बिरु नेपाली , साउन १९, विभेद विरुद्ध अभियान ।एक घण्टे चक्काजामका लागि सडकमा उत्रेका दलित अधिकारमाथी नयाँ वानेश्वरको विजुलीवजार पुलमा प्रहरीले दमन गरेको छ । प्रहरीको दमनबाट दलित अधिकारकर्मीहरु घाईते भएका छन् । नेपाली काग्रेसका सभासद मान वहादुर विश्वकर्मा, नेकपा एमालेका सभासद जितु गौतम एकिकृत नेकपा माओवादीका सभासद दलजित श्रीपाईलीमाथी डिएस्पी तोर्ण कार्कीले लक्षित गरी गरी कुटेका थिए । दमनबारे भिडियो हेर्न यहाँ क्लिक गर्नुहोेस् पुर्व सभासद दलजित श्रीपाईलीको मुखमा चोट लागेको छ उहाँको दाँत हल्लिएको छ । त्यसैगरी दलित अधिकारकर्मी गणेश विकेको टाउकोमा गम्भिर चोट लागेको छ । दलित अधिकारकर्मी दुर्गा सोव, कमला हेम्चुरी, सहेक विश्वकर्मा, रण वहादुर रम्तेल, पुष्प वादी भद्रमान मोते, दिनेश हरिजन लगाएतका दर्जनौ अधिकारकर्मीहरुलाई सामान्य चोट लागेको छ । घाईते अधिकारकर्मीहरुलाई उपचारका लागि सिविल हस्पिटलमा लगिएको छ ।
सुरुमा शान्तिपुर्ण चक्काजाम भन्दै सडकको विच भागमा निस्केका दलित अधिकारकर्मीहरुलाई प्रहरीले सिधै हस्तषेप गरी दमन सुरु गरेको थियो । नयाँ वनेश्वर विर विक्त प्रहरी कार्कीको नेतृत्वमा आएको प्रहरी फोर्सलले दलित अधिकारकर्मीहरुलाई कुटपिट गरेको थियो । प्रहरीले दमन गरेपछि आन्दोलनकारीहरुले प्रहरी माथी ढुंगा मुढा प्रहार गरेका थिए ।
सभासद जितु गौतमले एक घण्टे चक्काजामका लागि शान्तिपुर्ण ढंगले आन्दोलन गर्दा प्रहरीले क्रुर दमन गरी कुटपिट गरेको वताउनुभयो । उहाँले नयाँ संविधानमा सवै समुदायका अधिकार सुनिश्चित गनर्, उत्पिडित जाति जनजाति, दलित, महिला, मधेसी, अल्पसख्यक सवै समुदायले एकिकृत संघर्ष गर्न आवस्यक भएको जिकिर गर्नुभयो ।
सभासद दलजित श्रीपाईलीले शान्तिपुर्ण भन्दा भन्दै प्रहरीले हस्तक्षेप गरी विथोल्ने प्रयास गरेकाले भोलीको आन्दोलनको कार्यक्रमलाई अझ व्यापक वृहत वनाउने वताउनुभयो छ ।
त्यसैगरी संयुक्त राजनीतिक दलित संघर्ष समितीका संयोजक परशुराम रम्तेलले प्रहरी दमनको विरोध गर्दै राज्यले नै दलित अधिकारलाई कुण्ठित वनाउने दुष्प्रयास गरेको वताउनुभयो ।
आन्दोलनका घोषित
कार्यक्रमहरु मध्ये आज मंगलवार देशभर एक घण्टे चक्काजामको आयोजना गरिएको थियो । यो संयुक्त राजनीतिक दलित संघर्ष समिती, दलित सभासद समन्वय समिती, दलित नागरिक समाज र दलित अधिकार संघर्ष समितीले संयुत्त रुपमा गरेको कार्यक्रम हो । भोली साउन २१ गते १२ वजे काठमाण्डौमा दशौ हजारको सहभागीतामा वृहत र्याली गरी जन शक्ति प्रदर्शन गर्ने वताएको छ ।
एक दशक अघि सिक्ने क्रममा सुरु भएको थियो मेरो ब्लग यात्रा ।एकोहोरो शैलीमा देश, समाज र व्यक्तिहरूबारे मन लाग्दो लेख्दै टास्दै आए ।सुरुवाती दिनमा त्यति साह्रो गम्भीरता र जिम्मेवारी बोध गरेर लेखिएन फेरी पनि बुद्धिले जति भ्यायो, जे मन लाग्यो उही लेख्दै आइयो । लेखाइमा उन्मुक्त र निर्धक्क उडियो । तर जब आफ्नै दाजुभाई दिदीबहिनी जातका कारण यत्रतत्र पिडित भएको देखे सुने पढे अनि त्यहि पीडाको, पिडितको लहरमा एकाकार भएर जाने बुझेको लेख्न थाले।
दलित समुदायको पिडा ,खुसि देखि आन्दोलन सँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली दलित समुदायको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। दलित समुदायले भोग्नु परेका सामाजिक समस्या, उत्पीडन , ज्यादतीको बिरुद्दमा , विभेदको बिरुद्दमा आफुलाई मिसाउने सानो प्रयास हो ।दशक देखि मेरो ब्लगिङमा प्रत्यक्ष-परोक्ष साथ दिने अनि आलोचना र विरोधको स्वर उरालेर कुतकुत्याउने सबैलाई आभार !
गोपाल परियार शिवा
RECENTS-POSTS
1/random/post-list
NEWSLETTER
Get All The Latest Updates Delivered Straight Into Your Inbox For Free!
No comments:
Post a Comment