आगलागी पीडितहरुलार्इ पक्की घर हस्तान्तरण

२०७२ बैशाख १०
विभेद बिरुद्ध अभियान, वीरगन्जः पर्साको हरिहरपुर गाविसको दलित बस्तीमा २०७० फागुन २८ गते भीषण आगलागी भयो । आगलागीले दलित बस्तीका १८ वटा फुसका घरहरु जलेर खरानी भए । आगोले ओत लाग्ने छाप्रा खरानी भएपछि १८ घरपरिवारका दलितहरु त्रिपाल टाँगेर जीवन गुजारा चलाउदै आएका थिए ।
उनिहरुको बिजोग देखेर ख्रिष्टियन राहत सेवा नेपाल संस्थाले पीडित दलितहरुलार्इ पक्की घर बनाइदिएको छ । ती घरहरु बिहीबार एक कार्यक्रमकाबीच पीडित परिवारहरुलार्इ हस्तान्तरण गरिएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद घिमिरेले आगलागी पीडितहरुलार्इ हस्तान्तरण गरेका हुन् । सो संस्थाले प्रत्येक पीडित परिवारका लागि भान्छा र शौचालयसहितको दुइ कोठे घर निर्माण गरिदिएको हो ।
आगलागी पीडितकालागि वडा नम्बर ३ मा तीनवटा र वडा नम्बर ९ मा १५ वटा पक्की घर निर्माण गरिएको हो ।

२७ लाख ८० हजार दुर्इ सय रुपैयाँको लागतमा १८ वटा घर निर्माण गरिएको सो स‍ंस्थाका डाक्टर सिमन पाण्डले बताए । संस्थाले दुवै टोलमा खानेपानीका लागि एक एक वटा चापाकल पनि जडान गरिदिएको छ । 

जिल्लामा रहेका विभिन्न संघ संस्थाहरुसँग मिलेर करिब २८ लाख खर्चेर घर निर्माण गरिएको संस्थाले जनाएको छ । घर निर्माणका लागि समारिटान पर्स क्यानडा नामक संस्थाले आर्थिक सहयोग गरेको हो । 
-साभार : अन्नपुर्ण पोस्ट 

No comments:

Post a Comment