धिर्कामाण्डौं गाउँका दलित समुदाय पहिरोको जोखिममा

मिलन परियार
डोटी,३ बैशाख
पहिरोका कारण गाउँ खतरामा परेपछि डोटी धिर्कामाण्डौं गासिका दलितहरु त्रसित छन् । जिल्लाको दक्षिणी बोगटान क्षेत्रमा पर्ने धिर्कामाण्डौं गाविस ७ डुङरी गाउँका १७ दलित घर पहिरोको जोखिममा परेपछि दलितहरु पहिरोले गाउँनै बगाउने डरले त्रसित भएका हुन् ।

गत बर्ष असोज महिनामा परेको लगातारको पानीले बस्ति माथिको भिरमा गएको पहिरोले गाउँ बिचाबिच छेडेपछि ठाउँठाउँमा चिरा परेको छ । भने गाउँ तलको टुणागाढले पनि बर्षेनी कटान गरी रहेको छ ।
गाउँको बिच भाग पहिरोले छेडेर ठाउँठाउँमा चिरा पर्नुका साथै अधिकांस घरको आगनी भत्काएको र गाउँ तलको टुणागाढले कटान गरेपछि दलितहरु झन त्रसित भएका हुन् ।
प्रतिकुल मौसमका कारण गत बर्ष खडेरीले खोला सुकेपछि किसानहरु खेतमा धानको बिउ राख्न नपाएर पानी माग गरी रहेका थिए । तर उनीहरु भने पानी नपरोस भन्ने पुकारी रहेका थिए । 
पानी पर्नु त परै जाओस आकाशमा बादल लाग्योकी चिन्तामा पर्ने उनीहरु छुवाछुतका कारण छिमेकी बिष्टहरुले आगनीसम्म पनि टेक्न नदिने हुदा आफनै घरमा बस्न बाध्यछन् ।
हामी दलितलाई भित्र पस्न दिदैनन् नत अन्त कही घर बनाउने ठाउँ छ रातभरी आकाश हेरेर रात काट्न बाध्यछौ स्थानिय प्रेम नेपालीले भने । दुई तीन दिन लगातार पानी पर्ने बित्तिकै गाढ बड्ने र गाउमाथीबाट पहिरो आउदा गाउनै बगाउने खतरा अत्यधिक बढेको छ ।
पहिरोले गाउँ बगाउने निश्चित भएपनि गरिबीका कारण बसाई सार्ने अर्को विकल्प नहुदा उनीहरु आफना लालाबाला काखी च्यापेर रातभरी जाग्राम बस्दै आएका छन् । गत बर्ष पहिरोले घर च्याप्पीदा झण्डै मरिएको थियो यो बर्ष कती खेर पो गाउँ बगाउँछ र मरिन्छ ५५ बर्षिय धनसरा नेपालीले भनिन् कतिखेर पो पानी आउँछ र गाउनै बगाउँछ भनेर रातभरी आकाश हेरेर काट्छौं ।
बस्ति भन्दा माथि भिर भएकाले पानी परेका बेला पहिरो जाने र त्यसबाट साल सालै ठूलै क्षति हुदै गरेको भएपनि नियन्त्रण गर्ने बारे कसैको ध्यान नगएकाले पुरै गाउँ पहिरोको जोखिममा परेको दलितहरु बताउँछन् ।
पहिरो नियन्त्रण गर्न तर्फ सम्बन्धित निकायबाट तत्काल पहल नभए गाउँ नै पहिरोमा पुरिने अबस्था छ,कतिखेर पो मरिने हो भन्ने डरले हामी सबै त्रसित छौं अर्का शेर बहादुर बिश्वकर्माले  बताए । उनी भन्छन पहिरो जाने भिरमै हाम्रो बस्ति छ पानी प¥योकी पहिरो गैहाल्छ पहिरोमा कतिखेर पुरिन्छ भन्ने सबै चिन्तामा छन् ।
गत बर्षको असोज महिनामा परेको लगातारको पानीले भिरमा ठुलै पहिरो गएको र माटो बगाई रहेकाले घरमा बस्न समेत अप्ठेरो परेको दलितहरु बताउँछन् । यस्तै स्थिति रहने हो भने घर छोडेर छिमेकी तोली गाउँको दलित बस्तिमा शरण लिनु पर्ने अबस्था आउन सक्ने उनीहरुले बताए ।

No comments:

Post a Comment