रोग निको नभएपछि भीरबाट हाम फालेर आत्महत्या


२०७२ बैशाख ६ , विराटनगर : आफूलाई लागेको रोग निको नभएपछि मोरङको जाँते ४ का ४१ वर्षीय शान्तिबहादुर दमाईले  आइतबार विहान आत्महत्या गरेका छन् ।लामो समयदेखिको छारे रोग निको नभएपछि उनले स्थानीय भीरबाट सोल्टी खोलामा हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।


शनिबार राति खाना खाएर परिवारका सदस्यसँगै सुतेका उनी आइतबार विहान दुई बजे घरबाट निस्किएका थिए ।दमाईलाई पाँच घण्टापछि विहान सात बजे भीरबाट फालहानेर आत्महत्या गरेको अवस्थामा फेला पारेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी नायव निरीक्षक बविन्द्र नेम्बाङले प्रारम्भीक अनुसन्धानबाट दमाईले आत्महत्या गरेको पुष्टि भएको जानकारी दिए ।



‘सुतेको ठाउँमा रातभर छटपटी गरेपछि परिवारका सदस्यले के भयो भनेर सोधेछन्,’ परिवारलाई उद्रित गर्दै प्रनानी नेम्वाङले भने, ‘शौचालय जान्छु भन्दै उठेर हिंडेका उनलाई मृत्यु भएको अवस्थामा स्थानीयले भेटेका हुन् ।’दमाई लामो समयदेखि छारे रोगका कारण चिन्तित रहेको स्थानीय बासिन्दाले बताएका छन् ‘रोग लागेपछि उनी चिन्तित थिए । खर्च गर्दा निको नभएपछि थप निराश भएका थिए,’ उनका एक छिमेकीले भने, ‘साथीसँग कुरा गर्दा संसारबाटै विदा हुँदा ठीक होला भन्ने गर्थे ।’



रोग निको पार्न ठूलो धनराशि खर्च गर्ने आर्थिक हैसियत नभएपछि नभएपछि दमाईले आत्महत्या गरेको स्थानीय बासिन्दाले बताए ।प्रनानी नेम्बाङका अनुसार दमाईको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा लगिएको छ । घटनाको अन्य विवरण पोष्टमार्टमपछि आउने छ । 
साभार : अन्न्पुर्नपोस्ट 

No comments:

Post a Comment