शुभकामना आदान प्रदानसंगै बराह क्षेत्र संरक्षण समिति रोल्पा कतारको बनभोज सम्पन्न

क्षितिज किरण नेपाली
दोहा ।कतार , १० अप्रिल २०१५
बराह क्षेत्रको संरक्षण र सम्बृद्दृ गरौ बिकासको गतीमा अघि बढाऔ भन्ने मुल नारा उदेश्यका साथ बराह क्षेत्र संरक्षण समिति बगचौर रोल्पा दोहा कतार द्रारा आयोजित नेपालीहरुको नयाँ बर्ष २०७२ को शुभकामना तथा दोस्रो बनभोजकार्य क्रम यहि मिति १०अप्रिल २०१५ दिन कतारको अलसहानिया स्थित अलदोसरी गाड्रेनमा सफलताका साथ सम्पन्न भएको छ ।कतार स्थित विभिन्न  संघसस्थाहरुको प्रतिनिधिहरु लगाएत अन्य बुद्दिजिबीका, ब्यबसायी समाजसेवी साथै पत्रकारहरुको पनि उपस्थिति रहेको थियो  रहेको उक्त कार्यक्रमको शुरुवातमा अतिथीहरुलाई स्वागत सत्कार तथा नेपालको नया बर्ष २०७२ सालको शुभकामना ब्यक्त गरी कार्यक्रमलाई अगाडी बढाईएको थियो ।
कार्यक्रममा सुरीलो स्वरका धनि  लोकदोहोरी गायक बालबिक्रमा थापा ,दलित एकता सन्जाल कतारका अथिति प्रतिनिधि तथा कलाकार क्षितिज किरण नेपाली ,साहित्य प्रेमी रबिन्द्र सुनार ,नित्य नित्यङ्गाना ईसा घतानी तथा अन्य कलाकारको प्रस्तुति सहित शुभकामना आदान प्रदानको साथमा  विविध सास्कृतिक तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा समितिका अग्रज तथा बुद्दिजिबी रुपलाल बिष्टले हामीहरुले त जति दुख भोग्यौ भोग्यौ अब हाम्रा हाम्रा आउने पिडीले दुख भोग्नु हुदैन आफ्नै देशमा पौरख गरेर देखाउनु पर्छ भन्ने आफ्नो अभिव्यक्ति  सहित  शुभकामना मन्यतब्य राख्नु भएको थियो ।

कार्यक्रममा आफ्नो शुभकामना मन्तब्य राख्ने क्रममा बराह क्षेत्र संरक्षण समिती बगाचौर रोल्पा दोहा कतारको पुर्व सल्लाहकार तथा बर्तमान अध्यक्ष सुर्य बहादुर बिकले रोल्पा जलजला सेवा समाज र बराह क्षेत्र संरक्षण समिती बगाचौर रोल्पा एउटै रहेको र एक अर्काको परिपुरका रहेको जानकारी गराउनु भएको थियो ,साथै उहाले “रोल्पाली बन्दुक उठाउन मात्रै नभएर समाज सेवा गर्न पनि जानेका रहेछन्” भन्ने सम्पुर्ण नेपाली समाजलाई काम गरेर देखाउन चाहेको पनि बताउनु भएको थियो ।

त्यसै गरि बराह क्षेत्र संरक्षण समिती बगाचौर रोल्पाका मा आबद्द सकृय अभियनताहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ,साथै कतार अल दोसरी गाड्रेनका संचालक  प्रमुखले समपुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई नेपालीहरुको नयाँ बर्ष २०७२ सालको शुभकामना दिनुभएको थियो । कार्यक्रमको अन्तिम मा अध्यक्ष बिक तथा कार्यक्रमा ब्यवस्थापक सदस्य बिमल थापा ले  कार्यक्रम सफल बनाउन सहयोग  गर्नु भएको भन्दै आभार सहित  अल दोसरी पार्क का प्रमुख मोहम्मद अल दोसरी तथा गाड्रेन ब्यवस्थापन समितीका अतिथिहरुलाई  खादा ओढाइ सम्मान पत्र प्रदान गर्नु भएको थियो ।बिभिन्न सागितिक प्रस्तुति गरी सम्पन्न ऊक्त कार्यक्रम अध्यक्ष बिकले पुन सम्पुर्ण नेपाली लाई नयाँ बर्ष २०७२ सालको शुभकामना मन्तब्य दिदै कार्यक्रमा समापन गरीएको थियो  । 

No comments:

Post a Comment