एमालेका कायकर्ताको आक्रमणबाट गायक रामजी नेपाली घाइते

बागलुङ २०७१ चैत २७ । नेकपा एमालेका कायकर्ताको आक्रमणबाट गायक रामजी नेपाली घाइते भएका छन् । बागलुङ नगरपालिका—९ भिरलाङखुरी स्थित आफ्ना काका जंगबहादुर नेपालीको घरमा बसिरहेको अवस्थामा नेपालीमाथि आज दिउसो एमाले कार्यकर्ताले आक्रमण गरेको घाइतेका आफन्तले जनाएका छन् । घरमै बसरहेको अवस्थामा एमाले कार्यकर्ताले आक्रमण गरेर गम्भिर घाइते बनाएको नेपालीका काका रमेश नेपालीले बताए ।

एमाले कायकर्ताबाट खुट्टा भाँचिएका गायक नेपाली

बागलुङ क्षेत्र नं १ को उपनिर्वाचनको अघिल्लो दिन नेकपा एमालेका कार्यकर्ता आक्रमणमा उत्रिएको नेपाली कांग्रेसले आरोप लगाएको छ । घाइते नेपालीलाई जिल्ला प्रहरी कार्यालय, बागलुङबाट खटिएको प्रहरी टोलीले उद्दार गरी धौलागिरी अञ्चल अस्पताल बागलुङमा सामान्य उपचार पश्चात थप उपचारका लागि पोखरा रेफर गरिएको छ ।
यसैविच, नेपालीलाई नेकपा एमालेका कार्यक्रताले कुटपिट गरेको भनि नेपाली कांग्रेसका कार्यकर्ताले सदरमुकाममा नाराबाजी गरेका छन् । कांग्रेसका आक्रोशित कार्यकर्ता नारावाजी गर्दै बजार परिक्रममा गरेका छन् । उनिहरुले प्रहरीलाइ भेटी घटनामा संलग्नलाई तत्काल कारबाहि गर्न समेत माग गरेका छन् ।केहि दिन अगाडी आयोजित चुनावी सभामा नेपाली कांग्रेसमा प्रवेश गरेका कारण कुटपिट भएको नेपाली कांग्रेस महासमितिका सदस्य हरि आचार्यले आरोप लगाए ।गायक नेपालीले नेपाली कांग्रेसका स्वर्गीय सभासद हरि बहादुर खड्काको स्मृतिमा र कांग्रेस उमेद्वार चम्पादेवी खड्काको पक्षमा मत माग्न एल्बम बनाएर चुनावी अभियानमा गीत गाउँदै हिँडेका थिए ।नेकपा एमालेका कार्यकर्ता विदुर बोहोरा, दिपु बोहोरा, सुनिल के.सी., टक बहादुर बोहोरा, कर्ण बहादुर बोहोराको समुहले नेपालीमाथि आक्रमण गरी घाइते बनाएको नेपाली कांग्रेसका कार्यवाहक सभापति जगदिशचन्द्र उपाध्यायले बताए ।

आक्रमणमा संलगन टक बहादुर बोहोरा र कर्ण बहादुर बोहोरा बागलुङ नगरपालिका कर्मचारी हुन् । नेपाली कांग्रेसले घटनाको निन्दा गर्दै एमालेको कायरता भनेको छ । नेकपा एमालेका कार्यकर्ताले गायक नेपाली माथि आक्रमण गरेको उपाध्यायले बताए ।
केहि दिन अगाडी आयोजित चुनावी सभामा नेपाली कांग्रेसमा प्रवेश गरेका कारण कुटपिट भएको नेपाली कांग्रेस महासमितिका सदस्य हरि आचार्यले आरोप लगाए ।
यसैविच, नेकपा एमालेले घटनामा आफ्नो संलग्नता नभएको बताएको छ । नेकपा एमालेका अध्यक्ष श्रीप्रसाद शर्माले नेपालीले स्थानियको मत किन्नका लागि गाँउ गएको समयमा स्थानिय बासिले प्रतिरोध गरेको दावी गर्नुभयो । उनले नेपालीलाई कुटपिट तथा त्यससँग सम्बन्धीत कुनै पनि घटनामा एमाले पार्टीको संलग्नता नभएको बताए । एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले स्थानीय साथीहरुबीच सामान्य धकेलाधकेल भएको बताए ।
घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी नायब उपरिक्षक प्रेमबहादुर बस्नेतले बताएका छन् । मौन समय सुरु भएको भए पनि प्रर्दशन सुरु भए पछि व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । यस घटनालाई लिएर प्रहरीले बागलुङ नगरपालिका वडा नं ९ का वडा सचिब रुद्र बहादुर केसीलाई पक्राउ गरेको छ ।

No comments:

Post a Comment