झुमा बिकको हत्याको अभियोगमा सासु बुहारीलाई जन्मकैद

ताप्लेजुङ, चैत १८ – ताप्लेजुङको नाङखोल्याङ गाविसकी १४ बर्षिया झुमा बिकको हत्या अभियोग लागेका २ जनालाई जिल्ला अदालत ताप्लेजुङले जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीस कृष्णप्रसाद सुबेदीको ईजलासले हत्या अभियोग लागेका नाङ्खोल्याङ–३ निवासी  पदमकुमारी श्रेष्ठ र उनकी बुहारी २५ बर्षिया जुनु श्रेष्ठलाई जन्मकैद सजाय हुने फैसला सुनाएको हो ।
उनीहरुलाई ज्यान सम्वन्धी महलको १३(३) बमोजिम सर्वस्वसहित जन्म कैदको सजाय सुनाईएको श्रेष्तेदार जीवन भण्डारीले बताउनुभयो । ताप्लेजुङमा महिला कारागार नभएका कारण उनीहरुलाई अदालतको फैसलापछि पाँचथर कारागार लगिएको छ ।
गएको असार २७ गते बेलुकी साढे ९ बजे किकको शव घरको दलिनमा सलमा झुन्डिएको अवस्थामा भेटिएको थियो । तर झुमालाई निर्घात कुटपिट पश्चात झुन्ड्याइएको दाबीसहित मृतककी आमा नर्वदा विकले श्रेष्ठ सासु बुहारी विरुद्ध साउन १ गते प्रहरीमा किटानी जाहेरी दिनुभएको थियो ।

No comments:

Post a Comment