आगालागीबाट पीडित दिल कुमारीलाई प्रवासी दलितहरुको सहयोग

प्रकाश पाक्साँवा, तेह्रथुम, ३ वैशाख, आगालागीबाट पीडित तेह्रथुम हमरजुङ्ख कि दिल कुमारी बराईलीलाई मलेसियामा रहेका प्रवासी दलितहरुबाट सहयोग स्वरुप उठाइएको रकम आज एक कार्यक्रमकाबीच हस्तान्तण गरिएको छ । गत फागुन १६ गते आगालागीबाट घर जलेर नष्ट भएसँगै बिचल्ली भएकी दिलकुमारीको विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन तथा प्रसारण भएसँगै दलित एकता सञ्जाल प्रवास कार्य समिति मलेसियाका पूर्व उपाध्याक्ष छत्र विश्वकर्माको पहलमा आर्थिक संकलन गरिएको मलेसियाबाट विश्वकर्माले टेलिफोन मार्फत जानकारी दिनु भएको थियो । 
उहाँका अनुसार छत्र विश्वकर्माबाट १०० आरएम, जमन बग्दास परियारबाट १०० आरएम, मान बराईलीबाट ५० आरएम, तिर्थ बराईलीबाट ५० आरएम, प्रेम लोहारबाट ३० आरएम, सुभाष विश्वकर्माबाट १० आरएम सङ्कलन गरी जम्मा नेपाली रकम ८ हजार १ सय ५० रुपैयाँ प्रदान गरिएको हो । यसैगरी दलित सचेतना समाज ड्यास तेह्रथुम तथा जोरधारा पुरुष सामुदायिक संस्था र केवल कुमार श्रेष्ठ हमरजुङ– ८ हाल काठमाडौँबाट जम्मा ११ हजार रुपैयाँ पनि हस्तान्तरण गरिएको छ । 
दिलकुमारीलाई सङ्कलित रकम हमरजुङ गाविस सचिव सुरेन्द्र खड्का र दलित सचेतना समाज ड्यासका सामाजिक परिचालक होम कुमारीले संयुक्त रुपमा वितरण गर्नु भएको थियो । कार्यक्रम प्रहरी सरकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम छथर पत्रकार समाजको आयोजनामा सम्पन्न भएको थियो । -
साभार #aajakokhabar

No comments:

Post a Comment