प्रहरी हस्तक्षेपको मुक्ति समाज मकवानपुरको घोर निन्दा एबम भर्त्सना

मकवानपुर , १९ साउन । नेपालको नयाँ संविधानमा दलित समुदायको अधिकार गराउन संयुक्त राजनैतिक संघर्ष समिती,दलित नागरिक समाज ,सभासद समन्वय समिती राजनैतिक दलका भातृ संगठनको संयुक्त आयोजनामा पुर्ब घोषित कार्यक्रम अनुसार आज  काठमाडौंको बिजुली बजारमा १ घन्टा चक्काजामको शान्तिपुर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप गरि अन्धाधुन्ध लाठी चार्ज गर्दा हाम्रो गौरवशाली संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष एबम सभासद जितु गौतम महासचिव गणेश बिके नेपाली काङ्ग्रेसका नेता एबम सभासद मान बहादुर बिश्वकर्मा एमाओबादीका नेता एबम सभासद दलजित श्रीपाली लगायत २६ जना घाइते हुनु भएको छ ।राज्यको निरङ्कुशताको पराकाष्ठा नाघी गरिएको यो घटनाको मुक्ति समाज मकवानपुर निन्दा एबम भर्त्सना गर्दछ ।शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नागरिकको मानव अधिकारको ठाडो उलंघन हुने काम गरेको छ यसको जतिसुकै निन्दा गरेपनि अपुग नै हुन्छ ।राज्य दलितको अधिकार प्रती जिम्मेवार नभई यति हदसम्म गिरि दलितको आबाजलाई रोक्ने दुस्प्रयास गरेको छ ।
हामी बिचलित हुनेवाला छैनौ ।उच्च मनोबलका साथ अधिकार प्राप्तिको आन्दोलनमा समाहित हुन अनुरोध गर्दै घाइतेहरुको शिघ्रादी शिघ्र  उपचारको गर्न र घटनाको उच्च स्तरीय छानबिन गर्न राज्यसँग अनुरोध गर्दछौ ।दलित समुदायले उठाएका सबालहरु प्रती गम्भीर हुन र यस्ता हर्कतहरु बन्द गर्न पनि अनुरोध गर्दछौ । यसरी शान्तिपुर्ण प्रर्दशनमा भएको प्रहरी दमनको मुक्ति समाज मकवानपुर घोर निन्दा एबम भर्त्सना गर्दछ ।

No comments:

Post a Comment