परियारको सात जनाको परिवार खुल्ला आकाश मुनी वस्न बाध्य

प्रेम सुनार गुल्मी, बैशाख ५ ।
गए राती गुल्मीको घमिरमा घर गोठ जलेर नष्ट हुँदा परिवाजन खुल्ला आकाश मुनी वस्न बाध्य भएका छन् । गए राती करिव साढे दश वजेको समयमा घमिर गाविस वडा नम्वर २ का एमबहादुर परियारको ढुङ्गे घर र गोठ समेत जलेर नष्ट हुँदा उनका सात जनाको परिवार खुल्ला आकाश मुनी वस्न बाध्य भएका हुन् ।
    घर गोठ जल्दा दुई वटा भैसी र ६ वटा वाख्रा मर्नुका साथै करिव साढे १७ लाख वरावरको क्षति अनुमान गरिएको त्यहाँबाट हाम्रा प्रतिनिधी मनोज कार्कीले जानकारी दिए । लामो समय देखि घमिर गाविको कटुवाल काम गरेका र समाज सेवाको क्षेत्रमा ठुलो योगदान पुराएका एमबहादुर परिवार यति वेला खाने खर्च , लत्त कपडा र वासको अभावमा सवै संग सहयोगको हात फैलाउन बाध्य भएका छन् ।
      यो समाचार तयार पार्ने बेला सम्म घटना स्थलमा प्रहरी पुग्न सकिरहेको छैन् । आगो के कसरी लाग्यो भन्ने एकिन हुन सकेको छैन् । उनको घरमा कसैले सत्रुता साँधेर आगो लगाई दिएको हुन सक्ने आशंका गरिएको कार्कीले बताए । घमिर गाविस सदरमुकाम तम्घासबाट करिव २५ किलो मिटर दुरीमा पर्दछ , प्रहरी चौकी त्यसको नजिकै छिमिकी गाविस मरभुङ्ग सिमलटारीमा रहेको छ ।

No comments:

Post a Comment