डोटीका दलित अधिकारकर्मीको आन्दोलनमाथि प्रहरी दमन


डोटि, २१ साउन,  विभेद विरुद्ध अभियान ।नयाँ बन्ने संविधानमा दलितका हक अधिकारको सुनिश्चितताको माग गर्दै दलित अधिकारकर्मीहरुले गरेको आह्वान गरेको बन्दका क्रममा डोटीमा प्रहरीले दमन गरेको छ । आन्दोलनका क्रममा ८ जना दलित अधिकारकर्मी पक्राउ परेका छन् ।
नयाँ बन्ने संविधानमा दलितहरुका हक अधिकार सुनिश्चितता हुनुपर्ने माग गर्दै डोटीस्थित दलित अधिकारकर्मीहरुले आज एक घण्टाका लागि यातायत बन्द गरेका थिए । बन्दका क्रममा उनीहरुले सडकमा चल्ने गाडीमा पूर्णतः रोक लगाएका थिए । प्रहरीले गाडी सुचारु गराउन खोज्दा तनाब सिर्जना भएको थियो ।
डोटीको आयोजनामा भएको बन्दका क्रममा प्रहरीले ८ जना दलित अधिकार कर्मीहरुलाई पक्रेर लगेको भन्दै सबै दलित अधिकारकर्मी साथिहरुको रिहाईको माग गर्दै केही बेर जिल्ला प्रहरी कार्यालय डोटीमा नाराबाजी गरिरहेका थिए । दलित अधिकारकर्मीहरुले नाराबाजीसहित जिल्ला प्रहरी कार्यालय घेरेपछि प्रहरीले पक्राउ परेका सबैलाई छोडेको संयुक्त दलित संघर्ष समिति डोटीले जनाएको छ ।
दलित अधिकारकर्मी गोरख शार्कीको नेतृत्वमा बन्द लगायतका कार्यक्रमहरु भैरहेको संघर्ष समितिले जनाएको छ । पक्राउ पर्नेमा बिम्ब साप्ताहिक डोटीमा कार्यरत पत्रकार ईन्द्र परियार, गोरख शार्की, अधिराज बिसी, कुमार टेलर, केशव परियार, धनबहादुर नेपाली, चन्द्र नेपाली, र रबिन्द्र बाग्चन रहेका छन् । बन्द गराउँदै हिँड्ने क्रममा सडकमा प्रदर्शन गरिहरेका दलित अधिकारकर्मीहरुलाई प्रहरीले पक्रेर लगेको थियो ।

दलित अधिकारकर्मीहरुले आफ्ना मागको वेवास्ता गरि उल्टै प्रहरीले आफुमाथि धपकटको प्रयास गरेको आरोप लगाएका छन् । उनीहरुले आफ्ना मागहरुको वेवास्ता गरेमा थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

तस्वीर स्रोत-मिलन परियार

No comments:

Post a Comment