श्रीमतीले आग्लोले हान्दा श्रीमानको ज्यान गयो

धादिङ, वैशाख ७ – धादिङ नीलकण्ठ नगरपालिकामा श्रीमतीले आग्लोले हान्दा श्रीमानको ज्यान गएको छ ।  नीलकण्ठ नगरपालिका–२ तीनघरेस्थित एक पसलमा सामान किन्ने क्रममा श्रीमान् २३ वर्षीय कृष्ण परियारलाई उनका श्रीमती दुर्गा परियारले आग्लोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले धादिङले जनाएको छ ।
प्रहरीका अनुसार पसलमा सामान किन्ने क्रममा  दुबै बीच झगडा भएको र जाँडरक्सी खाएको बेला श्रीमतीले ढोकाको आग्लो झिकेर प्रहार गर्दा कृष्ण गम्भीर घाइते भएपछि उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको हो । दुर्गालाई प्रहरीले पक्राउ गरेको छ ।

No comments:

Post a Comment