धर्म, दलित र धर्म परिवर्तन - नवीन अभिलाषी

Journalistnabin@gmail.com
डा. योगी विकाशानन्द भन्छन्, ‘जुन कुरा धारण गर्दा जीवन धन्य हुन्छ त्यो नै धर्म हो । मैले यो बीचमा हिन्दु, क्रिश्चियन, बौद्ध, जैन, र चिनिया धर्म ताओको बारेमा मोटामोटी अध्ययन गरिसकेपछि धर्मको पछि लागिरहनुपर्छ जस्तो लागेन । त्यसमा पनि केहि समय पहिले हिन्दी चलचित्र ‘पिके’ हेरिसके पछि एउटा सामान्य मानिसको धर्मप्रतिको धारणामा स्वतः परिवर्तन आउँछ । मेरो सानो दिमागले देखेको कुरा के हो भने मानव सभ्यताको विकासक्रम अनुसार मानव समुदायलाई असल मार्गमा हिडाउन, असल पथमा डोहो¥याउनका लागि धर्मको परिकल्पना गरिएको हो त्यतिबेला । मानिसलाई मृत्युपछिको स्वर्ग र नर्कको डर र त्रास देखाएपछि उस्ले असल काम गर्न उत्पे्ररीत हुन्छ र आफूसँंगै अरुलाई पनि असल बाटोमा डोहो¥याउँछ । अहिलेको समयमा धर्मको कति अवस्यकता छ, त्यतातिर पनि बहस हुन आवस्यक छ । हुन त धर्मसँंग हाम्रो अनुहार र पहिचान जोडिएको चै सत्य नै हो । तर, हामी मानव समुदायमा एउटा बैज्ञानिक हैसियत लिएर आएकाहरुलाई धर्ममा बाँधिइरहनु पर्छ जस्तो जाग्दैन । किनकी सहि र गलत छुट्टयाउने हामीसँंग नियोकर्टेक्स मस्तिस्क छ ।

हुन त कार्लमाक्र्सले धर्मलाई अफिमका रुपमा व्याख्या गरे । त्यो धेरै हदसम्म ठीक छ । हामी यति धेरै सकिर्ण हुनुको पछाडि धर्म पनि एक हो । हामी यति  सानो सोचको हुनुको अर्थ धर्मको गलत बुझाई नै हो । जुन हामीले धर्मलाई व्याख्या गरेका छांै, त्यो धर्म नै होइन । हिन्दुको नाममा भैरहेका शोषण, दमन र अत्याचार । क्रिश्चियनको नाममा भइरहेको धर्म परिवर्तन, प्रचारबाजी र गलत प्रचार । बौद्ध धर्मको नाममा बुद्धलाई भजाउने काम र जैन धर्मको नाममा संसारलाई नांगोपनतर्फ धकेल्ने काम यो सब धर्म नै होइन । यहाँ धर्मलाई आफू अनुकूल व्याख्या गरिएको छ र शासन जमाइएको छ । जसका कारण आफ्नो धर्म बाहेक अरु सबै गलत हुन् भन्ने जुन धर्मवालम्वीहरुमा खोक्रो आडम्बर छ । त्यसले मानव सभ्यताका लागि सुन्दर धर्मको अर्थलाई अपब्याख्या गरेको छ । जो गलत भइरहेको छ ।
हिन्दु धर्मको गलत ब्याख्याका कारण नै हाम्रो समुदायको एउटा महत्वपूर्ण पाटो दलित समुदाय लामो काल खण्डदेखि दाष बन्न बाध्य भयो । कुकुरको जुनि बाँच्न बाध्य भयो । संसारको सबैभन्दा पुरानो धर्ममा भएको यो गम्भीर त्रुटिका कारण दलितहरु अहिले धर्म परिबर्तनको अभियानमा छन । दलितलाई समाजको कलंकको रुपमा बैधानिकता दिने काम जयस्थिती मल्लले गरे पनि यो समस्या बुद्धकालिन समय भन्दा पहिलेदेखि थियो । यो सानो कुरा होइन । यद्यपी संसारमा तीन सय भन्दा बढी धर्महरु प्रचलनमा छन् । तर, बौद्ध धर्म सबै भन्दा बैधानिक धर्मका रुपमा रहेको विज्ञ बताउँछन् । तर, दलितहरु हिन्दु र बौद्ध धर्म छोडेर किन जान्छन्, क्रिश्चियन बन्न ? यो सबैले एकपटक सोच्नैपर्ने हुन्छ ।
अहिले गाउँगाउँमा चर्चहरु निर्माण भएका छन् । प्रत्येक शुक्रबार र शनिबार चर्चमा भिड हुन्छ । थारुले अहिले आफ्नो पुख्यौली धर्मलाई खोलामा फालेर चर्चमा छिरेको छ । दलितले धुरी खाँबोको पितृध्वजा फालेर चर्च पसेको छ । चर्च पस्नेहरु धेरै जस्तो उत्पीडित, दलित, दमित र सर्बहारा रहेका छन् । क्रिश्चियन धर्म अनुसार प्रार्थनामार्फत् संविधान बन्छ बन्दैन, रोग निको हुन्छ हँुदैन, धन आर्जन हुन्छ हुँदैन त्यो आफ्नो ठाउँमा होला । यसका बैदिक र बैज्ञानिक मान्यताहरु पनि होलान् र छन् पनि । तर, उनीहरु किन धर्म परिवर्तन गर्छन् भन्ने सवाल अहिले महत्वपूर्ण हो । देशमा पहिचानको सवाल उठिरहेको बेला बाईबल बोकेर युवाहरु चर्चमा किन पसेको छन । उनीहरुले मान्दै आएको धर्ममा उनीहरु किन अटाउन सकेनन् । धर्म परिवर्तन गर्नेहरुमध्ये धेरैजसो हिन्दुहरु रहेका छन् । त्यसमा पनि हिन्दु दलित र हिन्दु आदिबासी जनजाति धेरै छन् ।
कामीले भाँडाहरुको निर्माण गर्छ । दमाईले कपडाहरु सिलाउँछ । सार्कीले जुत्ताहरु निर्माण गर्छ । प्रायः आदिबासी जनजातिहरुले घर निर्माण तथा भौतिक निर्माणका विषयहरुमा अगाडि देखिन्छन् । तर, शिक्षा ब्राह्मणहरुको पहुँचमा छ । जस्ले समाजको निर्माण गरिरहेको छ उस्लाई शिक्षा छैन । जस्ले धर्मको पाठ गरेर अरुलाई कजाएर खाएको छ त्यस्ताको हातमा शिक्षा छ यो पद्यतिले गर्दा नै नेपाली समाजको विकास हुन सकेन । जस्लाई शिक्षाको आवस्यकता हो उसले शिक्षा प्राप्त गर्नबाट बञ्चित
गराईयो । जस्ले शिक्षा प्राप्त ग¥यो उसमा दाष मनोबृत्तिको विकास भयो । यसरी नेपालको सामाजिक विकास प्रक्रिया कमजोर भयो । हुन त विभिन्न कालखण्डमा बिद्रोह भएको छ । तर, अपेक्षित रुपमा उद्देश्य हासिल हुन सकेन । त्यसको असर नै शिक्षा पहिलो कुरा हो ।
अहिले राजनीतिक मुद्धाकै रुपमा हिन्दु धर्मलाई उठाइएको छ । जुन धर्मलाई सच्याउनतर्फ होइन, जुन धर्मभित्र रहेका त्रुटिहरुलाई संसोधन गर्नतर्फ नभएर त्यो धर्मलाई लिएर राष्ट्र घोषणा गर्नतर्फ पहल थालिएको छ । हिन्दु राष्ट्र भएकै कारणले दलितहरु दमित भएर बाँच्न बाध्य भए भने अब कसरी त्यो मुद्धा सार्थक हुन सक्छ ? त्यो कदापी पनि हुन सक्दैन । जुन काम गर्नेहरुको नियत नै सर्वथा गलत छ । घोराहीमा केहि समय पहिले हिन्दु जागरण नेपालले अभियान स्वरुप आयोजना गरेको महायज्ञमा दलितको कति सहभागिता रह्यो ? हुन त कथा वाचनका लागि आएका विद्वान व्यक्ति भनिएका पण्डितले हिन्दु धर्मका बारेमा चर्चा गर्नु भन्दा पनि क्रिश्चियन धर्मको खोइरो खन्न मै समय खर्च गरे । यसबाट क्रिश्चियन धर्मलाई झन् बलियो बनायो भन्ने चै मलाई लागेको छ । महायज्ञ आयोजना गर्नका लागि एउटा सञ्चालक समिति गठन
गरिएको थियो । त्यो समितिका दलित कति थिए ? महायज्ञमा कति दलितले दान गरे ? त्यतातर्फ आयोजक भन्नेको ध्यान गयो कि गएन ? हिन्दु धर्म संसारकै सबैभन्दा बलियो धर्मका रुपमा हामीले बुझेका छांै । अहिले हिन्दु धर्म कमजोर भएर यसको प्रचार गर्न थालएको हो ? यसलाई कमजोर किन आँकलन गरीयो ? किनकी यसमा ठूला सम्भ्रान्त, र ठूला जात कहलिएकोहरुको पेउटे धर्म हो । त्यसकारण आफ्नो पहिचान फेर्न बाध्य हुनुप¥यो दलितले । जुन धर्ममा नेपालका ६० लाख दलित आफूलाई अटाउने अवस्था देखेका छैनन् भने किन बस्छन् यो धर्ममा ? तर, मलाई लाग्दैन कि दलितहरुले यो सहि गरे । उनीहरु भागे । दलितहरु क्रिश्चियनमा जानुको नाममा उनीहरु भगौडा नै हुन् । हिन्दु धर्म कसैको पेउटे हैन यसलाई पूर्णरुपमा बदल्न आवस्यक छ । र  राम्रो कुराहरुको सिको गर्नु अपरिहार्य छ । जुन कुराहरु सिकेर बाहुन बाहुन जस्तो भएको छ ।
अहिले हिन्दु धर्मका केहि ग्रन्थहरुमा शुद्रलाई विभेद गर्ने बारेमा केहि सच्चाइए पनि हिन्दु धर्मको मुल मर्मले दलितलाई उपेक्षा गरेकै छ । केहि हिन्दु धर्मका विद्वान भनिनेहरुले यसबारेमा दलितको आँखामा छारो हाल्न थालेको छन् । हिन्दु धर्मका बेद उपनिषदमा जातीय विभेदका कुनै पनि कुराहरु उल्लेख छैनन् । त्यो होइन छन् । मनुस्मृति, गीता, पुराण, त्यसमा पनि गरुढ पुराणलगायतका ग्रन्थहरुमा दलित र महिलालाई मान्छेको कोटीका रुपमा हेरिएको छैन । त्यसलाई सच्याउनु पर्छ । अर्थात् ती कुरा अबका संस्करणहरुमा उल्लेख गर्नु हँुदैन । त्यतातर्फ ध्यान नदिएर क्रिश्चियनलाई गाली गरेर हुनेवाला केही पनि छैन । अहिले प्रत्येक घरमा गीता छैन । तर, बाईबल छ । एउटा गीता किन्न अहिले पनि दाङका पसलहरु चहार्नु पर्छ । मोटो मुल्य तिर्नु पर्छ ।
तर, हेर्नुस बाईबलका नयाँ र पुराना दुवै करार अहिले सवत्र्र पाइन्छ जसका लागि एक रुपैयाँ खर्च गर्नुपर्दैन । त्यसकारण दलितहरुलाई हिन्दु धर्म भित्र अटाउने वातावरण बनाउनतर्फ नलागेर केहि हिन्दु धर्मका अगुवाहरुले धर्म परिवर्तनको बिरोध गर्दै आइरहेका छन् । धर्म परिवर्तन सामान्य प्रक्रिया हो । त्यो पनि धर्म निरपेक्ष घोषित देशमा । तर, हाम्रो पहिचान जोगाउने कुरा कसरी गर्ने ? हिन्दु क्रिश्चियन धर्ममा जाँदा उस्लाई जसरी सम्मानित ठाउँ दिइन्छ एउटा बौद्ध, एउटा क्रिश्चियन हिन्दु धर्ममा आउन चाह्यो भने त्यसलाई सम्मान गर्ने वातावरण, चासो हुने स्थान कहाँ हो ?
सदियौंदेखि मन्दिरमा पूजा गर्न नपाएका दलितहरुले अहिले क्रुस अगाडि प्रार्थना गर्न बाध्य भएका छन् । दलितलाई  दलित समुदाय भित्रै सम्मानपूर्वक बाँच्ने वातावरण दिइयो भने उस्ले धर्म परिवर्तन गरिरहनुपर्छ जस्तो लाग्दैन । क्रिश्चियनको साम्राज्यवाद निक्कै नै डर लाग्दो र भयावह छ । यसबाट दलितहरु जोगिएर आफ्नो पहिचान बनाउनुपर्ने पनि छ । हिन्दु धर्म भित्रै लडेर आफ्नै हैसियत कायम गर्नु पनि छ । हिन्दु धर्मलाई जसरी सदियौंदेखि वर्गीय विषयको रुपमा व्याख्या गरिएको छ । त्यो दलितलाई कदापी मान्य छैन र हुँदैन । त्यसकारण प्रत्येक दलित भाग्ने भन्दा पनि धर्मभित्र आफ्नो भुमिका खोज्ने हो र हिन्दु धर्मको संसोधन अहिलेको धार्मिक अवस्यकता हो न कि क्रिश्चियनलाई गाली गर्नु ।

साभार :- गणतन्त्र डेली

No comments:

Post a Comment