किसान गाउँका सक्रिय यूवाको डुबेर मृत्यु


बैशाख २-म्याग्दी कुहुँ–५ पैयूपाटाकी स्नेह किसानले मामा ओमबहादुर किसानलाई देख्नेवित्तिकै बाबालाई देख्नुभएन भन्दै प्रश्न गर्छिन् । उनको प्रश्नको जवाफ ओमबहादुरसँग छ्रैन्, प्रश्नको जवाफभन्दा पनि उनको आँखाबाट बररर आँसु खस्ने गरेको छ । ४ बर्षिया किसानले प्रत्येक दिन घरका र आफन्तलाई यस्तै प्रश्न सोध्ने गरेकी छन् । उनको प्रश्नको जवाफमा परिवार र आफन्तसँग आँसुमात्रै छ । घटना भएकै दिनदेखी किसानले पटकपटक बाबाको खोजी गरेको आफन्तले बताउँछन् ।
बाबालाई पोखरा लगेर यस्तो भएको हो, तपाईहरु रातीमा पनि किन बाहिर बस्नुहुन्छ भन्दै प्रश्न गर्ने गरेको स्थानीय नरसिंह प्राविकी प्रअ सुस्मीता बस्यालले बेनीअनलाइनलाई बताईन् ।बेनीस्थित लोकदिप आवासीय माविमा एलकेजीमा अध्ययरत किसानले बाहिरबाट आउने अपरिचित ब्यक्तिलाई समेत यस्तै किसिमका प्रश्न तेर्साउने गरिकी छन् । गत बिहिबार साथीसँग म्याग्दीखोलामा माछा मार्न गएका ईश्वर किसानको खोलामा ढुवेर मृत्यु भएपछि पैयूपाटा शोकमा ढुवेको छ । जिल्ला अस्पताल म्याग्दीमा कार्यरत किसान गाउँका सक्रिय यूवा समेत थिए ।

गतबर्ष स्थायी भएर स्वास्थ्य कार्यालयमार्फत जिल्ला कारागारमा कार्यरत किसानको मृत्युपछि आमा कोपिला, श्रीमति धनकुमारी किसान पटकपट बेहोस हुने गरेका छन् । आमाबुबा, श्रीमति, छोरी र एक भाई रहेको किसान परिवारको आर्थिक साहारा इश्वर नै थिए । उनको कमाईले छोरीको शिक्षा र परिवारको आवश्यकता पुरा हुने गरेको थियो । अधिकाँस दलितको बसोबास रहेको पैयूपाटाका जनतालाई एकजुट बनाउन उनले महत्वपुर्ण भुमिका खेलेका थिए । कार्यालय समयपछि साथीसँग माछा मार्न गएका किसानको जाल निकाल्ने क्रममा ढुवेर मृत्यु भएको थियो । कारागारमा रहेका कैदीबन्दीका समेत प्रिय थिए किसान् । दलितसँग आवद्ध रहेका धेरैसंघसंस्थामा संलग्न रहेका किसानले गाउँस्तरमा जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गर्दैआइरहेका थिए । 

No comments:

Post a Comment