अझै फेरिएन जीवनशैली- रुद्रप्रसाद शर्मा

मानिसलाई प्रकृतिले सृष्टि गर्दा सबैलाई समानरूपले गरेको छ । चाहे जुनसुकै जातजाति, जुनसुकै धर्म सम्प्रदायको मानिस भए पनि संसारको जुनसुकै ठाउ‘मा रहे पनि प्रकृतिले भने त्यति साह्रै भिन्नता गरेको पाइ‘दैन । रङमा कालागोरा होलान् वा शारीरिक बनावटमा अग्ला, होचा, मोटा, पात्ला होलान् तर शारीरिक बनावटमा भने सबै एउटै मेसिनबाट उत्पादन गरेका सामान जस्तै छन् । सबैको रगत रातो छ । सबैका नाक, कान, घॉटी उस्तै छन् । सबैको यौनाङ्ग र प्रजनन प्रणाली एकै किसिमका छन् । हात, खुट्टा, पेट, पिठ्यू‘, मुटु, मस्तिष्क आदि सबै अङ्गहरु एकै प्रकारका छन् । मानिस वा कुनै पनि प्राणी सृष्टि हु‘दाको समयदेखिनै दुई फरक–फरक लिङ्ग (स्त्री र पुरुष–नर र मादा) भएको भए पनि कतै–कतै भने न स्त्री न पुरुषको जस्तो (तेस्रो लिङ्गी) मानिस पनि जन्मिएको पाइन्छ । त्यस्ता तेस्रो लिङ्गी मानिस भए पनि उनीहरूमा प्रजनन प्रणालीको मात्रै फरक हुन्छ र अन्य शारीरिक बनावट चाहि‘ सबै अरु मानिस जस्तै हुन्छ ।

मानिस सबै एउटै हु‘दाहु‘दै पनि प्राचीनकालमा तत्कालीन समय परिस्थितिअनुसार मानिसलाई कामकाजको बॉडफॉड गर्ने र कामकाजको आधारमा जाति, वर्ग, पद आदिको सिर्जना गरी विभाजन गरिएको बुझिन्छ । जस्तै कसैलाई फलाम पिट्ने काम दिइयो, कसैलाई कपडा सिलाउने, कसैलाई सुनचॉदीका गरगहना बनाउने, कसैलाई मूर्तिकला बनाउने, कसैलाई काष्ठकला बनाउने, कसैलई खेतीकिसानी गर्ने, हलो जोत्ने, भारी बोक्ने जिम्मा दिइयो । केही जातिलाई पूजापाठ गर्ने, लेखापढी गर्ने, शास्त्र पुराणहरु लेख्ने पढ्ने जिम्मा दिइयो भने केही मानिसलाई नाचगान गर्ने र ठूलाबडाहरुलाई मनोरञ्जन दिने साधनको रूपमा लगाइयो । त्यस्तै केही जातिहरु लड्ने भिड्ने, देशको रक्षा गर्ने प्रहरी, सेना आदिमा भर्ती हुनको लागि व्यवस्था मिलाइयो । तर कतिलाई काम नपुगेर जंगलमै बस्ने र जंगली जडीबुटी खन्ने र कन्दमूलहरु खॉदै जीवन चलाउ‘दै गरेको पुराना–पुराना इतिहासबाट थाहा पाउन सकिन्छ ।

कामकाजकै आधारमा कोही दलित–जनजाति, कोही गुरु–पुरोहित, कोही गायक–नृत्यकार, कोही माझी–बोटे यस्तै धेरै थरिका फरक–फरक क्रियाकलापहरु हुन थाले र उनीहरुको रहन–सहन खान–पान, उठन–बस, चाड–पर्व, विवाहवारी, धर्मसंस्कृति, भेषभूषा आदिकै आधारमा मानिसहरुले नै मानिसहरुलाई भेदभाव गर्ने स्थिति सिर्जना हुन पुग्यो । पण्डित, पुरोहितहरु ब्राम्हण, क्षेत्री, ठकुरी, आदि जातिहरुले सफासुग्घर भएर बस्ने दैनिक नुहाउने, पूजापाठ गर्ने, बासीतासी र सडेगलेका खानेकुरा नखाने, खाना पकाउन भान्साघर सफा राख्ने र कसैलाई छुन नदिने, खान खाने समयमा सफा कपडा बदलेर मात्रै सफा कपडास‘ग भान्सामा जाने, जॉड रक्सी आदि लागूपदार्थको सेवन नगर्ने, राङा, भैंसी, सुङ्गुर, बङ्गुर, कुखुरा आदिको मासु नखाने, हलो जोत्ने, कपडा, सिलाउने, फलामका भॉडाकुडा बनाउने आदि काम नगर्ने गरेकाले नै उनीहरु केही सभ्य मानिए, शिक्षा हासिल गरेकाले उनीहरु धेरै कुरा बुझ्ने, देश विदेश घुम्ने र टाठा बाठा भएकाले सरकारी सेवामा पनि उनीहरुकै बर्चस्व हुने भयो ।

दलित, जनजातिहरु असभ्य भएको भन्दै उनीहरुस‘ग ब्राम्हण, क्षेत्री, ठकुरीजस्ता जातिहरुले सम्पर्क नै नगर्ने, छोइएपछि तुरुन्तै नुहाउने र उनीहरुले छोएको खानेकुराहरु नखाने आदि प्रचलन प्राचीनकालदेखि चलिआए पनि समयको परिवर्तनअनुुसार संसारभरि नै सबै मानिसलाई समान व्यवहार गर्नुपर्छ र सबै जातजाति भाषाभाषीका मानिसहरुलाई सभ्य र शिक्षित बनाउनुपर्छ । जातपात, रङभेदको आधारमा विभेद गर्नुहु‘दैन भन्ने भावना जागेपछि दलित र जनजाति, सबैलाई समान व्यवहार गर्ने र उनीहरुले आपूmहरुले प्राचीनकालदेखि गरिआएको कामकाजको आधारमा भिन्नता नहुने सबै जातजातिले सबै कामकाज गर्नसक्ने, गर्न पाउने, दलित जनजाति र पिछडिएका वर्गलाई शिक्षाको अवसर दिएर उनीहरुलाई पनि सभ्य बनाउने र जातपात र खानपानको आधारमा भेदभाव गर्न नपाइने कानूनसमेत संसारका धेरैजसो देशहरुले बनाए र लागु गर्ने प्रयास गरे तर त्यो कानून कानूनमा मात्रै सीमित रह्यो न व्यवहारमा कानून लागु भयो न त उनीहरुको जीवनशैली नै फेरियो । यो त खाली देश विदेशमा अरुलाई देखाउने बहाना मात्रै बन्यो । त्यति मात्र कहॉ हो र ? दलित र जनजातिहरुलाई अगाडि ल्याउन र उनीहरुलाई शिक्षित बनाएर अन्य माथिल्ला भनिने जनजातिहरु ब्राह्मण, क्षेत्री, ठकुरीजस्ता जातिहरु सरह अवसर प्रदान गर्नका लागि उनीहरुलाई प्रशस्तै अवसरहरुको व्यवस्था कानूनझै गरियो । पढाइमा छात्रबृत्ति दिने, निःशुल्क पढाइने, पाठ्य सामग्रीहरु निःशुल्क वितरण गर्ने, कोटा निर्धारण गरेर उच्च शिक्षा हासिल गर्नको लागि समेत अवसर प्रदान गर्ने व्यवस्था कानूनमा मिलाइएको छ । ८० प्रतिशत अंक ल्याएका ब्राह्मण, क्षेत्रीको छोराछोरीले अवसर नपाउने तर ६० प्रतिशत अंक ल्याउने दलित, जनजातिका छोराछोरीले उच्च शिक्षामा अवसर पाउनेगरी व्यवस्था मिलाइएको छ । त्यस्तै सरकारी सेवामा प्रवेश गराउने बारेमा पनि उनीहरुलाई अवसर दिने व्यवस्था मिलाइएको छ । उनीहरुलाई निश्चित कोटा निर्धारण गरिएको छ । यसमा पनि ८० प्रतिशत अंक ल्याउने ब्राह्मण क्षेत्रीहरुभन्दा ६० प्रतिशत अंक ल्याउने दलितले अवसर पाउने गरेका छन् । तर सुध्रिएन दलितको पारिवारिक स्थिति । सुध्रिएन उनीहरुको सभ्यता । सुध्रिएन उनीहरुको भेषभूसा । खानपान, रहनसहन र रीतिरिवाज आदि । अहिलेसम्म पनि १० प्रतिशत दलितहरु मात्रै सभ्य र शिक्षित भएका छन् र सरकारी सेवामा प्रवेश पाएका छन् । बॉकी ९० प्रतिशत दलितहरुको हालत उस्तै छ ।
पुरानो परम्परागत पेशा व्यवसायमा निरन्तरता दिने । हाम्रो जातले पाएको हो भनेर जॉड रक्सी र अरु जातिले नखाने गरेका सुंगुर जस्ता विभिन्न रोगको ओसारपसार र उत्पादन गर्ने पशुहरुको मासु मापदण्ड पूरा नगरी खाने, काम गरी कमाएको आम्दानी भरी जॉडरक्सीमा सिध्याउने, छोराछोरीलाई पढाउनुभन्दा हाम्रो जातले पढेर के गर्ने थियो र ? हामी दलित, कामी, दमाई, सार्कीका छोराछोरीलाई कसले जागिर दिने थियो र भनेर कमजोर मनस्थिति राख्ने गरेको पाइन्छ । राम्रो घर बनाएर बस्ने, आम्दानीअनुसारको खर्च गर्नुपर्छ भन्ने बारेमा ज्ञान नहुनु र जान्न पनि नखोज्नुले गर्दा नै उनीहरु पछि परेका छन् । अझै पनि उनीहरुलाई शिक्षा पुगेको छैन । ज्ञान पुगेको छैन । अझै पनि उनीहरु अन्य जातिहरुबाट शोषित, पीडित छन् । शहर बजारमा लगभग ५० प्रतिशत दलितहरुमा सुधार आए पनि दुर्गम पहाडी जिल्लाका, कुनाकन्दरा, पाखाडॉडामा बस्ने दलितहरुको जीवनशैली फेरिएको छैन । उनीहरुको जीवनशैली फेर्नका लागि उनीहरु आफैबाट पनि पहल गर्नुपर्ने जरुरी छ । उनीहरुकै जातिका शिक्षित र सभ्य नागरिकहरुले अन्य असभ्य र अशिक्षित, नागरिकहरुलाई शिक्षा, चेतना, तालिम, गोष्ठी, अन्तक्र्रिया, छलफल गरेर उनीहरुलाई सभ्य र समृद्ध बनाउनतर्फ प्रयास गर्ने अत्यन्तै जरुरी छ । 
समय र जमाना बललिएको छ, पुरानो रीतिथिति, फेरिएको छ । सरकारले ठूलो धनराशि खर्च गरेको छ । दलित माथि अन्याय र अपराध गर्नेलाई कडाभन्दा कडा कारवाही गर्ने नीति नियम पनि बनाइसकेको छ । यस्तो अवस्थामा पनि हामी तल्लो जाति हौं, हामीले पढेर के गरौंला र ? हामीलाई कसले जागिर देला र ? हामी कामी दमाईको छोराछोरीको बुद्धि हु‘दैन भनेर आफैलाई आफैले हतोत्साहित गर्नु एकदमै कमजोरी ठहर्छ । त्यसैले अब कुराकन्दराबाट दलितहरु उठ्नुप¥यो । सभ्य र शिक्षित बन्नुप¥यो । अन्य जातिहरुभन्दा दलितहरुस‘ग पनि ज्ञान, बुद्धिको भण्डारको कमी छैन खाली अवसरको र सोचको मात्रै कमी छ । शारीरिक बनावट एउटै हो । प्रजनन प्रणाली एउटै हो । खानेखाना, पिउने पानी, एउटै हो । बस्ने धरती एउटै हो भने के फरक छ र अरु जाति भन्दा ? जाति सबैको एउटै हो मानिस जाति, मानिसमा दुई जाति छन् ती हुन् स्त्री र पुरुष । काम त जसले जे काम गर्दा पनि हुन्छ । उसको खुबी क्षमता, बुद्धि, विवेकको भरमा । उठौं अब दलित र जनजाति पनि । सभ्य र शिक्षित बनौं र अन्य जातजातिलाई चुनौती दिदै लक्ष भेटाउ‘ । प्रयास गरेमा नहुने केही पनि छैन । अवसरहरु धेरै छन्, अवसर लिन सक्नुप¥यो ।
साभार : युगबोध दैनिक 

No comments:

Post a Comment