जातीय विभेद भएको भन्दै उजुरी

उदयपुर , २२ साउन ,  विभेद विरुद्ध अभियान ।भलायडाँडा गाविस-९ ध्वाँसे नरकटेका १९ वर्षीय राजु बिकले आफूमाथि जातीय विभेद भएको भन्दै सोही ठाउँका ४३ वर्षीय पृथ्वीबहादुर मगरविरुद्ध कारबाहीको माग गर्दै साउन २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
साउन १२ गते साँझ ५ बजे मदिरा सेवन गरेका मगरले बोल्नेक्रममा अपशब्द प्रयोग गर्न थालेपछि सम्झाउँदा अझ 'त सानो जातको कामीडाङ्ग्रीले मलाई सम्झाउने होभन्दै गालिगलौज गरी जातीय भेदभाव गरेको निवेदनमा उल्लेख छ ।
पीडितको निवेदन अनुसार दुबै पक्षलाई छलफलमा बोलाइ यथार्थ कुरा बुझेर आवश्यक कारबाही प्रकृया अघि बढाइने जिल्ला प्रहरी कार्यालयका डिएसपी जयराज सापकोटाले बताए ।

No comments:

Post a Comment