एमाओवादी समक्ष दलित समाजको दशसूत्रीय माग

काठमाडौं , चैत १७  । एकीकृत नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहालसमक्ष विभिन्न सङ्घसंस्था आबद्ध दलित नागरिक समाजले दशसूत्रीय माग पेश गरेको छ ।एमाओवादी पार्टी कार्यालयमा आज ज्ञापनपत्र प्रस्तुत बुझाउँदै समाजले दलित समुदायका विषयमा पहिलो संविधानसभाबाट प्राप्त उपलब्धिसहित थप उपलब्धि संस्थागत गर्नुपर्नेलगायत माग पेश गरेको हो ।
ज्ञापनपत्रमा नागरिक समाजले निर्वाचन प्रणाली दलितमुखी हुनुपर्ने र राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुपर्ने माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै एमाओवादी अध्यक्ष दाहालले दलित समुदायको हकहितका लागि माओवादी पार्टी जनयुद्धदेखि नै सङ्घर्ष गर्दै आएको हुँदा आफ्नो पार्टीलाईभन्दा पनि समानुपातिक वा विशेषअधिकारको विरोध गर्ने अन्य पार्टीलाई सकारात्मक दबाब दिनुपर्ने बताएका थिए ।उनले दलित समुदायको विषयमा पहिलो संविधानसभाबाट प्राप्त उपलब्धि र थप अधिकार सुनिश्चित गरी जतिसक्दो चाँडो संविधान जारी गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे ।ज्ञापनपत्र बुझाउँदै दलित अधिकारकर्मी रणबहादुर रम्तेलले दलित समुदायको सवालमा पहिलो संविधानसभाबाट प्राप्त उपलब्धि कटौती हुने सम्भावना बढ्दै गएकोले संरक्षण गर्न आग्रह गरेका थिए ।

No comments:

Post a Comment