न्यायाधीश महराको अभिव्यक्ति विवादमा

डोटी, चैत २० गते । जातीय छुवाछुतबारे सार्वजनिक स्थानमा दिएको अभिव्यक्तिका कारण जिल्ला अदालतका डोटीका न्यायाधीश धनसिंह महरा विवादीत बन्नुभएको छ ।
डोटीबाट सरुवा भएर दाङ जान लाग्नुभएका डोटीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलको विदाइ कार्यक्रममा अतिथिका रूपमा रहनुभएका न्यायाधीश महराले टीका लगाउँदा ब्राम्हण समुदायका व्यक्तिबाट मात्र शुरुवात गर्नुपर्ने बताउनुभएको थियो ।
जिल्लाका सरकारी कार्यालयका प्रमुख, गैरसरकारी कार्यालयका प्रतिनिधिलगायतको उपस्थिति भएको औपचारिक कार्यक्रममा जातीय विभेदपूर्ण अभिव्यक्ति दिएको भन्दै दलित अधिकारकर्मीहरूले विरोध गरेका छन् ।
विदाइ कार्यक्रममा उपस्थित पत्रकार मिलन परियारले भन्नुभयो, “जिल्लाको न्यायालयको प्रमुख जस्तो व्यक्तिको मुखवाट अन्य जातजातिप्रतिको धारणा सुन्दा अन्यायमा परेको अनुभव ग¥यौँ ।”
पत्रकार परियारले थप्नुभयो – कार्यक्रममा उपस्थित व्यक्तिमध्ये टीका लगाउन ब्राह्मण समुदायको व्यक्तिको खोजी गर्न श्रीमानले आदेश दिनुभएपछि हामी त हेरेको हे¥यै भयौँ ।

No comments:

Post a Comment