अन्तरजातीय विवाह गरेकी महिलाको बिचल्ली

०७१ चैत २५ गते, बाँके । 
अन्तर जातीय विवाह गरेकी महिलालाई पतिले घर निकाला गरेपछि महिला र छ महिनाको छोरीको बिचल्ली परेको छ । पीडित महिलाका पति २६ वर्षीय दलबहादुर थापाले बहुविवाह गरेपछि उनी माइती घरमा बस्न बाध्य भएकी हुन्।

दुई वर्षअघि उढरापुर गाविस-२ सिमलघारी २६ वर्षीय दलबहादुर थापा र पीडित  २२ वर्षीया उषा बिकबीच  प्रेम विवाह भएको थियो ।पतिले गाली गलौजकुटपिट गर्ने गरेको र छोरीको जन्म दर्ता समेत गर्न नमानेको पीडितले  आरोप बताइन्  
पतिले बहु विवाह गरेको थाहा पाएपछि पीडितले चैत २० गते  इलाका प्रहरी कार्यालयमा निवेदन दिएपछि आरोपित थापा र कान्छी पत्नी उषा गुरुङलाई चैत २१ गते प्रहरीले गिरफ्तार गरेको थियो ।

कोहलपुर इलाका प्रहरी कार्यालयका डीएसपी जनक शाहीले आरोपितविरुद्ध बहु विवाह मुद्दा दर्ता गरिएको बताए ।

No comments:

Post a Comment