विहेको दोश्रो दिनमै युवतीद्धारा आत्माहत्या

प्रेम सुनार गुल्मी, बैशाख ९
विभेद बिरुद्ध अभियान  
 गुल्मी छापाहिले गाउँकी युवतीलाई केहि दिन अघि जंगलको विचबाटोमा एक युवाले जवरजस्ती सिन्दुर हालेर घर भित्राए पछि त्यसको दोश्रो दिन वेहुलीकै पहिरनमा उनले भिरबाट हाम्फाली आत्मा हत्या गरेको खवर ढिलो गरी प्राप्त भएको छ ।छापाहिले–३ निवासी गोठे बिश्वकर्माकी १६ वर्षिया छोरी गिता बिश्वकर्माले विवाह गरेको दोश्रो दिन स्थानिय लोसोको भिरबाट हाम्फेर आत्मा हत्या गरेको उजुरी हालै परेको छ ’– जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक अम्विकाप्रसाद गुप्ताले भने –‘तर कानुनी अभावमा हामीले कार्वाही गर्न मिलेन र उनिहरु आपसमा मिलेर गएका छन् । गितालाई सोही गाविस वडा नम्वर ८ हिलोगाउँका २३ वर्षिय राहुल बिश्वकर्माले स्थानिय जंगलमा आफ्नी माईजु पर्ने दिपा बिश्वकर्माको सहयोगमा जवर जस्ती सिन्दुर हाली घर भित्राएका थिए । प्रहरी निरीक्षक गुप्ताका अनुसार दिपा र राहुललाई हिरासतमा लिएर राखिएको थियो र उनिहरुलाई बाहिरै मिल्न लगाएर पठाईएको छ ।
‘आमा मलाई जंगलमा जवरजस्ती सिन्दुर हालेर राहुलले घर भित्राएको छ, दुई पटक सम्म भागें तर उनिहरुले मलाई वाख्रो लखटे झै लखटेर घर ल्याएर भित्राएका छन मलाई लिन आउनु होस म यहाँ बस्दै बस्दीन भनेर छोरी गिताले रुदै उसै साँझ फोन गरेकी थिई ’ आमा रमा बिश्वकर्माले भनिन –‘दोश्रो दिन म र मेरा श्रीमान लिन जाँदा त्यस्तो खवर सुन्नु प¥यो । ’‘हामीले खोई छोरी भनेर सोध्धा त्यो घर परिवारले साथीहरु संग घुम्न गईकी छ भन्यो । पछि छोरी संगै गएका साथीहरु संग सोध्धा हामीलाई उछिनेर दौडिदै दौडिदै पर भिरमा गएर एक दुई तिन भन्दै हाम्फालेकी हो भनेर भने ’–उनकी आमा रमाले प्रश्न गरिन –
त्यसरी मेरी छोरीको ज्यान गयो मैले न्याय पाउनेकी नपाउने ?
जिल्लाकी महिला पत्रकार गगनशिला खड्काले त्यसरी जवरजस्ती विवाह वा तनाव दिएर आत्मा हत्या गर्न वाध्य पार्नेहरुलाई नेपालमा पनि कडा कार्वाहीको व्यवस्था हुनु पर्नेमा जोड दिईन् । उनले भनिन त्यही छिमिकी मुलुक भारतमा सुसाईट नोटका आधरमै कार्वाहीको व्यवस्था छ तर नेपालमा त्यस्तो कानुनी व्यवस्था नहुँदा विशेषतः आत्मा हत्याको संख्या दिनानु दिन बढेर गएको छ । ’उनले थपिन् –‘जवर जस्ती सिन्दुर हालेर घर भित्राउँदा गिता ज्यान हाल्न बाध्य भईन दोषी उपर कार्वाहीको कानुनी व्यवस्था नहुने हो भने भोलीका दिनमा यस्ता थुप्रै गिताहरुले ज्यान हाल्न हुने छन् । ’ अर्की महिला अधिकारकर्मी गंगा खड्काले पनि यसरी जवरजस्ती विवाह वा अन्य कारणबाट आत्मा हत्या गर्न बाध्य पार्नेहरुलाई आगमी संविधानमा कडा कार्वाहीको व्यवस्था हुनु पर्नेमा जोड दिईन् । मृतक गीताका दाजु अम्मन बिश्वकर्माले वहिनीहरुलाई जंगलमा अपहरण गरेर त्यसरी जवर जस्ती विवाह गर्ने गराउनेलाई संवन्धीत निकायबाट कार्वाहीको चासो नदेखाएपछि सामन्य क्षतिपुर्तिमा चित्त बुझाउनु परेको दुखेसो गरे । उनका अनुसार अघिल्लो दिन राहुल र उनका वावु सहितका चार पाँच जना मानिसहरु गितालाई माग्न उनको घर आएका थिए ।
त्यस दिन गिता छापाहिले स्वास्थ्य चौकीमा औषधी लिन गएकी थिईन । छोरी घरमा छैन उसले मन नपराए सम्म हामीले दिन सक्दैनौ बुधवार आउनुस भनेर पठाएका थिए । तर उनिहरुले गिता आउने बाटो ढुकेर वस्दै जंगलको विचमा जवरजस्ती सिन्दुर हालेर घर लगेका थिए । म विवाह गर्नका लागि भारतबाट एक महिना अघि घर आएको थिएँ ’–‘राहुले भने –‘केटी हेर्दै जाँदा गितालाई मैले असाध्धै मन पराएँ र माईजु दिपालाई फकाउन लगाए तर उनले नमाने पनि मैले सिन्दुर हालेको हुँ । ’‘उनले अहिले मलाई मन नपराए पनि पछि मन पराउलिन भन्ने ठानेर त्यसो गरियो तर उनले दोश्रो दिनै ज्यान हाल्दा त्यसो नगरेको भए हुने रहे छ भन्ने पछुतो लागेको छ ’–राहुले थपे–‘ म उनिहरुका परिवारजन संग माफी माग्द छु र मेरो भाग्यलाई नै दोष दिन्छु । ’गिताका परिवारजन सुकुम्वासी हुन् । त्यसो त राहुलका परिवारजन पनि मजदुरी गरेर जिविका चलाउँदै आएका परिवार हुन् । दुवै गरिव परिवार भएका काराण स्थानिय केहि समाज सेवीहरुले मुद्धा मामिलाको झमेला नगरी गीताका माईतीजनलाई केहि रकम क्षतिपुर्ति दिएर मिल्न सुझाएका थिए । त्यसरी रकम क्षतिपुर्तिमा मिलाउँदा यस्ता घटनाले थप प्रोत्साहन पाउने बुद्धिजिवीहरुको ठहर छ ।
साभार :- गुल्मी टाइम्स 

No comments:

Post a Comment