जातीय बिभेद र दलितका कुरा - निर्मला विक

विभेद बिरुद्ध अभियान 
नेपालमा प्रचलित जातीय छुवाछुतलाई कानूनले निषेध गरे पनि व्यवहारमा लागु हुन सकेको छैन । ब्राह्मणवादी नेपाली समाजमा विभिन्न जात जातिहरुका नाममा संस्था खोलिए पनि उनीहरुमा पनि जातीय अन्तर्विरोध नदेखिएको होइन ।

दलित–दलितबीच रहेको छुवाछुतको अन्त्य भएपछि मात्रै अन्य जातिहरुले गरेको बिभेदका विषयमा कुरा उठाउन सकिन्छ भन्ने गैरदलितहरुको तर्क छ । तर दलित–दलितबीचको जातीय छुवाछुत देख्ने गैरदलितहरुले आफूभित्रको छुवाछुत भने देखिरहेका छैनन् । नेपालमा छुवाछुतका विषयमा जति बहस चलाए पनि बिभेदकारी भित्री इच्छा समाप्त नभएसम्म छुवाछुतका विषयमा छलफल गर्नु नै निरर्थक हुन्छ जस्तो लाग्छ ।
केही वर्षदेखि गैरदलितहरुले पनि आफ्ना जातीय संगठन खोलिरहेका छन् । ब्राह्मण समाज, क्षेत्री समाज, दशनामी समाज, ठकुरी समाज र अन्य यस्तै–यस्तै संगठन खोलिएका छन् । त्यसभित्र पनि गोत्रीय समाज छ– अधिकारी समाज, गौतम समाज, घिमिरे समाज यस्तै–यस्तै । माथि उल्लेख गरिएका जातीय समाजभित्र पनि अन्तर्जातीय समस्याहरु भोग्नु परिरहेको छ । उदाहरणका लागि ब्राह्मण समाजको कुनै सदस्यले जुनसुकै जातको भए पनि गैरदलित श्रीमती विवाह गरेमा उसबाट जन्मने सन्तान क्ष्ँेत्रीको रुपमा स्थापित हुने संस्कार छ । कुनै ब्राह्मणले ठकुरीकी छोरी विवाह ग¥यो भने उसबाट उत्पन्न हुने सन्तानलाई हमाल ठकुरी बनाइन्छ । अझ एउटा ब्राह्मणले दलित श्रीमती विवाह ग¥यो भने उसलाई समाजले विटालुको बिल्ला पहिराइदिने र जन्मने सन्तानलाई दलितकै रुपमा दर्ज गरी उस‘ग छुवाछुत बार्ने ब्राह्मणवादी संस्कार छ ।
यस्तो संस्कारमा हुर्किदै गरेका गैरदलितहरु त्यसमा अझ ब्राह्मणहरुमा देखिने आन्तरिक छुवाछुत र असम्बन्धले पनि जातीय बिभेद ब्राह्मणहरुभित्र निकै मौलाएको तथ्य जगजाहेर छ । ब्राहमणभित्र पनि उपाध्याय र जैसीको विभेद छ । भात भान्सो चल्दैन । बिहेवारी चल्दैन । ब्राह्मण भित्रको खतरनाक बिभेद यो भन्दा के हुन सक्छ ?
अझ अर्को कुरा ब्राहमण क्षेत्री र ठकुरी समाजको कुरा गरौं । ब्राह्मणबाट जन्मेको सन्तान क्षेत्री र हमाल हुन सक्छ । बाबु ब्राह्मण समाजमा गए छोराछोरी क्षेत्री र ठकुरी समाजमा लाग्नुपर्ने कस्तो बिडम्बना हो अझ महिलामाथि अर्को अन्याय के हो भने उपाध्याय ब्राह्मण महिला विधवा भएपछि अर्को उपाध्याय ब्राह्मणस‘ग बिहे गरेपछि जैसी ठहरिने र उसबाट जन्मिएका छोराछोरीलाई जन्मसिद्ध जैसी बनाइन्छ । घरपरिवारभित्रै जातीय फुट ल्याउने हाम्रो ब्राह्मणवादी समाजले दलितहरुस‘गको छुवाछुतको अन्त्य गर्नु भनेको सपना जस्तै हो ।
अझ सुधारवादी ठहरिदै छुवाछुतको अन्त्य गर्छौं भन्ने गैरदलितहरु दलितहरु स‘गस‘गै बसेर खाना खाएकाले मैले छुवाछुत मान्दैन भनेर गफ दिन्छन् । दलितस‘ग बसेर घरबाहिर खाना खाने वा छुवाछुत नबार्ने गैरदलितहरुले दलितलाई परिचयका साथ आफ्नो घरमा लगेर एउटै भान्सामा बसाल्ने हिम्मत गर्छन् कि गर्दैनन् ? त्यति बेला मात्रै थाहा हुन्छ गैर दलितको मन पनि विभेदकारी छैन भनेर । तर बाहिर–बाहिर बिभेदबिरुद्धका कुरा गर्ने तर घर परिवारमा मानसिक रुपान्तरण ल्याउन नसक्ने हो भने छुवाछुतबिरुद्धको यस्तो समर्थन पूर्ण हुन सक्दैन ।
अझ दलितस‘ग सरोकार राख्ने गैरसरकारी संस्थाहरुले सहभोेजको कार्यक्रम राखेर जातीय छुवाछुतको न्यूनीकरण गर्ने कुरा गर्छन् । तर यसले कुनै अर्थ राख्दैन । सहभोगमा खाना खाएको गैरदलितको छुवाछुतको अन्त्य भोज खाने समयसम्मका लागि हो । त्यसपछि उसको विचार पुरानै सनातनीरुपमा सक्रिय भइरहन्छ ।
हाम्रो समाजमा देखापरेका यस्ता समस्या ज्य‘ू का त्य‘ू छन् । कानूनले निषेध गरे पनि यथार्थमा जातीय समस्या समाधान हुन नसक्नुमा संकीर्णता मात्रै हो । नेपाली समाजले मान्दै आएको हिन्दू धर्मले जातीय छुवाछुत नमाने पनि आफूलाई ठूलो जाति हांै भन्नेहरुको व्यवहारकै कारण हिन्दू धर्मप्रति अनास्था बढ्न थालेको हो । हिन्दू धर्मस‘ग सम्बन्धित बेदले पनि जातीय छुवाछुत नमानेको बेला सामन्त शासकहरुले जातीय बिभाजन गरेकै कारण सानो ठूलो जात मानिदै आएको हो । कामको आधारमा जातीय बिभाजन गरेको पुरानो चिन्तन अहिलेको वैज्ञानिक युगमा समेत परिवर्तन हुन नसक्नु दुःखद हो । आफ्नो आङको भंैसी नदेख्ने तर अरुको आङको जुम्रा देख्ने गैरदलितहरु नै छुवाछुतबिरुद्धका बाधक हुन् ।
साभार # युगबोध 

No comments:

Post a Comment