उपचार गर्न नसकेपछि घरमा छट्पटाइरहेका छन् सर्वजित सार्की

२७ चैत, उर्लाबारी उर्लाबारी–४ का ४१ वर्षीय सर्वजित सार्की आर्थिक अभावको कारण  उपचार गर्न नसकेपछि घरमा उनी छट्पटाइरहेका छन् ।  उनी उर्लाबारीमा मोटसाइकलको ठक्करबाट घाइते भए । ठक्कर दिने मोटरसाइकल डेढ महिनासम्म पनि पत्ता लाग्न नसक्दा उनको उपचारमा समस्या भएर थला परेका छन् ।
उनको मोटसाइकलको ठक्करबाट दुईवटै खुट्टा भाँचिएको छ । सार्कीको एउटा खुट्टा दुई ठाउँमा र अर्को तीन ठाउँ भाँचिएको छ । स्थानीय सामुदायिक हस्पिटलमा डे«सिङ गर्दै उनले आप्mनो पीडा भुल्ने असफल प्रयास गरिरहेका छन् ।
थलिएका सार्कीको ऋण काटेर प्लास्टर गरिएपनि थप उपचार गर्न समस्या भएको श्रीमती कविता सार्कीले सुनाइन् । ‘हामी यसो ज्याला–मजदुरी गरेर मुश्किलले छाक टार्ने मान्छे । झन् उहाँ यस्तो भएपछि त छाक टार्नै समस्या छ । अब कसरी उपचारका लागि पैसा भेला पार्नु ? कसैले सहयोग गरिदिए ज्यान बचाउन सजिलो हुने थियो’, कविता बिलौना गर्छिन् । उनको थप उपचारका लागि करीब ५० हजार रुपैयाँ लाग्ने भएको छ । स्थानीय सुमन कार्की, अजय लिम्बूलगायत युवाले सार्कीको उपचारमा सहयोग गरिरहेका छन् ।

No comments:

Post a Comment