दलित सौन्दर्यशास्त्र र साहित्य भाग तीन - निनु चापागाई

च. निबन्धतर्फ
jkkkhनिबन्धहरू धेरै लेखिएका छन् । छविलाल पोख्रेल, मोदनाथ प्रश्रित, पूर्णप्रकाश नेपाल यात्री र विद्यानाथ शर्मा लगायतका केही रचनाकारहरू यस सन्दर्भमा उल्लेखनीय नाम हुन् । मोदनाथ प्रश्रित, विद्यानाथ शर्मा, जवाहर रोका (पछि पनि केही उल्लेख भएको) यामबहादुर किसान, आहुति, रणेन्द्र बराली, पदमलाल विश्वकर्मा, चक्रमान विश्वकर्मा लगायतका रचनाकारहरूका दलितका बारेमा लेखिएका वैचारिक लेख र कृतिहरू पनि यस सन्दर्भमा उल्लेखनीय छन् । प्रश्रित र शर्मा बाहेक अरू दलितरचनाकार हुन् ।
उपर्युक्त विवरणलाई पूर्णता दिन थप प्रयासको आवश्यकता छ, यसमा धेरै साहित्यकारहरूको नामावली छुट भएको अनुभूति मलाई छ । वि.सं. २०५२ बाट प्रारम्भ भएको जनयुद्ध, त्यसमा सहभागी र त्यसबाट प्रभावित साहित्यकारहरूले दलित विषयमा धेरै ठूलो मात्रामा साहित्यको रचना गरेका छन् र त्यसले दलित साहित्यमा निकै ठूलो विस्तार ल्याएको छ । ती सबैको विवरणलाई यहा“ समावेश गर्न नसक्नु यस लेखको कमजोरीका रूपमा मैले लिएको छु ।
नेपालीमा दलित साहित्यको स्थिति
दलित विषयक रचनाहरूमा वैचारिक लेख बाहेक अन्य विधाको कलात्मक पक्ष निकै कमजोर र चिन्ताजनक देखिन्छ । साहित्यको विशेषता भनेकै वस्तुगत यथार्थ र लेखकको मनोगत चिन्तनलाई समन्वय गरेर कलात्मक एवम् मौलिक तरिकाले प्रस्तुत गर्नु हो । तर दलित विषयमा लेखिएका कृतिहरूमा रूप र अन्तर्वस्तुको समन्वय राम्रोस“ग भएको अनुभूति गर्न पाइ“दैन । दलित आन्दोलनलाई अग्रगामी चेतनाले विकसित गर्ने र समाज रूपान्तरणको दिशामा अगाडि बढाउने विचार लिएका रचनाकारहरूले प्रायः सुन्दर र कलात्मक रूपमा ती कृतिलाई प्रस्तुत गर्न त्यति चासो राखेको पाइ“दैन । ‘को अछूत ?’ लगायत ‘लिखे’, ‘गुमा’, ‘आफ्नै व्यथा’ लगायतका अधिकांश कृतिमा यही किसिमको कमजोरी भेटिन्छ । अर्कोतिर कलात्मक रूपमा चित्रण वा प्रस्तुत गर्ने केही कृति समाज रूपान्तरणका निम्ति फलदायी चिन्तन दिन सक्षम छैनन् र यस्ता कृति नकारात्मक प्रभाव दिन पुग्छन् । ‘जूनकिरीको सङ्गीत’ यही श्रेणीमा पर्ने रचना हो । यसरी हेर्दा रूप राम्रो हुने केहीको अन्तर्वस्तु वा सन्देश राम्रो छैन भने केहीको सन्देश वा विचार राम्रो त छ तर तिनले समग्रमा साहित्यिक रूप लिन भने सकेका छैनन् । यो एउटा चुनौती र समस्या समेत हो । तथापि विचारका तहमा नै भए पनि दलित विषयमा फलदायी चिन्तन भने अधिकांश रचनाले दिएकै छन् र यो नै यिनको सकारात्मक पक्ष हो । दलित साहित्य र दलित आन्दोलनका विषयहरूलाई सवर्णहरूले राम्रोसित चित्रण गरेका छन्, लेखक र कलाकारका रूपमा दलितहरूका माझबाट कहिल्यै पनि कुनै पनि व्यति सुयोग्य भएर निस्किएन भन्नु कतिपय अर्थमा जातिगत संस्कारलाई नै प्रदर्शित गर्नु हुन्छ । तर अहिले यही खालको विशिष्ट अवस्था नेपालको दलित विषयक साहित्यमा रहेको छ । यसलाई उल्ट्याउन सकिएको खण्डमा मात्र वास्तविक अर्थमा दलित साहित्यमा गुणात्मक योगदान भएको मान्न सकिन्छ ।
दलित साहित्यमा देखापरेका समस्याहरू
नेपाली साहित्यमा दलित विषयको प्रतिविम्बनलाई केलाएर हेर्दा दुई प्रकारका मुख्य समस्या फेला पर्दछन् । पहिलो वैचारिक समस्या र दोस्रो दलित विषयलाई आन्तरिक रूपमै प्रस्तुत गर्ने समस्या । यी यस सन्दर्भका गम्भीर समस्या हुन् ।
पछिल्लो समस्याबाट विचारलाई अगाडि बढाउनु उचित हुनेछ । हाम्रो छिमेकी देश भारतमा दलित समुदायबाट आएको व्यक्तिले लेखेको साहित्य मात्र दलित साहित्य हुन्छ भन्ने आशयको मुद्दामा केही वर्ष अघिदेखि निकै ठूलो विवाद चल्दै आएको छ र आज पनि यो बहसले निरन्तरता पाइरहेकै देखिन्छ ।
त्यसो त दलित कसलाई भन्ने सवालमा पनि विवाद नभएको भने होइन । अधिकतम व्यापक अर्थमा र व्यावहारिक प्रयोगको सीमाका आधारमा यसको अर्थ पनि फरक फरक तरिकाले लगाउने गरिएको छ । नेपाली बृहत् शब्दकोशले दलितको अर्थ दमन गरिएको, थिचिएको, कुल्चिएको भन्ने दिएको छ भने दलित वर्ग भनेर त्यसले समाजमा हक, इज्जत र प्रतिष्ठा समान रूपले पाउन नसकेको जाति वा समूह, सामाजिक व्यवस्थाको असमानताले सोसिएको वा पछि परेको समुदायलाई जनाएको छ । यस शब्दको इतिहास र ऐतिहासिक परिप्रेक्ष्यले पनि यही तथ्यलाई प्रमाणित गर्दछ । ‘दलित’ शब्दले अङ्ग्रेजी भाषाको इउउचभककभम, म्भउउचभककभम, क्गउउचभककभम, म्यधलतचयममभल आदिसित मिल्दोजुल्दो अर्थलाई नै जनाउने गर्दछ । जाति व्यवस्थाको विरुद्ध सङ्घर्षको क्रममा यो शब्द धेरै पछि मात्र प्रचलनमा आएको हो । दलितको चलन ठीकै भए तापनि यसको अर्थ र परिधिलाई ठीक रूपमा लिइनु पर्दछ । यसलाई सङ्कीर्ण रूपमा होइन व्यापक अर्थमा विशाल शोषित वर्गलाई बुझाउने अर्थमा नै उपयोग गरिनु पर्दछ । यसको प्रारम्भिक र सही व्याख्या पनि यही नै हो । अतः दलितको अवधारणा जाति–आधारमा उत्पीडित सामाजिक, आर्थिक र राजनीतिक स्तरमा शोषित र दमित वर्गहरूको विशाल अर्थमा नै आउ“छ । यसलाई केही जातिहरूसम्म सीमित गर्नु उपयुक्त हु“दैन । व्यापक परिधिमा राखेर दलित शब्दलाई अथ्र्याउन चाहने विद्वान्हरू भारतमै पनि थुप्रै छन् । उदाहरणका लागि हिन्दीका प्रख्यात साहित्यकार राजेन्द्र यादवलाई प्रस्तुत गर्न सकिन्छ । उनी नारीहरू र पछि पारिएका जातिहरूलाई समेत दलितभित्र समावेश गर्दछन् । दलित शब्दलाई कतिपय व्यक्तिहरूले सर्वहारा शब्दको समानार्थी शब्दका रूपमा समेत ग्रहण गर्ने गरेका छन् ।
तर केही दशक अघिदेखि दलितले पारिभाषिक शब्दका रूपमा विशेष अर्थ दिने गरेको छ । यस शब्दले आम रूपमा सामाजिक, सांस्कृतिक–धार्मिक, आर्थिक एवम् राजनीतिक शोषणलाई इङ्गित गर्दछ भने उत्पीडित शब्दले चाहि“ मात्र आर्थिक एवम् राजनीतिक शोषण–उत्पीडनलाई सङ्केत गर्दछ । यसरी हेर्दा प्रत्येक दलित व्यक्ति उत्पीडित वा सर्वहाराभित्र पर्न सक्तछ, तर प्रत्येक उत्पीडित व्यक्ति वा सर्वहारालाई भने दलितभित्र समावेश गर्न सकिन्न । यसरी हेर्दा सामाजिक स्तरमा सम्मान नदिइएका र सामाजिक स्तरमा जातिभेदका शिकार भएका अछूतहरूलाई दलित र उनीहरूको जीवनस्थिति र त्यसबाट मुक्तिको आकाङ्क्षालाई सन्दर्भित गरेर लेखिएको साहित्यलाई दलित साहित्य मान्न सकिन्छ । अधिकांश विद्वान्हरूको राय पनि यस्तै देखिन्छ । भारतीय सन्दर्भमा दलित साहित्यलाई भिन्न भिन्न विद्वान्हरूले फरक फरक तरिकाले परिभाषित गरेका छन् । जे जति पनि तर्कसङ्गत, वैज्ञानिक र परम्पराहरूको पूर्वाग्रहबाट मुक्त यथार्थपरक संवेदनशील साहित्यसृजन छ त्यो सबै दलित साहित्य हो भन्ने धारणा पनि त्यहा“ प्रकट हुने गरेको छ । तर अधिकांश लेखकहरूले सामाजिक स्तरमा सम्मान नदिइएका, वर्णाश्रम व्यवस्थाका आधारमा अपमान गरेर ‘अछूत’ बनाएकाहरूलाई सन्दर्भित गरेर लेखिएको साहित्यलाई नै दलित साहित्यको कोटिमा राख्ने गरिएका छन् । तर यस्तो साहित्यलाई दलित साहित्य भन्नु उचित हु“दैन भन्ने एउटा तर्क पनि भारतीय विद्वान्हरूले प्रभावशाली रूपमा व्यक्त गर्दै आएका छन् । उनीहरूको भनाइ छ ः ‘
दलित विद्वान्हरूले जातीय उत्पीडनको पीडाबाट उत्पन्न र जातीय उत्पीडनको व्याख्या र विरोध गर्ने साहित्यलाई दलित साहित्य भन्ने गरेका छन् । यस स्थितिमा दलित साहित्यको प्रचलित अर्थमा नै यसलाई लिएर संवाद अघि बढाउन सकिन्छ ।
के भन्ने गरिन्छ भने ‘दलित साहित्य’ले वर्षाै वर्षदेखि दबाइएका, जातिवादी भेदभावको सन्ताप भोग्ने मानिसहरूको कथा भन्दछ । उनीहरूलाई वर्ण व्यवस्थाको कोढबाट मुक्तिका लागि तयार गर्दछ, विद्रोहको भावना जगाउ“छ । दलित साहित्यले वर्ण व्यवस्थालाई समाप्त गर्नका लागि सङ्घर्षको दिशामा लैजान्छ । यही परिभाषाका आधारमा कुरा गर्ने हो भने पनि यस्तो साहित्यलाई दलित भन्नु ठीक हु“दैन । यदि यो साहित्य दलितहरूको विद्रोहको भाषा हो भने यो स्वयम् दलित होइन । दलित त व्यक्ति पो हो, एक वर्ग हो उसको साहित्य त यस सम्पूर्ण स्थितिको अभिव्यक्ति हो । व्यक्ति दलित हो उसको अभिव्यक्ति होइन । यो दलित समुदायका बारेमा निर्माण गरिएको साहित्य हो दलित साहित्य होइन । यसलाई परिवर्तन गर्नु उचित हुन्छ ( दलित समस्या और दलित साहित्य –एक संवाद– मास्टर त्रिलोचन सिंह, सृजन परिप्रेक्ष्य, शिशिर–वसन्त २००२ पृ.१०७) तथापि दलित समुदायका बारेमा निर्माण गरिएको साहित्यलाई दलित साहित्य भन्न सकि“दैन भन्ने तर्क आफैंमा त्यति सुस¨त तर्क भने अवश्य पनि होइन ।
यसमा पनि एकथरि विद्वान्हरूको तर्क के रहने गरेको छ भने दलित साहित्यको सृजना दलित समुदायबाट आएका रचनाकारबाट मात्र हुन सक्तछ, सवर्ण समुदायबाट आएका लेखकहरूबाट रचना गरिएको साहित्यलाई दलित साहित्य मान्न सकिन्न । अर्काथरी साहित्यकारहरूको धारणा के रहेको छ भने दलितइतर समुदायबाट आएका तर संवेदनाको धरातलमा दलित समुदायको शोषण–उत्पीडनको विरोधमा दलितहरूलाई साथ दिने, दलित साहित्यको पक्षधर र दलित मुक्तिका लागि सृजना गर्ने साहित्यकारबाट पनि दलित साहित्यको सृजना हुन सक्तछ । किनभने दलित साहित्य भनेकै दलितका बारेमा लेखिएको, दलितको पक्षपोषण गरेर, उनीहरूको मुक्तिका लागि लेखिएको साहित्य हो । अघिल्लो खालको विचार राख्ने लेखकहरूको धारणा भने अत्यन्त सङ्कीर्ण देखिन्छ । दलित चिन्तक कंवल भारतीको धारणा के छ भने दलितले स्वयम् आफ्ना पीडालाई रूपायित गरेको साहित्य नै दलित साहित्य हो । आफ्ना जीवन सङ्घर्षमा दलितहरूले जुन यथार्थलाई भोगेको हो दलित साहित्य दलितहरूको तिनै अभिव्यक्तिको साहित्य हो । यो कलाका निम्ति कला नभएर जीवनको र जीवनको जिजीविषाको साहित्य हो । (उही, १४–१५) यस्तो विचार राख्नेहरूमा दलित समुदायबाट आएका लेखकहरू मात्र होइन, गैरदलित समुदायबाट आएका मैनेजर पाण्डेय, मुद्राराक्षस, राजेन्द्र यादव जस्ता प्रतिष्ठित साहित्यकार समेत रहेका छन् । दलितहरूले हजारौं वर्षदेखि सामाजिक यातनामा जे जस्ता कुराहरू भोगेका हुन्, उनीहरूको जे जस्तो अनुभव छ तिनलाई गैरदलितले जान्नै सक्तैन । त्यसैले दलितका पीडाको साक्षात्कारको तिनको कल्पना अधुरै हुन्छ । यही कारण दलितहरूको पक्षधरताको दम्भ भर्ने गैरदलित लेखकहरूका रचनाहरू सहानुभूतिपरक वा करुणाजन्य मात्र हुन्छन् तिनले कुनै परिवर्तनको प्रक्रियालाई तीव्रता दिन सक्तैैनन् भन्ने उनीहरूको तर्क रहेको छ । भारत वा नेपालको राज्यव्यवस्थाले दलित र गैरदलितको सामाजिक जीवनमा जुन पुर्नै नसकिने व्यापक खाडल निर्माण गरेको छ त्यसले गर्दा गैरदलितहरूले दलित जीवन र दलितहरूको जिजीविषाका यन्त्रणालाई आन्तरिक रूपबाट अनुभव गर्न नपाउनु आश्चर्यको विषय होइन, यो व्यवस्थाकै परिणामबाट सृजित समस्या हो । यही कारण दलित जीवनको सत्यलाई गैरदलितले राम्ररी नजानेको सन्दर्भमा त्यसका बारेमा उनीहरूले लेखेको साहित्यमा केवल बाह्य चित्रण मात्र हुन्छ सहानुभूति र करुणाबाट जन्मिएको, त्यसमा परिवर्तनको वा सन्तापको आकाङ्क्षा हु“दैन भन्ने आरोप यस्ता साहित्यकारहरू लगाउने गर्दछन् । गैरदलितको जीवनमा दलितहरूको प्रवेश निषिद्ध छ र उनीहरूको प्रवेश जस्केलो बाहिरसम्म मात्र हुन्छ । यसरी नै दलितहरूको जीवनमा उनीहरूको प्रवेश पनि नभए सरह मान्न सकिन्छ । त्यसैले उनीहरूको लेखनमा कल्पना अधिक हुन्छ । दलितको सामाजिक अस्तित्वका तहहरूको अनावरण त मात्र दलित लेखनमा हुन्छ भन्ने तर्क उनीहरूको रहेको छ ।
दलित समुदायका बारेमा दलितहरूले मात्र लेख्नुपर्छ अरूले होइन भन्ने खालको तर्कले स्वयम् दलितहरूलाई नै हानि पुर्याउ“छ । दलितका बारेमा गैरदलितले लेखेको साहित्य दलित साहित्य हुनै सक्तैन भनी गरिने तर्कमा जातीयतावादी र सङ्कीर्णवादी चिन्तन मात्र होइन सांस्कृतिक तानाशाही पनि विद्यमान छ । यो सहमति जनाउन लायक तर्क होइन । भारतमा दलित साहित्यका नामबाट चिनिने साहित्य अधिकतर आत्मकथाको रूपमा लेखिने गरेको छ । आत्मकथा भनेकै निजी अनुभवको अभिव्यक्ति हो र दलितको अनुभवलाई दलितले बाहेक अरूले अभिव्यक्त गर्न नसक्नु पनि स्वाभाविक हो । तर आत्मकथाको विधासित सीमित यस धारणालाई साहित्यका सबै विधाहरूमाथि लागू गर्न सकिने धारणाका रूपमा सामान्यीकरण गर्नु एकदमै गलत हुन्छ । हरेक विधामा वर्ण व्यवस्था र जाति प्रथाका खराबीलाई अभिव्यक्त गर्न सकिन्छ र यसलाई स्वागत पनि गर्नु पर्ने हुन्छ । साहित्यमा ब्राह्मणवादी समाजको जस्तो अजङ्को पर्खाल खडा गरेर आप्mना सङ्कीर्ण धारणाहरू अनुसार रोक लगाउनु ठीक हु“दैन । दलित साहित्य र साहित्यकारहरूको घेरालाई सा“घुरो बनाउने चिन्तकहरूले यस सम्बन्धमा आत्मचिन्तन गर्नु अत्यावश्यक छ ।
अर्काे कुरो जातिको आधारमा रचनाको लाइसेन्स दिने विधि ठीक छैन । विभाजनको आधार साहित्यको तŒव, विषय र दृष्टिकोण हुनु पर्छ, साहित्यकारको जाति होइन । ‘उच्च जातिमा जन्मिएको साहित्यकार उनीहरूकै प्रतिनिधि हुन्छ र तल्लो जातमा जन्मिएको साहित्यकार तिनकै प्रतिनिधि हुन्छ’ भन्ने धारणा एकदमै गलत छ । दलित जातिहरूको अपमानको पीडालाई केवल यी जातिहरूमा उत्पन्न साहित्यकारले मात्र व्यक्त गर्ने अधिकार छ भन्ने गलत दृष्टिकोणका आधारमा भारतमै राष्ट्रिय स्तरमा वर्ण विभाजन र जाति तिरस्कारका विरुद्ध शक्तिशाली आवाज उठाउने महान् चिन्तक राहुल सांकृत्यायनदेखि प्रेमचन्दसम्मलाई छा“ट्ने काम दलित विद्वान्हरूले जसरी गर्ने गरिएका छन् त्यसलाई उचित मान्न सकिन्न । इतिहास र व्यवहार दुवै यस खालको गलत दृष्टिकोणका विरुद्ध उभिएका छन् । वर्ण व्यवस्थाका विरुद्ध पहिलो पटक आधारभूत सैद्धान्तिक सङ्घर्ष गर्ने महान् चिन्तक महात्मा बुद्ध शूद्र थिएनन् । वर्ण व्यवस्थाका विरुद्धको युद्धको पहिलो महान् सहिद, बुद्धका अति संवेदनशील शिष्य मुदगलियान ब्राह्मण थिए । भारतकै सन्दर्भमा कुरा गर्ने हो भने पनि नानक दलित थिएनन् । ‘सद्गति’जस्तो महान् फिल्मका निर्देशक सत्यजित रे दलित थिएनन् । न त आदिवासी वेदनाको मुटु हल्लाउने फिल्म ‘आक्रोश’का फिल्मकार गोविन्द निहलानी नै आदिवासी वा दलित थिए । जातीयतालाई आधार बनाएर दलितले मात्र दलित साहित्य लेख्न सक्छ भन्न थालियो भने दलितभित्रको आन्तरिक जातीय विभाजन र पानी बाराबारका आधारमा दलित साहित्य पनि दर्जनौं वा सयौं किसिममा विभाजित हुन पुग्नेछ, । दमाई, कामी, सार्की, विश्वकर्मा, पोढे, चमार, मुसहर आदि, आदि । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने दलितहरूका यस्ता अनेकौं रचनाहरू छन् जसले दलित चेतनालाई अलिकति पनि व्यक्त गर्दैनन् । त्यसकारण यस खालको विभाजन गर्नु उपयुक्त हु“दैन र कथित उच्च जातिमा जन्मिएको साहित्यकारहरूले यस सामाजिक चलनलाई आप्mनो रचनाको आधार बनाएर दलितहरूको पक्ष लिन्छन् भने त्यसलाई अन्तर मनदेखि नै स्वागत गर्न सक्नु पर्छ ।
साहित्य स्वानुभूतिपरक, परानुभूतिपरक र सहानुभूतिपरक हुन सक्तछ । स्वअनुभूति बढी प्रामाणिक र मर्मस्पर्शी हुन्छ भन्ने तथ्य निर्विवाद छ । तर परानुभूति पनि अति संवेदनासहित र इमानदारीका साथ अभिव्यक्त भएको खण्डमा त्यो उत्तम कृति हुन सक्तैन भन्ने होइन, विश्वसाहित्यमा यस्ता थुप्रै उन्नत रचना सृजना नभएका होइनन् । कला साहित्यमा रिल्केले अघिसारेको अन्तः अवलोकन (ष्लकभभष्लन)को धारणालाई सर्वथा उपेक्षा गर्नु पर्छ भन्ने होइन । प्रामाणिकताका बारेमा प्रश्न उठाउन सकिए तापनि सहानुभूतिपरक साहित्य दलित साहित्य हुनै सक्तैन भनी निष्कर्षमा पुग्नु सही हु“दैन । यसलाई रचना प्रक्रियाको मूल पक्षका आधारमा पनि हेर्नु उचित र आवश्यक हुन्छ । साहित्य वेदना, संवेदना र अभिव्यक्तिको मेल हो । कुनै व्यक्ति वा सामाजिक स¨ठनभित्र व्याप्त पीडालाई कुनै संवेदनशील व्यक्तिले त्यसको गहिराइमा पुगेर अनुभव गर्ने प्रयास गर्दछ । यदि त्यस व्यक्तिमा अभिव्यक्तिको कला छ भने उसले त्यसलाई आप्mनो माध्यमबाट अन्य मानिसहरूसम्म पु¥याउने काम गर्दछ । वेदना कति गहिरो हुन्छ, संवेदना कति सूक्ष्म हुन्छ, अभिव्यक्ति कति कलात्मक र उसको दृष्टिकोण कति लाभकारी र जनपक्षीय हुन्छ कला वा साहित्यको अमरताका आधार यिनै बन्दछन् ।
स्वीकार्नै पर्ने कुरोचाहि“ के हो भने दलितहरूले भोग्नुपरेका वस्तुगत यथार्थ र आन्तरिक वेदना, दुःख र पीडाका अनुभूतिहरूको गहिराइलाई गैरदलितहरूले त्यही रूपमा कदापि अनुभूत गर्न र अभिव्यक्त गर्न सक्तैनन् । त्यसैले धेरै हदसम्म गैरदलितद्वारा रचिएका कृतिहरूमा दलितको पीडाको आन्तरिक मर्म उत्रन नसक्ने स्थिति रहन सक्तछ । गैरदलितले दलितले भोग्नुपरेका गहन पीडाको वास्तविक अनुभूति गर्ने अवसर नपाएको स्थितिमा उसले दलितहरूको वेदना, व्यथा र पीडाको अनुभव प्राप्त गर्न, त्यस पीडाको कल्पना गर्न र त्यसलाई अभिव्यक्त गर्न सचेत प्रयत्न गर्न मात्र सक्तछ । यो निश्चय नै, गैरदलितको एउटा सीमा हो । यही कारण दलित यथार्थको वास्तविक अनुभूति र आन्तरिक पीडाको प्रस्तुति दलितहरूले जति गर्न सक्तछन् त्यति गैरदलितले गर्नु कठिन हुन्छ । यही“निर प्रामाणिकताको सन्दर्भ पनि अघि आउ“छ । यस सन्दर्भमा हिन्दी साहित्यका समीक्षक डा. मैनेजर पाण्डेयको भनाइस“ग असहमत हुने प्रश्न नै आउ“दैन । उनी भन्दछन् ः ‘सम्पूर्ण सहानुभूति करुणा, सहृदयता र परकाया प्रवेशको कला भएर पनि गैरदलितहरूले दलितका बारेमा लेखेको साहित्यमा कला जतिसुकै भए पनि कुनै दलितद्वारा आफ्नो समुदायका बारेमा स्वानुभूतिको पुनर्रचनाबाट उत्पन्न साहित्यमा भएजस्तो अनुभवको प्रामाणिकता हु“दैन ।’ (वसुधा, अड्ढ ५८, पृ. २८७) नेपालका दलित मित्रहरूले यस अति विचारणीय प्रश्नका बारेमा धेरै ध्यान दिएजस्तो लाग्दैन । दलितहरू स्वयम्ले दलित चेतनाको उपेक्षा गरेर साहित्य रचना गरिरहेको परिप्रेक्ष्यलाई दृष्टिगत गर्दा पीडादायक अनुभूति स“गाल्नु पर्ने अवस्था समेत छ ।
शोषणयुक्त मानव विरोधी व्यवस्थालाई बदल्नका लागि, मनुष्यद्वारा मनुष्यमाथि हुने लुटलाई अन्त गर्नका लागि, गरिबी र सामाजिक अन्याय सृजना गर्ने सामाजिक बनोटलाई ध्वस्त पार्नका लागि यसका सबै तह र पत्रहरूलाई, शोषणका विविध रूपहरूलाई राम्ररी बु¤नु आवश्यक हुन्छ । नेपाल र भारतमा विद्यमान शोषणपरक समाज व्यवस्थाले वर्गको, वर्णको, जातको, लि¨को र क्षेत्र आदि आदिको एकैसाथ शोषण–उत्पीडन गर्दै आएको छ । यस सामाजिक व्यवस्थालाई यीमध्ये कुनै एक पक्षको मात्र उत्पीडन गर्ने व्यवस्थाका रूपमा बु¤नु सर्वथा गलत हुन्छ । कुनै एक पक्षलाई बढी महŒव दिने र अन्य पक्षलाई उपेक्षा गर्ने प्रवृत्तिले व्यवस्थालाई बदल्न गरिने सबै प्रयत्नलाई निस्फल बनाउनेछ र व्यवस्था विरोधी भनिने सङ्घर्ष अन्तिम रूपमा आत्म सन्तुष्टिको साधन मात्र बन्न पुग्नेछ ।
उदाहरणका लागि महिला उत्पीडनको विषयलाई लिन सकिन्छ । मानव समाजको पहिलो दास सम्भवतः महिला नै हो । पू“जीको प्रभुत्व भएको पुरुष प्रधान समाजमा महिलाले निरन्तर दोहोरो दासतामुनि पिल्सिनु परेको छ । कथित साना जातिहरूका महिलाहरूको स्थिति त्यसमा पनि अझ बढी हृदयविदारक पाइन्छ । दलित चिन्तकहरूको तर्कको अध्ययन गर्दा कस्तो अनुभव हुन्छ भने उनीहरूको चिन्ता अधिकतर महिला उत्पीडनको यस दोहोरो पक्षलाई उपेक्षा गर्ने रहेको देखिन्छ र उनीहरूको चासो मात्र वर्णगत शोषणमा केन्द्रित भएको पाइन्छ ।
के उत्पीडन खालि जाति आधारित मात्र छ त ? यस सवालमा पनि हामीले गम्भीरताका साथ मनन गर्न आवश्यक छ । मानव समाजको इतिहासमा शक्ति भएकाहरूले कमजोरहरूमाथि गर्ने गरिएको अत्याचारको गाथालाई जाति–आधारित उत्पीडनमा मात्र सीमित गर्न खोज्नु तर्कसङ्गत दृष्टि हु“दै होइन । शोषण, अत्याचार र तिरस्कार आम मानिसले ठाउ“ ठाउ“मा सहनु परेका अनेकौं उदाहरण हामी आम जीवनमा फेला पार्दछौं । भोक, गरिबी, अभाव र अपमानका विरुद्ध गरिने सङ्घर्ष भनेको यी तŒवहरूलाई जन्माउने समुदाय र शक्तिका विरुद्ध गरिने सङ्घर्ष बाहेक अरू केही होइन । जाति आधारित तिरस्कार र अपमानका साथै समाजको एउटा ठूलो हिस्सालाई लुटी लुटी हरिकड्ढाल बनाउने यही सामाजिक व्यवस्था नै त हो । त्यसैले यसका विरुद्धको सङ्घर्षमा पनि सारा उत्पीडित–दलितहरू एकजुट भएर सङ्घर्ष गर्नु पर्दछ ।
यसकारण दलित साहित्य केवल दलितहरूको अधिकार एवम् मूल्यहरूसम्ममा सीमित हु“दैन यो सामाजिक सन्दर्भहरूस“ग गा“सिएको हुन्छ र सम्पूर्ण समाजको अस्मिता र मूल्यहरूको पहिचायक बन्न पुग्दछ भन्ने तथ्यलाई हामीले विस्मरण गर्न मिल्दैन । किनभने दलित साहित्यले सामाजिक समानता र राजनीतिक सहभागितालाई पनि साहित्यको विषय बनाएर तिनको आर्थिक समानताको अधुरो कार्यलाई पूर्णता दिने काम गर्दछ । यी तीनवटै पक्षमा समानता प्राप्त नगरी मनुष्यले पूर्ण समानता प्राप्त गर्नै सक्तैन । दलित साहित्य यही पूर्ण समानताका लागि सङ्घर्षरत साहित्य हो । दलित साहित्य जाति व्यवस्थाको दासत्वबाट मुक्तिको आन्दोलन हो । सामाजिक व्यवस्था र विषमताका विरुद्ध आन्दोलन खडा गरेर एउटा नया“ समाजको निर्माण गर्नु नै दलित साहित्यको प्रमुख उद्देश्य हो । शोषक वर्गका विरुद्ध आफ्ना अधिकारहरूका लागि सङ्घर्ष गर्दै समाजमा समानता, स्वतन्त्रता, बन्धुता र मैत्रीको स्थापना गर्नु यस उद्देश्यभित्र पर्दछ । त्यो उद्देश्य वर्गीय, जातीय, लिड्डीय रूपमा शोषित पीडित सम्पूर्ण जन समुदायको साझा उद्देश्य समेत हो । समाजमा व्याप्त पूर्वाग्रहहरू, खोक्रा आदर्शहरू, मानवविरोधी मूल्यहरू र आसमानतामा आधारित समाजव्यवस्थाको विरोध दलित चेतनाको प्रमुख चासोभित्र पर्दछ । दलित साहित्य सर्वव्यापी क्रान्तिको आह्वान हो । त्यसैले यसमा दलित मुक्तिको मात्र आग्रह नभएर सम्पूर्ण उत्पीडित जन समुदायको मुक्तिको आह्वान समेत हुने गर्दछ । शोषणबाट मनुष्यको मुक्ति र छुवाछूतबाट दलितको मुक्तिको विचार परस्परविरोधी नभएर एक अर्काका पूरक हुन् । वास्तविकता के हो भने दलित साहित्य साहित्य मात्र नभएर यो एउटा आन्दोलन समेत हो साहित्यिक–सांस्कृतिक आन्दोलन । यसमा दलित समाजमा आइरहेका परिवर्तन, त्यसको पहिचान, आकाङ्क्षाहरू र चेतनाहरू समाविष्ट हुन्छन् । दलित साहित्यमा दलित समाजको आर्थिक, राजनीतिक, एवम् सामाजिक–सांस्कृतिक आकाङ्क्षाहरूले आन्दोलनको रूप लिइरहेका हुन्छन् । त्यसैले यो सांस्कृतिक एवम् सामाजिक आन्दोलन पनि हो । दलित साहित्यको उद्देश्य पाठकहरूलाई मनोरञ्जन गर्नु भन्दा बढी कार्यका लागि प्रयुक्त गर्नु हो । वर्ण र जातिप्रथाको आधारमा फैलाइएको विषमताका विरुद्ध यसले सङ्घर्षको भूमिका निर्वाह गर्दछ । यही कारण दलितसाहित्य जनसाहित्य (ःबकक ीष्तभचबतगचभ) का साथै आन्दोलनको साहित्य आन्दोलनको साहित्य (ीष्तभचबतगचभ या बअतष्यल) पनि हो । यसले दलित आन्दोलनलाई स्थायित्व पनि प्रदान गर्दछ, वर्णव्यवस्थाको सामाजिक, सांस्कृतिक एवम् राजनीतिक वर्चस्वका विरुद्ध प्रतिरोधात्मकताको आफ्नै नया“ मोर्चा निर्माण गर्दछ ।
नेपालको वर्तमान अवस्थामा पनि दलित समुदायबाट आएका कतिपय साहित्यकारहरूको रचनामा दलित समस्याले प्रवेशसम्म नपाएको स्थिति छ । उदाहरणको निम्ति तेजनाथ दर्नाल माइलाको ‘मनको तरङ्ग’ (२०५९) शीर्षकको कवितासङ्ग्रहलाई लिन सकिन्छ । दलवीर बराइली र बुद्धसिंह बराइलीको कवितासङ्ग्रह ‘अधुरो सपना’ (२०६०) लाई पनि यही कोटिमा राख्न सकिन्छ । गैरदलितहरूले दलितका समस्याका सम्बन्धमा साहित्य किन लेखेनन् होला भनेर घोरिने गरिएको सन्दर्भमा कलम चलाइरहेका दलित रचनाकारहरूले नै पनि दलितहरूले भोगिरहेको अनन्त पीडाका बारेमा किन उपेक्षाभाव व्यक्त गरिरहेका छन्, यसमा पनि एउटा सीमाभित्र रहेर चिन्ता गर्नुपर्ने देखिन्छ । दलितभित्र पनि गैरदलितहरू हुनु वर्गीय समाज र चिन्तनको धरातलमा अनौठो कुरो नहुन सक्छ । तर अप्ठेरो चाहि“ कहा“ छ भने दलितकै कुरा गरेर बसेका कतिपय एनजीओका दलितहरू गैरदलित जस्ता देखिन थालेका छन् र दलितसमस्यालाई तिनले मागिखाने भा“डो समेत बनाएका छन् । एकातिर यस्तो छ भने अर्कोतिर दलित समुदायबाट आएका कतिपय साहित्यकारहरूका निम्ति चाहि“े दलितसमस्या सा“घुरो परिधिसमेत बन्न पुगेको देखिन्छ । उनीहरूका निम्ति दलितमुक्तिको सन्दर्भभन्दा वर्गीय मुक्तिआन्दोलन बढी महŒवको र आकर्षणको विषय भएको छ, वर्गीय मुक्तिआन्दोलनको परिप्रेक्ष्यमा दलितआन्दोलन सा“घुरो परिधि हो भन्ने लाग्ने गरेको छ उनीहरूलाई । यहा“निर वर्गीय मुक्तिआन्दोलनमा रहेको वैचारिक कमजोरीलाई नै उनीहरूले उद्घाटित गरिरहेको प्रस्ट छ । उनीहरूले वर्गीय मुक्तिआन्दोलनको समर्थन गरेका छन्, त्यो धेरै महŒवपूर्ण पक्ष हो । यसको सम्मान जति गरे पनि पुग्दैन । तर उनीहरूले दलित समस्यालाई पनि आफ्ना रचनाको अन्तर्वस्तु वा विषयवस्तु बनाउनमा उपेक्षाभाव प्रदर्शन गर्नु भने उचित होइन । उनीहरूले दलितविषयलाई उत्तिकै महŒवको विषय बनाउन किन सक्नुपथ्र्याे भने यो पनि वर्गीय मुक्ति आन्दोलनस“गै गा“सिएको अहम् र विशिष्ट सवाल हो ।
दलित समुदायबाट आएका केही प्रतिष्ठित व्यक्तिहरूमध्ये टि. आर. विश्वकर्मा पनि एकजना हुन् । उनका तीनवटा कवितासङ्ग्रह प्रकाशनमा आएका छन् र पछिल्लो कवितासङ्ग्रह उनको मृत्युपश्चात् प्रकाशित भएको छ– ‘माटो र मुटु’ (२०५०) । यसमा वर्गीय युद्धका कुराहरू छन्, आर्थिक, राजनीतिक समानताका कुराहरू छन्, आम नागरिकहरू वर्गीय रूपबाट सचेत हुनुपर्ने कुराहरू अभिव्यक्त भएका छन् । यसमा समाजका प्रतिष्ठित मानिएका सवर्ण वर्ग र समुदायका मानिसहरूले दलितमाथि गरेको भेदभाव, उपेक्षा र अपमानस“ग सम्बन्धित यथार्थ भने कही“ कतै पनि अभिव्यक्त भएको पाइ“दैैन । डम्बर पहाडी युवाकवि हुन् । उनको कविता सङ्ग्रह ‘प्रहर’ केही समयअघि मात्र प्रकाशनमा आएको छ । तर कविताले वर्गीय समस्या र उत्पीडनलाई आफ्नो विषय बनाए तापनि दलित समुदायले भोग्नुपरिरहेको यथार्थलाई भने विशिष्ट रूपमा उठाएका छैनन् । उनका ‘मूर्दावाद जिन्दावाद ’,‘उत्पीडित’ र ‘जदौ हजूर भन्दै’ जस्ता कविताले दलित समस्यालाई वर्गीय समस्याकै रूपमा मात्र प्रकट गर्दछन् । आफूले दिनदिनै भोग्नुपरिरहेको अमानवीय पीडा र उत्पीडन उनका निम्ति कविताको विषय हुन नसक्नुमा आखिर के कारण रहेको छ ? केही मात्रामा यही खालको सवाल साहित्यकार आहुतिलाई पनि गर्न सकिन्छ । यद्यपि उनले केही रचनाहरूमा दलित समस्यालाई नउठएका भने होइनन् । उनको ‘गहु“गोरो अफ्रिका’ शीर्षकको कविता नेपाली साहित्यको दलित विषयक कवितामध्येकै सर्वाेत्कृष्ट कविताभित्र पर्दछ । दलितहरूले भोग्नुपरेको जातीय अपमान र विभेदको मार्मिक अनुभूति उनको उपन्यास ‘नया“ घर’मा यत्रतत्र अभिव्यक्त भएको छ, यद्यपि उपन्यास दलित विषयमा केन्द्रित भएर लेखिएको होइन । उनको ‘स्खलन’ उपन्यासले सैद्धान्तिक र राजनीतिक रूपबाट स्खलित हु“दै गएका नेताहरूका विरुद्ध आन्दोलनमा दलित समुदायबाट विकसित हुन थालेको नायकलाई प्रस्तुत गरेर वर्गीय आन्दोलनमा दलितनायकत्वलाई स्थापित गराउन प्रयत्न गरेका छन् । अर्का साहित्यकार हुन् गाउने साइ“लो, जसलाई हामी राजनीतिक सन्दर्भमा रूपलाल विश्वकर्मा भनेर पनि चिन्ने गर्दछौं । उनी कम्युनिस्ट आन्दोलनका नेता पनि हुन् । तर दलित आन्दोलनलाई अगाडि लैजाने र दलित विषयलाई साहित्यमा गम्भीर रूपमा उठाउने चेतना भने उनमा पनि अत्यन्त कम देखिन्छ । यद्यपि उनले विषयलाई छु“दै नछोएका भने होइनन् । यस सन्दर्भमा अर्का स्रष्टा जवाहर रोकालाई नै पनि लिन सकिन्छ । उनको नाम नेपालको दलित आन्दोलनको सन्दर्भमा प्रायः आइरहने नाउ“ हो र कतिपय व्यक्तिहरूले त झन्डै नेपालको अम्बेडकरको रूपमा उनलाई उभ्याउने प्रयत्न पनिे गरेको पाइन्छ । यसो गर्दा रोकाले सामन्तवादका नाइके, निरङ्कुश राजा महेन्द्रको स्तुति गाएको र ‘गाउ“फर्क अभियान’मा सक्रिय भएर पञ्चायती शासनव्यवस्थालाई दरिलो बनाउन खेलेको उनको भूमिकालाई भने उनीहरूले प्रायः बिर्सिने गरेका छन् । जवाहर रोकाले पनि साहित्यमा दलितसमस्यालाई तुलनात्मक रूपले जति महŒव दिनुपर्ने थियो त्यति दिएको देखिंदैन । उनको उपन्यास ‘फेसुवा’ (२०२७) दलितस“ग सम्बन्धित छैन, उत्पीडित मजदुरको बारेमा छ । ‘सुवासको सिन्दुर’ (२०४६) पनि दलितस“ग सम्बन्धित छैन । उनका ‘छोइछिटो’ (२०४४) र ‘छोइछिटोको अन्त’ (२०४८) जस्ता प्रबन्ध सङ्ग्रहले भने यससम्बन्धमा केही प्रकाश नपारेका होइनन् । उनको कृति ‘अम्बेडकर भर्सेस हिन्दूवाद’ (२०५७) ले भारतका दलित नेता डा. भीम राव रामजी अम्बेडकर (१८७१–१९५६), उनको विचार र त्यसको विकास प्रक्रियाका बारेमा प्रकाश पार्दछ । यसरी के देखिन्छ भने दलित समुदायबाट आएका र केही प्रतिष्ठा हासिल गरिसकेका स्रष्टाहरूले समेत दलित समस्यालाई एकअर्थमा उपेक्षा गरिरहेको वा त्यति महŒव नदिएको देखा पर्दछ । यस किसिमको कमीकमजोरीका बारेमा आन्दोलनमा क्रियाशील सबै र विशेषतः दलित रचनाकारहरू सचेत रहनु आवश्यक देखिन्छ ।
यस्तो स्थितिमा दलितहरूको यथार्थ र समस्यालाई मात्र केन्द्रित गरेर लेखिने साहित्यकारको नेपालमा अभाव हुनु स्वाभाविक नै छ । तर नेपालमा दलितकै समस्यालाई केन्द्रमा राखेर साहित्य सृजनामा लागिपर्ने साहित्यकार निस्कनु आवश्यक भैसकेको छ । यद्यपि एक अर्थमा यसको अपवादका रूपमा शरद पौडेललाई लिन नसकिने चाहि“ होइन । उनको सन्दर्भमा माथि हामीले केही चर्चा गरिनै सकेका छौं । त्यसो हु“दहु“दै पनि उनले समेत दलित समस्या बाहेक महिला, बालबालिका र वर्गीय मुक्तिसम्बन्धी विषयलाई समेत दृष्टिगत गरेर रचनाहरू सृजना गरिरहेको देखिन्छ ।
दलितले लेख्ने सबै साहित्य दलित साहित्य हुनसक्तैन
माथिको चर्चाबाट के पनि प्रस्ट भएको छ भने दलित समुदायबाट आएका रचनाकारले लेखेका सबै रचनालाई दलित साहित्यको कोटिमा समावेश गर्न सकिंदैन । यसले दलित चेतना के हो र दलित साहित्य केलाई भन्ने भन्ने अहम् सवाल हाम्रा सामु खडा गरेको छ । नेपालको विद्यमान राज्यसंरचनामा वर्णव्यवस्थाबाट सृजित सामाजिक विभेद, जातिभेद, विषमता, सामन्ती सोच, ब्राह्मणवादी दृष्टिकोण, आर्थिक, सामाजिक मनःस्थितिहरू र सांस्कृतिक पृष्ठभूमिहरूको विश्लेषण र नेपाली राजनीतिको गहन समझदारीका आधारमा साहित्यको समाजशास्त्रीय अध्ययनपछि मात्र दलित साहित्य के हो भन्ने बारेमा सही र यथार्थ दृष्टिकोण निर्माण गर्न सकिन्छ । वर्तमान सन्दर्भमा मानवीय अधिकारहरूबाट वञ्चित, सामाजिक रूपले निषेध गरिएको व्यक्ति दलित हो । उसको अधिकारप्रति सचेत गराउनु र त्यसका निम्ति सङ्घर्षको प्रेरणा दिनु नै दलित चेतना हो । दलित चेतनाको प्रत्यक्ष सम्बन्ध दलितहरूलाई शताब्दीअघिदेखि मानसिक दासतामा कोचेर राख्ने सामाजिक उत्पीडन र वर्णव्यवस्थाबाट उत्पन्न सामाजिक विभेदबाट मुिक्त प्राप्त गर्नुस“ग रहेको छ । दलित साहित्य शोषणको विरुद्ध हुन्छ । यसले मानवमुक्तिका लागि आवाज उठाउ“छ । वर्ण व्यवस्थाबाट उत्पन्न अमानवीय त्रासदीबाट मुक्तिको छटपटी नै दलित साहित्यको मूल स्वर हो । जातिविहीन, वर्गविहीन, समाजको संरचना नै यसको मूल प्रतिपाद्य विषय हो । वर्ण व्यवस्था सामाजिक व्यवस्था मात्र नभएर धर्ममा आधारित एक क्रूर राजनीतिक व्यवस्था हो । एकदमै सङ्गठित रूपले ईश्वरको त्रास यसको जगमा निर्माण गरिएको छ । भारतीय एवम् नेपाली समाजको सम्पूर्ण इतिहास तथा साहित्य यही वर्ण–प्रणालीको वरिपरि धेरै लामो समयदेखि घुम्दै आइरहेको छ । यही कारण दलित साहित्यको परिभाषा मूलतः सांस्कृतिक निष्ठाको आधारमा गर्नु उपयुक्त हुन्छ । देवी–देवतामाथि श्रद्धाभाव, मन्दिर, ईश्वर, नर्क–स्वर्ग, पुनर्जन्म, मनुष्य मनुष्यका बीच घृणाभाव उत्पन्न गर्ने धर्मशास्त्र, ग्रन्थ, महाकाव्य, मानिसलाई दास बनाउने समाज व्यवस्था जस्ता वर्ण व्यवस्थाका षड्यन्त्रहरूलाई नकार्दै आजको दलित आफ्नो अलग्गै पहिचान र संस्कृति निर्माण गर्ने प्रयत्न गरिरहेको छ । आत्मविश्लेषण, अस्मिताको खोजी, जीवन मूल्यहरूको खोजी, मानवीय सरोकारको खोजी आदि दलित संस्कृतिका मूल आधार हुन् । यी सवालहरू नै दलित चेतनाका उद्गम हुन् । दलित चेतनाका मुख्य आधारहरूका रूपमा मुक्ति र स्वतन्त्रताको धारणा, अनीश्वरवाद, अनात्मवाद, वैज्ञानिक दृष्टिबोध, पाखण्डी कर्मकाण्डको विरोध, वर्णव्यवस्थाको विरोध, जातिभेदको विरोध, साम्प्रदायिकताको विरोध, स्वतन्त्रता र सामाजिक न्यायको पक्षधरता, सामाजिक परिवर्तनका लागि प्रतिबद्धता, आर्थिक क्षेत्रमा पु“जीवादको विरोध, सामन्तवाद र ब्राह्मणवादको विरोध, अधिनायकवादको विरोध, लिड्डवादको विरोध, वर्णविहीन, वर्गविहीन समाजको पक्षधरता आदिलाई लिइनु उपयुक्त हुन्छ ।
source:- majdooronline

No comments:

Post a Comment