अभियुक्त जीवन विकको परिवारले गरे पत्रकार सम्मेलन

सम्मेलनमा बोल्दै विककी बहिनी सिता 
काठमाडौं , चैत २२
बसन्तपुरमा ट्युसन पढिरहेका किशोरी संगीता मगर र सीमा बस्नेतमाथि एसिड छ्याप्ने रामेछापको फुलासी ८ घर भई काठमाडौको टोखा नगरपालिका विनायक मार्गमा बस्दै आएका अभियुक्त जीवन विक को परिवार ले आज राजधानिको अनामनगर स्थित सम्वाद ड्वलिमा पत्रकार सम्मेलन गरि एसिड काण्डका बारेमा आफ्नो धाराणा यसरी ब्यक्त गरेका छ्न ।

सम्मेलनमा बोल्दै विककी बहिनीले घटनाको आधारभुत पक्षको रुपमा रहेको जातिय विभेदबारे सबैभन्दा पहिले छानविन गर्न आग्रह गरेकी छन् । आफ्नो दाइ  दोषी ठहरीएको र
आफ्नो परिवारको सदस्य कोहि बाट पनि जीवन लाई सजाय हुनुपर्ने कुरामा पुर्वाग्रही हुन नचाहेको तर त्यस्तो निन्दनीय घटना
घट्नुको मुल कारण बारे छानविनका लागी राज्यको ध्यान आकर्षण गर्न चाहन्छौं भनेर परिवारद्वारा जारी विज्ञप्तीमा भनिएको छ  ।

जातिय भेदभावको अपराधबाट चरम मानसिक तथा शारीरिक यातनामा परेको व्यक्ति जीवन विकले आफ्नो मान सम्मानमा गम्भिर आघात पुगेको महशुस गरी पिडितको सौन्दर्य तथा जीऊ ज्यानमा गम्भिर क्षति पुयाउने अभिष्ट राखेर एसिड प्रहार गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
हेर्नुस प्रेस बिज्ञपति 

No comments:

Post a Comment