अन्तरजातीय विवाह गर्ने जोडी वेपत्ता

कोहलपुर बैशाख ३ गते । अन्तरजातीय विवाह गर्ने एक जोडी वेपत्ता भएका छन् । चैत २२ गते अन्तरजातीय विवाह गरेका टिटिहिरियाका चेतन केसी र सरिता सुनार विवाहपछि वेपत्ता भएका हुन् ।
प्रेमविवाह गरेका उनीहरू वेपत्ता भएपछि केटीका माइती पक्षले खोजतलासका लागि प्रहरी र दलित संस्थामा निवेदन दिएको छ ।
२०७० साल चैतमा प्रेमविवाह गरेका केसी र सुनारलाई दुवै परिवारले छुटाएर लगेपनि पुनः एक वर्षपछि चैत २२ गते उहाँहरूले विवाह गर्नुभएको थियो ।
केटीका आमा हीरा सुनारले विवाहपछि छोरीको अवस्था अज्ञात रहेको बताउँदै खोजी र सुरक्षाका लागि प्रहरीमा निवेदन दिएको बताउनुभयो ।
अन्तरजातीय विवाहलाई परिवार र समाजले स्वीकार नगर्ने हुँदा उक्त जोडी सुरक्षाका लागि भागेको हुनसक्ने प्रहरीको अनुमान छ ।
एकै गाउँका केसी र सुनारबीच विद्यालयदेखि नै एकआपसमा प्रेम सम्बन्ध रहेको परिवारले बताए ।

No comments:

Post a Comment