विपन्न र असाहाय सुन्तली बिश्वकर्माले चन्दा दिदा विद्यालय चकित

उनै चन्दादाता सुन्तली बिश्वकर्मालाई विशिष्ट सदस्यको प्रमाण पत्र सहित दोसाल्ला ओढाएर सम्मान गर्दै अध्यक्ष हुमबहादुर बस्नेत र प्रधानध्यापक विष्णुराज गिरी
प्रेम सुनार, गुल्मी -माघ १९, २० र २१ गते तिन दिन सम्म स्वर्ण महो त्सव मनाएको घोर्ले माध्यामिक विद्यालय दुविचौरको गुल्मी, आज एक्कासी गाउँकी अति विपन्न र असाहय बृद्धा आएर चन्दा दिए पछि त्यस विद्यालय परिवार चकित परेका छ । दुविचौर १ उर्लेनी पियानीडाँडाकी विपन्न र असहाय ८७ वर्षिया बृद्ध सुन्तली बिश्वकर्माले आज विद्यालयमै आएर ५२ सय रुपैयाँ चन्दा दिए पछि विद्यालय परिवार चकित परेको हो । बृद्धा सुन्तलीको भत्कीएको सानो झुपडी छ , विहान खाए बेलुका के खाउँ छ । जसको श्रीमानको मृत्यु भएको एक दशक भयो । ‘ उहाँका छोरा छोरी पनि छैनन् ’–त्यस विद्यालयका प्रधानध्यापक विष्णुराज गिरीले भन्नु भयो–‘यस्ती विपन्न र असाहाय बृद्धाले विद्यालय मै आएर ५२ सय रुपैयाँ पटुकीबाट निकालेर चन्दा दिदा एकाउन्न करोड दिए जस्तो लागेको छ । 
प्रधानध्यापक गिरीले त्यस्ती दयाकी पात्रले चन्दा दिदा आफ्नो आखाबाट आँसु रसाएको बताउनु भयो । त्यस्तै विद्यालय समितिका अध्यक्ष हुमबहादुर बस्नेतले विद्यालयलाई चन्दा पैसावालाले मात्रै दिन्छन भन्ने मानसिकता उहाँले् तोड्नु भएको बताउनु भयो । एक महिना सम्म प्रत्येकका घरमा चन्दा माग्न जाँदा पैसावालाहरु को नमिठो बचन पनि सहनु प¥यो वस्नेतले भन्नु भयो यस्ती विपन्न बद्धाले विद्यालय मै आएर चन्दा दिदा त्यस्ता पुँजीपतिहरुलाई चुनौ ती थपिएको महशुस गरेका छौं बृद्धा सुन्तलीले आफुले कतै टाढा तिर्थ गर्न नगएको र कुनै ठुलो यज्ञ–जग्गे लगाउन नसकेकोले पुण्य कमाउन स्कुललाई सहयोग गर ेको बताउनु भयो । उहाँले दान भन्ने कुरा धन भएकाले होईन मन भएकाले दिन्छन् भन्ने खवर जाओस भन्ने कामना गर्नु भयो । 
घोर्ले माध्यामिक विद्यालयले उहाँलाई आज एक कार्यक्रमको आयोजना गरी सम्मान समेत गरेको छ । सम्मान कार्यक्रममा पत्रकार प्रेम सुनारको आतिथ्यता रहेको थियो भने विद्यालय ब्यबस्थापन समित अध्यक्ष हुमबहादुर वस्नेतको अध्यक्षता, शिक्षक खुमबहादुर खत्रीको स्वागत मन्तब्य र प्रधानध्यापक विष्णुराज गिरीको सञ्चालन रहेको थियो ।
SOURCE:- गुल्मी समाचार

No comments:

Post a Comment