दलित नेताले माल्यार्पण गर्दा जुठो भएको भन्दै मुर्तिलार्इ पानीले नुहाइदिए

एजेन्सी : भारतको बिहारस्थित सुपौल जिल्लामा जातीय विभेदको अनौठो घटना भएको छ। बिहारको सुपौलमा दलित नेता तथा बिहारका पूर्व मुख्यमन्त्री जितनराम माझीले भारतीय स्वतन्त्रताका सेनानी राममनोहर लोहियाको मूर्तिमा माल्यार्पण गरे । दलित नेता माझीले स्वतन्त्रताका सेनानी लोहियाको मुर्तिमा माल्यार्पण गरिसकेपछि जुठो भएको भन्दै मुर्तिलार्इ पवित्र गर्न केही स्थानीयले पानीले नुहाइदिएका  छन् र जितनराम माझी बिहारका मुख्यमन्त्री भइसकेका नेता हुन् । उनले मूख्यमन्त्री हुँदा कयौं कार्यक्रमको उद्घाटन गरे, रिबन काटे र कयौं महापुरुषको मुर्तिमा माल्यार्पण गरे । तर जब उनी मुख्यमन्त्रीको पदबाट बाहिरिए तब उनीमाथि सुन्दै लाज लाग्ने जातीय विभेदको घटना हुन पुग्यो । 
सुपौलमा माझीले समाजवादी नेता राममनोहर लोहियाको मुर्तिमा माला चढाए लगत्तै लोहिया विचार मञ्चका कार्यकर्ता मूर्तिलार्इ शुद्द गर्न तत्कालै पुगे ।   माझीले माला चढाको लोहियाको मुर्तिलार्इ पानीले धोइपखाली गरेर लोहिया मञ्चका कार्यकर्ताले 'पवित्र' बनाए । यसो गर्नुको एउटै कारण माझी दलित नेता हुनु हो । अहिले माझी जनता दल युनाइटेडबाट निकालिएका छन् ।
source# annpurna post


No comments:

Post a Comment