दलित संजालद्धारा मृगौला पिडित सुबासलाई सहयोग हस्तान्तरण


निर बहादुर सुनार -१२ अप्रिल 

दुवै मृगौला पिडित पोखरा रानीपौवाका सुबास परियारलाई दलित एकता संजाल नेपालले हिजो शनिबार पोखरामा एक बृहत् कार्यक्रमको आयोजना गरी संकलित रकम संजालले निजलाई हस्तान्तरण गरेको छ |   

सुबास परियार बचाऊ राहत समिति निर्माण गरी दलित एकता संजालले अन्तर्राष्ट्रीय स्तरबाट सुरु गरेको समितिबाट संकलित रकम कास्कीको सहिद चोकपोखरामा जिल्ला विकाश समिति हलमा बिशेष कार्यक्रम गरी हस्तान्तरण गरीएको हो |
संजाल आइसीसी कोषाध्यक्ष बिष्णु सागर धमला बिकको सभापतित्व एबम पश्चिमाञ्चल छेत्रिय अस्पताल MSU डा. श्रीकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा दुवै मृगौला पिडित सुबाश परियारलाइ संजालको सहयोगार्थ नेपाली रूपया ६,७०,७७५ (छ लाख सत्तरी हजार सात सय पचहत्तर) हस्तान्तरण गरिएको छ |
कार्यक्रममा संजाल आइसीसी उपसंयोजक एबम संजाल कुवेत एनसीसी अध्यक्ष आश बहादुर नेपालीको बिशेष आथित्यमा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिसंघसंस्थाका प्रतिनिधिहरु बुद्दिजीबी, पत्रकार, संजाल महिला सशक्तिकरण अभियानका अभियन्ताहरु मंजु बिश्वकर्मा, माया रामदाम, अनिता आछामि नेपाली लगायत अन्य ब्यक्तिहरुको समेत सहभागिता रहेको थियो |

 
मानबिय सेवामा स्थापना देखि नै निरन्तर आफ्नो कदम राख्दै आएको संजालले हिजो पोखरामा पिडितलाई सहयोग गर्दा संजाल प्रतिको बिश्वास बढ्दै गएको र आगामी दिनहरुमा पनि संजालले अन्य मानबिय सेवाका साथै दलित हक र हितको काममा अग्रसर रहने बिश्वास अतिथिहरुले गरेका थिए | संजाल आइसीसी अभियन्ता तिलक बिकले संजालको परिचय तथा आज सम्म संजालले गरेको मानबिय कार्यहरुको प्रतिबेधन प्रस्तुत गरेका थिए भने संजालका विभिन्न अभियन्तहरुले प्रवासबाट पठाएको सुभकामना कार्यक्रम संचालकले समय-समयमा बाचन गरेका थिए |
सुबास परियार आफ्नो दुवै मृगौला गुमाएका उपचार महँगो हुने र स्वयम्ले उपचार खर्च थेग्न नसके पछि दाताहरुको आशामा हस्पिटलमा ब्याकुल थिए यहि पिडा लाइ दलित एकता संजाल नेपालले थाहा पाउन साथ् आर्थिक सहयोग गर्ने घोषणा गरेर संजाल आइसिस अभियन्ता कृष्ण बिश्वकर्मा "घायल" ज्युको संयोजकत्वमा संजालले " सुबाश परियार बचाउ प्रबास समिति " निर्माण गरि केहि महिना अगाडी देखि संजालले आर्थिक संकलन अभियान सुरु गरेको थियो |
साभार: प्रदेशी खबर 

 

No comments:

Post a Comment