ल्याउने हो भने राजनैतिक पार्टर्ीीले निष्ठा, र्समर्पण र त्यागका साथ विभेद विरुद्धको आन्दोलनमा लागेर विभेद हटाउन सक्नर्ुपर्छ । तर नेपालका राजनीतिक पार्टर्ीीमा यस्तो निष्ठा र र्समर्पणको अभाव छ । उनीहरु विभिन्न बाहनामा जनतासँग तर्छर्ीीर्छर्ीीहंडिरहेका छन् । यिनीहरुबाट समाजमा रुपान्तरण ल्याउन गाह्रो भएको छ । तर पनि जनताको आन्दोलनको चापले अब राजनैतिक पार्टर्ीी कार्यान्वयनमा आउन बाध्य भएका छन् । अब हामीहरुले बाध्य पार्नु पर्छ ।  
  एकथरीले परिवर्तन विस्तारै हुन्छ अत्तिनु पर्दैन भन्छन् । यो मुलुकका ठूला राजनैतिक पार्टर्ीी नेताहरुमा यस्तै सोंच छ । यो समाजमा रहेको कुरीतिलाई  अठ्याइ राख्ने यथास्थितिवादी दुराग्रह हो । त्यसरी नै एकथरिले कोही कसैको भान्सामा जान नहुने तर्क गरेर भए पनि यो समस्यालाई केही समय थाती राख्न चाहेका छन् । लोकतन्त्रमा विभिन्न बाहानामा विभेद गर्न पाइन्न भन्ने कुरा बुझेर पनि बुझ पचाएका छन् । यसो भन्नुको अर्थ घुमाईफिर्राई अझै पनि विभेद र उत्पीडन कायम राख्न पाउनु पर्छ भन्ने हो । वास्तवमा जागेको मान्छे अपमान र शोषणको लागि एक दिन पनि पर्खेर रहन र सहेर बस्न सक्दैन । लोकतन्त्रको सुन्दर आँगनमा एउटा सचेत व्यक्तिले यस्तो लाचार र फटाहा कुरा गर्न सुहाउँदैन । यसको लागि हरेकले आफूबाट नै बदल्नको लागि अठोठ गर्नुपर्छ । विभेद सभ्य समाजको लागि साझा दुस्मन हो । यसको प्रहार सबैले गर्नर्ुपर्छ । यो कुनै क्षेत्र विशेष र पार्टर्ीीवशेषको मात्र मुद्दा हैन ।  
 यो कुरालाई केही समय यता साहित्यको माध्यमबाट पनि उठाउन थालिएको छ । भर्खरै भैरहवाको सनशाइन कलेजमा लुम्बिनी वाङ्मय प्रतिष्ठानले एउटा भव्य साहित्यिक कार्यक्रमको आयोजना गरी १०६ औं देवकोटा जयन्तीको अवसरमा ँमानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भन्ने महानवाणीलाई मुख्य ँब्यानर बनाएर दलन विरुद्धको आन्दोलनमा लागेका डेड दर्जन स्रष्टाहरुलाई हार्दिक सम्मान गर्‍यो । सम्मानित हुने स्रष्टाहरुमा त्रिलोकनारायण सिंह विश्वकर्मा, डिकबहादुर विश्वकर्मा, रुपसिंह विश्वकर्मा, बेगलाल गहतराज, अक्षय कौशल, दीपा सुनार, गंगा अभिलाषी,  धनबहादुर गहतराज, प्रकाशकुमार पासी, कमला हरिजन, सुरेश सेञ्चुरी, दर्ुगा वि.क.,संगीता आभास, रमेश बिसी, विनोद परियार,सीता वि.क.,मनु खड्का, जमुना नेपाली, सञ्जय विश्वकर्मा आदि हुनुहुन्थ्यो ।  
  साहित्यिक कार्यक्रममा विभेद विरुद्धको आन्दोलनमा लागेका  स्रष्टाहरुलाई यसरी सम्मान गरेको नेपालकै इतिहासमा पहिलो घटना हो । यो कार्यक्रमले दलितहरुलाई मुक्तिको सपना देखाइ वर्तमानमा विभेद र असमानतालाई थाति राखेर व्रि्रोहको लागि अनुकूल वातावरण खोज्दै बन्दूक बोकाएर सहिद बनाई वीरगति प्राप्त गर्नुभयो भन्दै नक्कली आँसु चुहाएर पाँचलाख थमाउने हिंसावादी मनोविज्ञान भएका शास्त्रीय मार्क्सवादी धारालाई अब उप्रान्त हिंसाको राजनीति छोडेर सर्वोदय समाज बनाउन सामाजिक सुधारतर्फलाग्नर्ुपर्छ भन्ने प्रेरणा दिएको छ भने समाजलाई जवर्जस्त अन्धविश्वास र कुरीतिको उग्र तुवालोभित्र कैद गरेर विभेद र अपमान गर्ने पुरातनवादीहरुलाई पनि राम्रो सबक सिकाएको छ । अब समाजलाई सुधार गर्न जगैदेखि लाग्नर्ुपर्छ भन्ने कुरालाई स्पष्ट पारेको छ । 
  नेपालमा विभेदका दरारहरु धेरै छन् । ती विभेदका दरारहरुलाई सम्याउन पचासौं वर्षजनयुद्ध पर्खेर बस्न सम्भव छैन । त्यसैले हामीहरुले लोकतान्त्रिक पद्धतिभित्र रहेर उत्पीडितका आवाजहरुलाई मुखर गर्नुपर्छ । राज्य पुनःरचना गरेर सबैलाई मूल प्रवाहमा हिंडाउनु पर्छ । अब वामपन्थीहरु एकाधिकारको लामो पर्खाइमा हैन मदन भण्डारीले भनेझै जनवादी संसदभित्र प्रतिस्पर्धी बनेर पहलकदमी र प्रतिस्पर्धाको माध्यमबाट सरकारमा पुगेर लोककल्याणकारी बाटो हुँदै समाजवादमा पुग्ने नयाँ बाटो हिंड्न जरुरी छ । अब हामीले राजनैतिक क्रान्ति सफल भएको हुनाले आर्थिक क्रान्ति गर्दै उत्पीडितहरुलाई मूल प्रवाहीकरण गर्ने बाटोमा जानर्ुपर्छ । हाम्रो रणनीतिक लक्ष त्यही नै हो । सर्वोदय समाज बनाउने परिकल्पना पनि यही नै हो । यसको लागि समावेशीकरण र आरक्षणको बाटो हिंड्नर्ुपर्छ । आरक्षण, समावेशीकरण , समानुपातिक प्रतिनिधित्वलाई संवैधानिक मूल्य बनाउनु पर्छ । यो कुरालाई अब साहित्यको माध्यमबाट पनि आत्मसात गर्न थालिएकोमा साहित्यकारहरुलाई धेरै धेरै साधुवाद ।  
   वास्तवमा हाम्रो समाजमा बहुसंख्यक जातिले अल्प संख्यक जातिलाई विभेद गरेका छन् । उत्पीडनमा परेका दलित समुदाय, महिला, मधेसी, अल्प संख्यक मुस्लिम समुदायलाई पनि सम्मान गरेका छैनन् । उनीहरुलाई राज्यसत्तामा सहभागी गराइएको छैन । श्रमिकवर्गको नाममा राजनीति गर्ने समाजवादीहरुले श्रमिक वर्गलाई नै तँ भन्दै सम्बोधन गर्छन् । यो मानवीय सभ्यता हैन । यो असभ्य र बर्बर बोली हो । अवसरको खोजमा पार्टर्ीीmर्ेर्दै ओल्लो घर र पल्लोघर भन्दै चाहार्दै हिंड्ने अवसरवादीहरुमा यस्तो संस्कार अझ डरलाग्दो देखिन्छ । यसै कारणले नै नेपालमा नयाँ शक्ति जन्मन सकेको छैन ।  नयाँ शक्ति बन्न नयाँ विचार भएका मान्छे चाहिन्छन् । 
   अपमानजनक बोलीको कारण कारण उत्पीडितहरु समाजमा आत्म सम्मानपर्ूवक बाँच्न पाएका छैनन् । लोकतन्त्रलाई जनताको लोकतन्त्रमा परिणत गर्ने हो भने यसलाई अभिजात वर्गले तुरुन्त सुधार गर्नुपर्छ । मान्छेले माछेलाई तँ  भन्छ भने त्यस्तालाई वैधानिक किक दिनु जरुरी छ । तँ भन्न त कानुनमै बन्देज लगाउनु पर्छ  । समाजमा रहेका विभेदका दरारहरुलाई सम्माउँदै सबैलाई आत्म सम्मान दिने र शोषणरहित समाज बनाउने कुरामा दिलो ज्यानले लाग्नर्ुपर्छ । यसको लागि हाम्रो समाजमा गलत प्रचार गर्नेहरु पनि छन् । केही शास्त्रीय एवं परम्परागत समाजवादीहरुले उत्पादनका साधनहरुलाई राष्ट्रियकरण गरेपछि मात्र सबै कुरा हल हुन्छ भन्दै सुधारलाई दसकौं खोपीको देउता झै बनाउन चाहेका छन् । उनीहरुको मुख्य उद्धेश्य व्रि्रोह गरेर आफ्नै नेतृत्वको एकाधिकारवादी सरकार बनाउनु हो । यो सैतानी लालसा विगत ६० वर्षेखि राख्दै आएका हुन् । तर नेपालको धरातलीय यथार्थमा यसको कुनै अर्थ रहेको छैन । यो समय भनेको व्यापक सुधारको समय हो ।  यो समय वर्ग संर्घष्ाको समय हैन । श्रमिक र उद्योगपतिहरु  एउटै संसदमा पुगेर एकै थलोमा दुबैले आआफ्नो हक र अधिकार अनुकूलको कानुन बनाउदै समाजवादतिर लाग्ने समय हो । यो नै आजका साहित्यकारहरुको मुख्य कार्यभार हो । 

No comments:

Post a Comment