ट्याक्सी चालक रणपहेलीले देखाए ईमान्दारीता

२५ चैत, काठमाडौं । ट्याक्सी चलकको छवि त्यति राम्रो छैन । मटिरमा ठगी गरेकोदेेखि उनीहरुको व्यवहारलाई लिएर प्रशस्तै गुनासाहरु छन् ।
तर, सबै ट्याक्सी चालक यस्ता हुँदैनन् । यसको उदाहरण हो धनसुधा रणपहेली ।उनले आफ्नो ट्याक्सीमा यात्रुले छुटाएको चार हजार ८२ अमेरिकी डलर (नेपाली करिव चार लाख आठ हजार रुपैयाँ) प्रहरीलाई बुझाएका छन् ।
झापा शिवगञ्ज घर भई काठमाडौं एयरपोर्ट कालीमाटी टोल बस्दै आएका ४९ वषिर्य रणपहेलीले भेटिएको रकम बुधबार महानगरीय ट्राफिक प्रहरी महाशाखालाई बुझाएको छ ।
बा १ ज २८९३ नम्बरका ट्याक्सी चालक रणपहेलीको ट्याक्सीमा अपरान्ह साढे ३ वजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चार जना चाइनिज पर्यटकहरु चढेर ठमेल गएका थिए ।
विदेशी पर्यटकलाई होटलमा छाडेर एयरपोर्टस्थित ग्यारेजमा पुगी ट्याक्सीको ढोका बन्द गर्ने क्रममा सिटमुनी एउटा सानो हाते झोला देखेपछि खोलेर हेर्दा डलर भेटिएको उनले बताए ।
ट्याक्सीमा भेटिएको रकम लिएर उनी ठमेलस्थित होटलमा पुगे । दुई युवा र दुई युवती चाईनिज पर्यटक बाहेक आफूले अन्य विदेशी पर्यटकहरु नबोकेकाले तस्नै चाईनिजहरुको हुनसक्ने अनुमानले आफु पुन ठमेलस्थित होटल पुगेको रणपहेलीले बताए ।
तर, चाइनिज यात्रुहरुले पैसा सहितको झोला फर्काउन खोज्दा ‘हाम्रो पैसा होइन’ भन्दै लिन इन्कार गरे । लगतै उनी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट ट्याक्सी ईकाईका अध्यक्ष शंकर थापासहित संगठन केन्द्रीय कार्यालय पुतली सडकस्थित कार्यालयमा पुगे ।
उनले ४० वटा सयका नोट तथा दुईवटा २० र बाकी १ को नोट सहित ४ हजार ८२ रुपैयाँ डलर संगठनकै रोहवरमा ट्राफिक प्रहरीलाई बुझाएका छन् ।
२०५२ सालदेखि यातायात क्षेत्रमा कार्यरत रणपहेली १० वर्षदेखि अन्तराष्ट्रिय विमानस्थलमा ट्याक्सी चलाइरहेका छन् । रणपहेलीले देखाएको ईमान्दारीताले यातायात मजदुरहरुको प्रतिष्ठालाई उच्च बनाएको संगठनका महासचिव भीमज्वाला राईले बताए ।
साभार # अनलाइन खवर

No comments:

Post a Comment