दुई बालिका बल्त्कार गर्ने भवन्ते विक पक्राउ

रामचन्द्र रानाभाट
पोखरा, २२ चैत  ।
पोखरामा फेरि दुई बालिका बलात्कृत भएका छन् । ६ र ७ वर्षका वालिकालाई बलात्कार गरेको भन्दै छिमेकीहरुले प्रहरीलाई खबर गरेपछि वाग्लुङ, वुर्तीवाङ–१ का भवन्ते विकलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार साँझ ६ः३० बजे पोखराको एक टोलमा दुई वालिकामाथि भवन्तेले बलात्कार गरेका थिए । घर नजिकै खेलीरहेका बालिकाहरुलाई मिठाई र मोवाइल खेलाउन दिएर भवन्तेले आफ्नो भतिजाको कोठामा लगेका थिए । पाहुनाका रुपमा केही दिन अघि पोखरा आएका भवन्तेले गरेको गलत हर्कत आफ्ना बच्चाहरु कहीं नदेखे पछि खोज्दै गरेका आफन्तहरुले प्रत्यक्ष देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

एउटी बालिकालाई बलात्कार गरी सकेपछि अर्की बालिकामाथि जाँदा उनी रुँदै चिच्याउँदै कोठा बाहिर निस्किदाँ खोज्दै गरेका आफन्तहरुले भेट्टाएका थिए । आफन्तहरुले बालिकाको कपडा खोलिएको र संवेदनशिल अंग सुन्निएको अवस्थामा देखेपछि भित्र हेर्दा अर्की बालिकालाई अभिभावकहरुले भेट्टाएका थिए । जवरजस्ती करणी गरिएका बालिकाहरुको स्वास्थ्य बिग्रिएको छ । ती बालिकाहरु ज्वरो आउने र आत्तिने गरेका छन् । ती बालिकालाई स्वास्थ्य परिक्षण र उपचारका लागि प्रहरीको सहयोगमा अस्पताल पु¥याएकोछ । यस घटनाका विषयमा प्रहरीले केही पनि बताउन चाहेको छैन ।
अन्दाजी ४० बर्षका भवन्ते विक पोखरामा सटर लिएर जुत्ता सिलाउँदै आएका भतिजाको कोठामा पाहुनाको रुपमा आएका थिए । परिवार समेत भएका भवन्तेले गरेको कुकर्मका कारण स्थानीयवासीहरु आक्रोशित हुँदै हातपात गरेका थिए । उनीहरुले जिउँदै जलाउनु पर्ने भन्दै भवन्तेमाथि जाई लागेपछि बलात्कारीलाई जोगाउन प्रहरीलाई हम्मे–हम्मे परेको थियो ।
बलात्कृत भएका ती बालिका मध्ये १ जना बालिकाका आमा बाबा दुवै विदेशमा छन् । अभिभावकको रुपमा बुढी हजरआमासँग बस्दै आएकी ती नातिनीमाथि यस्तो जघन्य अपराध भएपछि सारा स्थानीयवासीहरु उल्टिएर भवन्तेमाथि खनिएका थिए । त्यसैगरी अर्को बालिकाको भने आफ्ना बाबाआमासँगै बस्दै आएकी थिइन् ।
पोखरामा केही महिनायता बलात्कारका घटनाहरु बढ्न थालेका छन् । पछिल्लो समयमा भएका बलात्कारका घटनामा बालिका र किशोरी पीडित भएका छन् । बालबालिकाको क्षेत्रमा सञ्चालित एनजिओ र आइएनजिओले कागजी रुपमा यस्ता मुद्दाहरु उठाएर डलर पचाए पनि राज्यको जिम्मेवार निकायहरुले सचेतना जगाउने अभियान शुरु गर्नुपर्ने अवस्था कास्कीमा देखिएको छ । केवल प्रचारमूखी कार्यक्रमभन्दा पनि प्रभावकारीमूखी कार्यक्रम र जागरण अभियानको खाँचो कास्कीमा देखिएको छ ।
लुम्ले गाविसमा १६ वर्षकी किशोरीमाथि पटक–पटक यौन शोषण गर्दै ६ महिनाको बच्चा भएको अवस्था छ । अर्को अर्मलामा आफ्नै १४ वर्षकी छात्रालाई पटक–पटक बलात्कार गरेर घटना लुकाउन २० लाख रुपैयाँसम्मको चलखेल भइरहेको छ । त्यसैगरी चार वर्षीय बालिकालाई करणी गर्ने ५९ बर्षका जीतबहादुर पाठक यतिबेला प्रहरी खोरमा छन् । भरतपोखरी गाविस–१ हाल लेखनाथ नगरपालिका वडा नं. १६ का पाठकले पनि ललाई–फकाई बालिकालाई बलात्कार गरेका थिए । बलात्कारीलाई कडा भन्दा कडा कानुन नबनाएसम्म यस्ता अपराधको अन्त्य सम्भव छैन ।
साभार # ड्न न्युज

No comments:

Post a Comment