दैलेखका सेते कामीलाई हँसियाले हानेर हत्या

दैलेख, २० साउन ,विभेद विरुद्ध अभियान ।औषधीले काम नगरेको भन्दै झारफुक पारेर निको गराउन बोलाइएका एक धामीको दैलेखमा हत्या भएको छ । 
एकदिन हिँडेर सात्तला गाविस वडा नं. १ डाव गाउँ पुगेका चामुण्डा गाविस वडा नं. ७ का धामी सेते कामीलाई विरामी भनिएका नारायण शाहीले हँसियाले हानेर हत्या गरेका प्रहरीले जनाएको छ ।मंगलबार साँझ बिरामीकै घरमा पुगेर काम्न लाग्दा मानसिक बिरामी भनिएका नारायण शाहीले एक्कासी हँसियाले हान्दा धामी कामीको ज्यान गएको स्थानीयबासिन्दाले बताएका छन् । 
धामीको हत्या गर्ने शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment