आर्थिक अभावले १२ वर्षे बालकको शल्यक्रिया हुन सकेन

२६ चैत, उर्लाबारी । मुटु र मिर्गौला रोगबाट पीडित मोरङको मधुमल्ला-८ पीपलडाँगीका निजन विकको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको छ । बुवाको निधन भएको र आमाले दोस्रो विहे गरेपछि सानीमाको संरक्षणमा बस्दै आएका १२ वर्षीय निजन उर्लाबारी-२ स्थित अरनिको अस्पतालमा छन् । कक्षा पाँचमा अध्ययनरत उनको मुटुको भल्बमा समस्या छ भने एउटा मिर्गौला काम नलाग्ने छ ।
चार महिना अघि काठमाडौंको सहिद गंगालाल हृदयरोग केन्द्रमा उपचारको लागि ल्याउँदा चिकित्सकहरुले तीन महिनाको औषधि दिँदै त्यसपछि शल्यक्रिया गर्न आउन भनेका थिए । तर, आर्थिक अभावको कारण उपचारको लागि काठमाडौं लैजान नसकेको निजनको रेखदेख गर्दै आएकी उनकी सानीमा पूजाले बताइन् ।
पूजाका अनुसार निजनको शल्यक्रिया गर्न करिब पाँच लाख रुपैयाँ लाग्ने डाक्टरले बताएका छन् । उनको अवस्था जटिल बन्दै गएको र तत्काल उपचारमा लैजान सल्लाह दिएको अरनिको अस्पताल उर्लाबारीका अध्यक्ष लोलिम पोमुले बताए ।
‘डाक्टरले जतिसक्दो चाँडो अपरेशनको लागि लैजानु भन्नुभएको छ,’ पूजाले भावुक हुँदै भनिन्, ‘हामी जस्ता गरिबले कहाँबाट यति धेरै रकम पाउने र उपचार गर्ने ?’पूजाले उपचारमा सहयोग गरिदिन सबैलाई अपिल गरेकी छन् ।
- साभार्#onlinekhabar

No comments:

Post a Comment