गरिबी तथा भेदभावका कारण मुसहर जातिका बालबालिका पढ्न जाँदैनन्

विद्यालयमा गरिब तथा दलित भनेर गरिने विभेदका कारण विद्यालय जान नसकेका रौतहट प्रिपा पोखरीया गाविसको मुसहर बस्तीका बालबालिकाहरू । फोटो : बिपिन गौतम
रौतहट । ०७२ वैशाख ७ गते
घर भन्दा १० मिनेटको दूरीमा विद्यालयसो भन्दा नजिकै रहेको एक बस्तीका बालबालिका भने दिनभर सडकमा सुगुँर चराइरहेको भेटिन्छन् ।यो त एक गाउँको उदाहरण मात्र होबस्ती नजिकै विद्यालय रहे पनि जिल्लाका अधिकांश गाउँका मुसहर जातिका बालबालिकाहरू विद्यालय पढ्न जाँदैनन् । रौतहटको प्रिपा पोखरिया गाविस-८ डुमरिया गाउँमा ४० घर मुसहर जातिको बस्ती रहेको छतर सो बस्तीका २ सय भन्दा बढी विद्यालय जाने उमेरका बालबालिका मध्ये एक जना पनि विद्यालय जाँदैनन् ।

भर्ना गर्ने समयमा शिक्षक गाउँमा आएर बालबालिकाहरूलाई विद्यालयमा भर्ना गराउन प्रोत्साहन गरे पनि आर्थिक अभाव,शिक्षकले नसिकाउनेविद्यालयमा बस्ने ठाउँ नदिनेलगायत समस्याले गर्दा विद्यालय जान छाडेको मुसहर बालबालिकाहरू बताउँछन् ।

सो बस्ती नजिकै रहेको प्रावि डुमरियामा ८० जना भन्दा बढी मुसहर जातिका बालबालिकाले भर्ना गरेको विद्यालयको रेकर्डमा देखिन्छ तरउनीहरू महिनौँदेखि विद्यालय गएका छैनन् । न त उनीहरू विद्यालयमा किन आएनन् भनेर विद्यालयबाट सोधपुछ गरिन्छन त अभिभावकहरू उनीहरूलाई विद्यालय पठाउन तयार देखिन्छन् ।

सो गाउँकी गीतादेवी मुसहरले छोराहरू सोरया र ललन मुसहरलाई विद्यालयमा भर्ना गरे पनि शिक्षकले नसिकाएको र फोहरी तथा दलित भन्दै सबै विद्यार्थीसँग कक्षामा नराखेकाले उनीहरू विद्यालय जान छाडेको बताइन् ।
 "सरले फोहरी भनेर सिकाउन आउँदैनन्, सबै साथीसँगै राख्दैनन्, आफँै पढ्न आउँदैन किन जाने विद्यालय -" कक्षा एकमा भर्ना भएका तर महिनौँदेखि पढ्न नगएका सञ्जय मुसहरले गुनासो गरे । सञ्जय जस्तै अन्य मुसहर बालबालिकाहरूसमेत शिक्षकले नपढाएकाले विद्यालय नगएको बताउँछन् । सरकारले दलित विद्यार्थीलाई वाषिर्क ४ सय रूपियाँ छात्रवृत्ति दिँदै आएको भए पनि सो गाउँका कुनैपनि दलित बालबालिकाले उक्त रकम पाएका छैनन् । विद्यालय नगएका दलित समुदायका विद्यार्थीको नक्कली हाजिर बनाएर प्राथमिक विद्यालय, डुमरियाले अनियमितता गरेको स्थानीय दलितहरूले बताएका छन् ।

विद्यालयमा ७० प्रतिशत उपस्थिति भएको हाजिर शिक्षा कार्यालयमा पेश गरेपछि मात्रै दलित विद्यार्थीलाई छात्रवृत्ति रकम पठाउने व्यवस्था रहेकाले विद्यालय नआउने विद्यार्थीको नक्कली हाजिर गरेर प्रधानाध्यापक राम एकवालप्रसाद कुर्मीले दलित छात्रछात्राले पाउने रकम हिनामिना गर्ने गरेको आरोप लागेको हो ।

प्रधानाध्यापक कुर्मीले गएको फागुनमा सबैलाई छात्रवृत्ति रकम वितरण गरेका कागजात तयार पारेको एक स्थानीयले जनाएको छ । मुसहर बस्तीका अगुवा सुदनी मुसहरले फागुनमा एक जना पनि बालबालिकाले छात्रवृत्ति रकम र किताब नपाएको बताए ।"यो गाउँका मुसहरका कुनै विद्यार्थीले यो वर्षविद्यालयबाट पैसा लिएका छैनन्स्थानीय वीरेन्द्र मुसहरले बताए । जिल्लामा ३२ सय मुसहर बालबालिकाहरू विद्यालयमा अध्ययनरत रहेको र अधिकांशले छात्रवृत्ति नपाएको राष्ट्रिय मुसहर उत्थान समाजका केन्द्रीय सदस्य अनुप माझी मुसहरले बताए ।

विद्यालयहरूले अन्यत्र शीर्षकमा छात्रवृत्ति रकम खर्च गर्ने गरेकाले शिक्षा कार्यालयले छानबिन गरी छात्रवृत्तिको रकम विद्यार्थीलाई नै वितरण गर्नसमेत राष्ट्रिय मुसहर उत्थान समाजले माग गर्दै आएको छ । छात्रवृत्ति रकम अन्य शिर्षमा खर्च गर्न नपाइने र नक्कली हाजिर गरेर विद्यालयले रकम अनियमितता गरेको पाइएमा कारबाही गरिने जिल्ला शिक्षा अधिकारी भरतबाबु सुवेदीले बताए ।

No comments:

Post a Comment