मुक्त हलिया महिलाको पहिलो राष्ट्रिय भेला सम्पन्न

२०७२ बैसाख १०
विभेद बिरुद्ध अभियान , कञ्चनपुर, ।
मुक्त हलिया महिलाको पहिलो राष्ट्रिय भेला १३ सदस्यीय कार्यसमिति चयन गर्दै बुधबार सकिएको छ। भेलाले सुर्खेतकी शान्ति चौधरीको अध्यक्षतामा राष्ट्रिय हलिया मुक्त समाजअन्तर्गतको महिला विभाग गठन गरेको छ।
विभागको उपाध्यक्षमा माला सार्की, सचिवमा सञ्जु नेपाली र कोषाध्यक्षमा दुर्गा टमटा चयन भएका छन्। मंगलबारदेखि सुरु भेलाले मुक्त हलिया महिलाको हक अधिकार सुनिश्चितता र पुनस्र्थापनासम्बन्धी विभिन्न मागसहितको १२ बुँदे कञ्चनपुर घोषणापत्र जारी पनि गरेको छ।
घोषणापत्रमा मुक्त हलिया महिलाको अधिकार सुनिश्चितताका लागि साझा पहल गर्ने, महिला सशक्तीकरणमा जोड दिने, सरकार र मुक्त हलिया महासंघबीच विगतमा ५ बुँदे सहमति कार्यान्वयनका लागि दबाब दिनेलगायतका बुँदा समावेश गरिएका छन्। यसैगरी सार्वजनिक सेवा तथा सम्पत्तिमा हलियाहरूको पहुँच  अभिवृद्धि गराउन पहल गर्ने, मुक्त हलिया तथा महिलाहरूको समवेशी सहभागिता सुनिश्चित गराउन सक्दो प्रयास गर्नेलगायतका बुँदा घोषणापत्रमा उल्लेख छन्। १२ जिल्लाका महिला प्रतिनिधिको सहभागितामा भेला सम्पन्न भएको हो।

साभार : कान्तिपुर दैनिक 

No comments:

Post a Comment