व्यवसायसंगै सामाजिक सेवामा सक्रिय छन्- किसान सुनार

व्यवसायसंगै सामाजिक सेवामा सक्रिय छन् किसान सुनार । उमेरले २८ वर्ष काटेका उनी समाजसेवा र व्यवसायमा पहिल्यैदेखि लागेका हुन् । तेजरत्न ज्वेलर्स पृथ्वीचोक, तेजारथ गु्रप र निगात इन्टरनेसनल ल्याङवेज एण्ड टे«निङ्ग इन्स्टिच्युटका सञ्चालक उनी समाज कल्याणका लागि युवा नेपाल, नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ र पोखरा मल व्यवसायी संघका अध्यक्ष छन् । लायन्स क्लव अफ पोखरा पीएनसी, रोटरी क्लव अफ पोखरा मिडटाउन, रेडक्रस सोसाइटीमा आबद्ध उनी युवाहरुलाई उद्यमी बनाउने अभियानमा पनि लागेका छन् । घारिपाटन घर भएका युवा व्यवसायी तथा उद्यमी सुनारसंग व्यवसाय तथा समाजसेवाका बिषयमा पोखरापत्र–संवादका लागि गरिएको कुराकानी ।
 व्यवसायमा कहिलेबाट लाग्नु भएको हो ?
४ वर्षदेखि व्यवसायमा लागेको हु । शुरुमा तेजरथ सप्लायर्सबाट शुरु भएको हो । अहिले सुनचा“दीको व्यवसाय तथा वैदेशिक अध्ययनमा विद्यार्थीलाई पठाउने गरिएको छ । व्यवसायसंगै सामाजिक सेवामा पनि क्रियाशील छु । अहिले तेजरत्न ज्वेलर्स, निगात इन्टरनेसनल ल्याङवेज एण्ड टे«निङ्ग इन्स्टिच्युट सेन्टरमा आवद्ध छु ।
 अन्यत्र नभै व्यवसायमै लाग्नुको कारण के हो ?
आत्मनिर्भर हुन तथा आर्थिक उपार्जनको लागि व्यवसायमा लागियो । अन्य जागिर खाना भन्दा विदेश जान भन्दा त आफैले व्यवसाय गर्दा राम्रो हुने
देखियो । त्यसैले व्यवसायमा लागेको हु । यहा“ भएपछि व्यवसायसंगै समाजसेवामा लाग्न पनि सकिने भयो । जसले नेतृत्व तथा व्यक्तित्व विकास हुन्छ ।
 जे अपेक्षा गरेर व्यवसायमा लाग्नु भएको थियो । सोही अनुसार प्रतिफल पाउनु भएको छ त ?
एभरेजमा सन्तुष्ट छु नै भन्नुपर्छ । तुलनात्मक रुपमा भनेजस्तै भएको छ । योजना बनाए अनुसार लागेकाले पनि ठिकै भएको छ । प्रतिफलको हिसाबले त धेरै नै होस भन्ने सुनिन्छ तर, भने अनुसार सँेचे अनुसार हुने भन्ने भएन । जे होस ठिकै भएको नै छ ।
 चुनौतिहरु धेरै नै भएको भनिन्छ । तपाईले के भोग्नु भएको छ ?
व्यवस्थित तवरले चलाएमा रामै्र हुन्छ । चुनौतिहरु त धेरै नै हुने भए । चुनौति नभएको त केही हुन्न । वातावरणको कुरा गर्नुपर्दा ठिकै नै भन्नु पयो । व्यवसाय सानो पुंजीबाट पनि हुन सक्छ । ठूलोबाट पनि हुन सक्छ । आफुले कसरी गर्ने भन्ने मुख्य कुरा हो । ठूलो लगानी गरेर सफल नभएको पनि हुन सक्छन् । सानो लगानी गरेर व्यवस्थित तवरले चलाउ“दा पनि रामै्र भएको पनि उदाहरण छन् । मलाइ लाग्छ
राम्ररी गर्दा ठिकै हुन्छ । वातावरण् ठिकै नै छ । चुनौति नभएको केहि हुन्न । आफुले कसरी गर्ने भन्ने मुख्य कुरा हो । अस्थिर राजनीतिक अवस्था,
बढ्दो प्रतिस्पर्धा, सुरक्षा लगायतका चुनौति पनि छन् । अब संविधान बनेर देश सहि ट्रयाकमा अघि बढ्यो भने लगभग ठिकै हुन्छ होला ।
 धेरै युवाहरु नेपालमा केहि गर्न भन्दा पनि विदेश नै ताकि
रहेका छन् । यहा“ उद्यमी बन्ने तथा व्यवसाय गर्ने वातावरण नभएकै हो त ?
व्यवस्थित तवरले स्थानीय रुपमा उद्यम तथा व्यवसाय जे गरे पनि राम्रै हुन्छ । सानो पुंजीबाट यहा“ गर्दा नराम्रो भन्ने केहि हुन्न । युवालाई उद्यम गर्न तथा व्यवसाय गर्ने हो भने राम्ररी बुझेर योजना बनाएर लाग्दा राम्रै होला जस्तो मलाइ लाग्दछ । वातावरणको कुरा गर्दा राम्रै छ । युवाहरु आत्मनिर्भर बन्न प्रशस्तै सम्भावना यहा“ छन् । केही छैन् सबै विग्रियो भन्ने छैन । लाखौं रुपैया खर्चेर विदेश जान भन्दा यहा“ लगानी गर्दा राम्रो प्रतिफल आउन सक्छ । समय लाग्न सक्ला तर, आफ्नै देशमा गर्दा धेरै राम्रो हुन्छ ।
 पछिल्लो समयमा उत्पादनमुलक भन्दा पनि धेरै व्यापार व्यवसायमा लाग्ने गरेको पाइन्छ । यसले त झनै परनिर्भर बनाउदैन र ?
अहिले अधिकांश टे«डमा लागेका छौं । दुरगामि रुपमा यसले परनिर्भरता अवश्य पनि बनाउनेछ । हामीले उत्पादनमुलक क्षेत्रमा लाग्ने हो भने । उद्यमी बन्ने हो भने यसले लामो समयसम्म ठिक त गर्ने नै छ । अनि रोजगारी पनि दिने छ । यसका लागि एक जनाले मात्र आटेर भने हुन्न । राज्यले पनि यसका लागि ठोस योजना र सहयोग गर्ने अनि हामीहरु पनि त्यसरी लाग्ने हो भने उत्पादनमुलक क्षेत्रमा अघि बढ्दा ठिक हुनेछ । मुख्य कुरा राज्यले वातावरण बनाइदिनुपर्छ । त्यसपछि हामी युवाहरु पनि यसमा लाग्ने छौं । हामी आफै गरौं भने पनि विभिन्न समस्या तथा कठिनाइ र वातावरण नै नभएको अवस्था छ ।
 तपाई अध्यक्ष रहेको समाज कल्याणका लागि युवा नेपालले युवा लक्षित के काम गर्छ नी ? यसबारेमा बताइदिनु न ?
मानवअधिकार, शिक्षा, उद्यमशीलता र जनचेतनामुलक कार्यक्रमहरु गर्ने गर्दछ । मुख्य रुपमा युवालाई उद्यमशील बनाउनको लागि यसले काम गर्ने गर्छ । हामीले एक व्यक्ति, एक दिन, एक रुपैया बचत अभियान नै चलाएका छौं । जसबाट आधा रकम गरिव तथा विपन्न बालबालिकाको शिक्षामा खर्च गर्ने र आधा पैसा युवालाई उद्यमशील बन्नका लागि लगानी गर्ने गर्दछौं । लगानी
गरेको रकम फेरी अर्को युवालाइ उद्यमी बन्न खर्च गर्ने गरिन्छ । जुन रकम सिड मनिको रुपमा कोष खडा भएको छ ।
 तपाई सुनचँ“दी तथा गरगहनाको व्यवसायमा हुनुहुन्छ । यो सुरक्षाको हिसाबले
संवेदनशील मानिन्छ । चुनौतिहरु के के छन् त ?
समग्र हिसाबले हामी असुरक्षित नै छौं । लगानी अलि बढि गर्नुपर्ने पेशा हो । लगानी अनुसार प्रतिफल पाउन अलि गाह्रो नै छ । कडा प्रतिस्पर्धा छ । परम्परागत तवरले नै अहिले यो
पेशा चलिरहेको छ । समय र सीमाका कारण पनि यो व्यवसाय फरक हो । बढि रिक्स हुने भएकाले पनि राज्यले सुरक्षाको प्रत्याभुति गर्नुपर्छ भन्ने हाम्रो माग छ । राज्यले सुनचा“दी व्यवसायलाई अझै सहि तवरले अघि बढाउनको लागि समय अनुसार नीति नियम ल्याउनुपर्ने हुन्छ । व्यवसायीलाई त्रसित नहुने तथा ग्राहकमा नराम्रो सन्देश नजाने गरि व्यवसायलाई अघि बढ्न दिनुपर्छ भन्ने हाम्रो माग छ ।
 विद्यार्थी विदेश अध्ययनका लागि जाने क्रम पनि बढ्दै गएकोछ । यो कत्तिको आवश्यक छ ?
शिक्षा र सीपको लागि विदेश जानुपर्छ । तर, संधैका लागि विदेश जाने भने होइन । अध्ययन सकेर, सीप सिकेर र केही कमाएर नेपाल नै फर्केर यहा “ लगानी गर्दा धेरै राम्रो हुन्छ । देशमा लगानी भित्रिन्छ अनि रोजगारी पनि सिर्जना हुन्छ । विदेश जानुपर्छ तर, केही समयको लागि मात्र । भोली आएर नेपालमै राम्रो उद्यमी भएमा त्यो हाम्रै
देशको लागि पनि हो ।
 तपाई व्यवसाय तथा समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । दुवैतिर समय कसरी व्यवस्थापन गर्नुभएको छ ?
व्यवसाय र समाजसेवा दुवै परिपुरक हो । कतिपयले भन्छन, उमेर पुगेसी र पैसा कमाएर समाजसेवामा लाग्ने हो । तर, म भन्छु दुबैतिर लाग्नुपर्छ । जसका कारण दुवैमा सहयोग हुन्छ । विभिन्न व्यवसाय र ५÷६ वटा सामाजिक संस्थामा आबद्ध छु । दुबैतिर  समय त आफुले मिलाउनुपर्छ । आफ्नो हितमा हो । सामाजिक उत्तरदायित्वका लागि पनि सेवामा लाग्नुपर्छ । पैसा कमाउने मात्र होइन समाजका लागि पनि केही गर्नुपर्छ । समाजप्रतिको उत्तरदायि हुनुपर्छ । व्यवसायमा लागेर मात्र हुन्न, समय मिलाएर समाजका लागि पनि सकेको केही गर्नुपर्छ ।
source:- पोखरापत्र

No comments:

Post a Comment